समाचार

गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो
मुग्लिन, १४ जेठ (रासस) :नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलामा गुडिरहेको माइक्रोबस र जिपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नंको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नंको कारमाथि करिब साढे ५ बजेतिर पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।...
असिनाले तरकारी र मकै बाली नष्ट
मुग्लिन, १२ जेठ (रासस)ःचितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो । बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो...
बाबु र छोराको हत्या
लहान, ८ जेठ (रासस)ःसिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँका १९ वर्षीय छोरा सन्तकुमारको हत्या भएको हो । सन्त कुमारको यही जेठ ११ गते विवाहको कुरा छिनिएको र गाउँमा विवाह गीत गाएर करिब १२...
सार्वजनिक बिदाका दिन चलेका सरकारी सवारी साधन नियन्त्रणमा
वालिङ, ८ जेठ (रासस) :सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाका अनुसार बिरुवा गाउँपालिकाका दुई...
शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु
दार्चुला, २ जेठ (रासस) :शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा चालक २३ बर्षिय प्रकाशसिंह धामी तथा २२ बर्षिय नविनसिंह धामी र १९ बर्षिय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
रमेश लम्साल काठमाडौँ, १९ वैशाख (रासस) ः खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ६०० पर्छ । सोही मूल्यमा ग्यास बिक्री गर्दा पनि निगमलाई रु एक हजार ५० बराबरको घाटा परिरहेको छ...
एक लाख ३७ हजारको मनोनय दर्ता
काठमाडौँ, १३ वैशाख (रासस) :स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ । यस्तै पालिका अध्यक्षमा तीन हजार २६४ र उपाध्यक्षमा दुई...
मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम अभिमुखिकरण तालिम
वैशाख ८, हेमजा । पोखरा २५ स्थित हेमजा स्वास्थ्य चौकीको आयोजना तथा स्वास्थ्थ महाशाखाको समन्वय र कोशिश संस्थाको सहयोगमा एक दिने मनोेसामाजिक सु–स्वास्थ्य तथा आत्महत्या रोकथाम सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका ४० जनाको सहभागिता रहेको थियो । आत्महत्याको जोखिम न्यूनीकरणका उपायहरु,आत्महत्या सम्बन्धी भ्रम र तथ्यहरु, मानसिक स्वास्थ्य समस्याका कारण तथा...
चट्याङले लागेर मृत्यु
झापा, २७ चैत (रासस) :हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ...