समाचार

कक्षा ११ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक गरेको छ । शनिबार बेलुकी एक सूचना जारी गर्दै बोर्डले परीक्षाको नतजिा सार्वजनिक भएको जनाएको छ ।परीक्षाको नतिजा  http://neb.ntc.net.np मा हेर्न सकिने बोर्डले जनाएको छ । नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक भएको हो । बोर्डले असार १ गतेदेखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख...
पुस्तकालय स्थापनापछि ….., ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’
सरला भण्डारी पहिला विद्यार्थी आकर्षित हुदैन कि भने लागेपनि अहिले अवस्था सोचेभन्दा बेग्लै भएको छ नरोदय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति हिमलाल न्यौपानेले भने– ‘अव त पुस्तकालय बिना विद्यार्थी नै बाच्दैनन् कि जस्तो पो भएको छ।’ पोखरा, २७ पुस। सामुदायिक विद्यालयहरुमा संचालित पुस्तकालयप्रति आकर्षण बढ्दै गएको छ। पुस्तकालयबाट शैक्षिकसँगै अतिरिक्त ज्ञान समेत पाउन थालेपछि विद्यार्थी,...
आज फेरि के होला ? यसो भन्छन् प्रहरी र व्यवसायी
रञ्जन अधिकारी पोखरा, २७ पुस । पोखरामा ट्याक्सी मिटरमा गुड्दैनन् । धेरै प्रयास भयो मिटर प्रणाली लागू गर्ने तर कार्यान्वयनमा आउन सकेको छैन । ट्याक्सीले आफूखुशी भाडा असुलेको यात्रुको गुनासो छ भने मिटरमा गुड्ने सडक नै नभएको र मिटर समायोजन व्यवस्था प्रभावकारी नभएको ट्याक्सी चालक/व्यवसायीको आफ्नै तर्क छ । कास्की प्रहरीले मंगलबारदेखि मिटरमा नचल्नेमाथि कारवाही गर्न...
चीनको नानिंग महानगर र पोखरा लेखनाथ महानगर बीच भगिनी सम्बन्ध कायम
एमबी आस्था मगर नानिंग चीन २६ पुस । चीनको नानिंग महानगर र पोखरा लेखनाथ महानगर बीच भगिनी सम्बन्ध कायम भएको छ । चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र नानिंग महानगरका मेयर जोउ होङबो बीच भगिनी सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर गरी दुइ महानगरपालिका बीच भगिनी सम्बन्ध कायम गरेका हुन । सम्झौता...
सडक छेकेर आन्दोलनमा
पोखरा, २६ पुस। पोखराका ट्याक्सी व्यवसायीहरु सडक छेकेर आन्दोलनमा उत्रेका छन्। व्यवसायीले पोखराको पृथ्वीचोक आसपासका सडकमा ट्याक्सी तेसारेर आन्दोलनमा उत्रदा सवारी आवागमनमा अवरोध भएको छ। ट्याक्सी चालकलाई नियमविपरित प्रहरीले समातेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। मङ्गलबार मिटरमा नचलेका ट्याक्सी नियन्त्रणमा लिई चालकलाई थुनेपछि त्यसको विरोधगर्दै अहिले उनीहरुले पोखरामा प्रहरी विरुद्व नाराबाजीगर्दै प्रदर्शन गरिरहेका छन्।
विद्यालयका लागि सहारा युकेद्धारा ५ लाख हस्तान्तरण
पोखरा, २५ पुस। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैया प्रदान गरेको छ। भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ। विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप सहारा युकेले ५ लाख रुपैया हस्तान्तरण गरेको हो। २० लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको...
जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित
लमजुङ,२४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको...
अब पोखरामा चोकका शालिक पार्कमा लगिने
पोखरा, २० पुस । पोखरा लेखनाथ महानगरपालिकाको मुख्यचोकमा रहेका शहिद र राष्ट्रिय बिभुतिका शालिकलाई व्यवस्थित पार्क बनाएर राख्ने प्रक्रिया सुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले शहिद पार्क बनाउने कार्ययोजना अगाडी बढाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर १८ स्थित पर्यटकीय क्षेत्र सराङकोटको जामुनेबोटमा पार्क निर्माणको प्रक्रिया अगाडी बढेको उपमेयर मञ्जुदेवी गुरुङले जानकारी दिइन्।...
रहस्यमय घटना, सुतेका चारमध्य दुई मृत अवस्थामा, एक घाइते, एक बेपत्ता, कसरी भयो त्यस्तो घटना ?
पोखरा, १७ पुस। पोखरा लेखनाथ महानगरपालिका वडा नं १८ सराङकोटमा निर्माणधीन एक होटलमा भएको रहस्यमय घटनाको प्रहरीले अनुसन्धान शुरु गरेको छ। प्रहरीले घटनाको अनुसन्धानको लागि ११ जनालाई पक्राउ गरेको छ भने वेपत्ता मजदुरको खोजी गरेको छ। माउन्टेन रिसोर्ट एण्ड स्पा निर्माणमा खटिएका दुई मजदुर मृत अवस्थामा भेटिएका छन्। अर्का एक घाइते छन् भने एक बेपत्ता।...
काँग्रेसबाट कास्कीमा खड्का प्रदेशसभा सांसद, अरु को को परे पढ्नुस्
पोखरा, १५ पुस। नेपाली काँग्रेसले प्रदेशसभाको लागि समानुपातिक तर्फ कास्कीबाट कुमार खड्कालाई सांसद बनाएको छ। प्रदेश नं ४ बाट समानुपातिकतर्फ खड्का सहित नौ जनाले सांसद बन्ने मौका पाएका छन्। उनी काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य पनि हुन्।खड्का पूर्वमन्त्री पनि हुन्। उनी पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ का बासिन्दा हुन्। काँग्रेसले उनी सहित ७२ जाना सांसद...
यस्ता साथी घातक हुन्छन, आजैबाट टाढा बनौं
मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा,छोरी, भाइ,बहिनी, नाति, नातिनी आदि। जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा। साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको...
गजल पुरस्कारका लागि एक लाखको अक्षयकोष
पोखरा, ८ पुस। गजल सन्ध्या पोखराले प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कारका लागि एक लाखको अक्षयकोष स्थापना भएको छ । पुरस्कारका लागि एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङले बुबा बेलबहादुर गुरुङको स्मृतिमा १ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । साहित्यको क्षेत्रमा पनि केही योगदान गर्न सकियोस् र साहित्यलाई हौसला तथा संरक्षणमा...