समाचार

किन प्रहरीले पक्राउ ग¥यो द्वन्द्व निर्देशक खड्गीलाई ? कारण यस्तो छ
पोखरा, २५ माघ। चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। मानव तस्करीको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विहीबार ठमेलबाट खड्गीलाई पक्राउ गरेको हो। दक्षिण कोरीयामा विभिन्न ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नाममा बिभिन्न व्यक्तिहरुलाई पठाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोप उनीमाथि लागेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआईजी...
पदमबहादुरले साढे चौध केजीको काउली फलाएपछि सवै दंग
म्याग्दी, २५ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाएका हुन् । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल भएको पाइएको स्थानीयवासी दलबहादुर कार्कीले बताए । कार्कीले व्यावसायिक तरकारी खेती...
सम्पदा संरक्षणका लागि पुरातत्व विभागको चासो
पोखरा, २५ माघ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय पुरातत्व विभागले पोखरामा सम्पदा संरक्षण सम्वन्धि जनचेतनामूलक अभिमुखीकरण गर्ने भएको छ। बिहीबारदेखि शुरु हुने अभिमुखीकरणमा २० जना सहभागि रहने प्रमुख पुरातत्व अधिकृत सन्दिप खनालले जानकारी दिए। प्रदेश नम्बर ४ लाई लक्षित गरी आयोजना गर्न लागिएको अभिमुखीकरणमा जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका अधिकृतस्तरका कर्मचारी, सम्पदा संरक्षणमा काम...
बिहानैदेखि आन्दोलन चर्कियो, आज यस्तो हुदैछ …….
पोखरा, २४ माघ। नगर बसको ठक्करबाट नेवि संघका नेता बोधराज ढकालको मृत्यू भएको घटनापछि विद्यार्थीले शुरु गरेको आन्दोलन आज पनि जारी छ। विद्यार्थीहरुले बिहानैदेखि पोखराका मुख्य चोक र क्याम्पस केन्द्रीत भएर प्रदर्शन गरिरहेका छन्। विद्यार्थीहरुले आज बिहानैदेखि पोखरामा नगर बस संचालन हुन दिएका छैनन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै विद्यार्थीहरु...
युवा ज्योतिष हरिहर अधिकारी एम्बेसडर नियुक्त
पोखरा, २१ माघ । युवा ज्योतिष हरिहर अधिकारी अष्ट्रेलियाको क्वीन्स ल्याण्ड ईन्टरनेश्नल इन्ष्टिच्यूटकोे एम्बेसडरमा नियुक्त भएका छन् । इन्ष्टिच्यूटले गरेको विशेष कार्यक्रमबीच उनलाई नियुक्त गरिएको हो । कलेजको एम्बेसडरमा नेपालबाट नियुक्त हुनेमा अधिकारी एक भाग्यशाली युवाका रुपमा लिइएको छ । नेपालका युवा ज्योतिष अधिकारी नियुक्त भएसंगै देश विदेशबाट शुभकामना आउने क्रम जारी छ । कार्यक्रममा युवा...
केहिबेर अघि तातोपानी तताउँदा‘‘‘
पोखरा । पोखराको मुख्य बजार सभागृहमा रहेको ओम सुनचाँदी पसलमा आगलागी भएको छ। प्रहरीका अनुसार, बिजुलीमा तातोपानी तताउदा विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीका कारण एक लाख ५० हजारभन्दा बढी क्षति भएको अनुमान गरिएको छ। घटनापछि त्यसक्षेत्रका भिड लागेको थियो। प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ। सुन तथा चाँदिका गहनामा कुनै क्षति नभएपनि पसलको...
तरुण दलले जिल्ला अध्यक्षहरुको भेला गर्ने
पोखरा, ८ माघ। नेपाल तरुण दलले माघ २८ र २९ गते जिल्ला अध्यक्षहरुको भेला गर्ने भएको छ। तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीका अनुसार, जिल्ला अध्यक्षहरुसँग छलफल तथा प्रशिक्षणका लागि भेला गर्न लागिएको हो। भेला भक्तपूरको नगरकोटमा हुनेछ। भेलामा स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनावपछिको अवस्थाका बारेमा समीक्षा गरिने छ। त्यस्तै, समसामयिक राजनीति, संगठन सुदृढिकरण र...
मिस तामाङको उपाधि रामेछापकी कवितालाई
पोखरा, ८ माघ । बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जितेकी छन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा १५ जना प्रतिष्पर्धीलाई पछिपार्दै तामाङ उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छिन् । कविताले...
पोखराका होटल व्यवसायीको सुझाव, के छ त ?
पोखरा, ५ माघ ः होटलको अकुपेन्सी दर उत्साहप्रद हुन नसकेको र पर्यटन क्षेत्रले दिनप्रतिदिन विविध चुनौतिहरुको सामना गर्दै आउनुपरेको जनाउँदै पश्चिमाञ्चल होटल संघ पोखराले  होटल संचालकहरुसँग छलफल गरेको छ । होटल व्यवसायमा अवसर, चुनौति र समाधान विषयक छलफलमा व्यवसायीहरुले हवाई र स्थल मार्गबाट पोखरा सम्मको सहज पहुँच र उनीहरुको बसाई लम्ब्उने विषयमा ध्यान दिनुपर्ने सुझाव...
दाङ र धनकुटा बन्द, यस्तो छ अवस्था
पोखरा, ३ माघ। बन्दका कारण दाङ र धनकुटाको जनजीवन प्रभावित बनेको छ। पाँच नम्बर प्रदेशको राजधानीको माग गर्दै दाङमा लगातार आज दोश्रो दिन पनि बन्द भएको हो। दाङलाई राजधानी नतोक्दासम्म अनिश्चितकालिन आमहड्तालको आह्वान गरिएको छ। प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेका हुन्। दाङमा यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था सबै...
को बन्ला मिस तामाङ्ग ?
पोखरा, २ माघ। सोनाम ल्होसारको अवसरमा पोखरामा हुने मिस तामाङ्ग पोखराको तयारी तिव्र पारिएको छ । बैदाम तामाङ्ग समाजले हरेक बर्ष ल्होसारको अवसरमा ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ्ग गर्दै आएको छ । कार्यक्रम ६ गते पोखरा सभागृहमा हुनेछ । प्रतियोगितामा पोखरा, काठमाण्डौं लगायत देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना सहभागिहरु प्रतिस्पर्धा गर्दैछन ।...
ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्ष जेल सजाय
काठमाडौं, २ माघ। सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दिपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ। न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको हो । तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको बताइएको छ। मनाङे प्रदेशसभा चुनावमा मनाङ(ख) बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए...