अमेरिका विशेष

अमेरिकामा ग्रीन कार्ड पाएको दुई दिनमै सवारी दुर्घटनामा बिते ओपेन्द्र
रूकुम पश्चिमको बाफीकोट गाउँपालिका – ३ नेपानेका २० वर्षीय ओपेन्द्र बोहराको अमेरिकामा गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएको हो। शनिबार राति करिब १० बजेतिर कोठामा आउँदै गर्दा बाटो काट्ने क्रममा बोहरालाई गाडीले ठक्कर दिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान ८ बजेतिर अस्पतालमा मृत्यु भएको भन्ने खबर अमेरिकाबाट चिनजानका साथीहरूमार्फत् परिवारले पाएका छन्...
अमेरिकामा प्राकृतिक ग्यास भण्डारणमा उल्लेखनीय वृद्धि
अमेरिकाका ४८ राज्यमा प्रयोगका लागि राखिएको ‘प्राकृतिक ग्यासको भण्डारण’ जुलाई १८ सम्म तीन हजार ७५ अर्ब क्युबिक फिट पुगेको छ। प्राकृतिक ग्यास भण्डारण भन्नाले जमिनमुनि राखिएको र आवश्यक पर्दा निकालेर प्रयोग गर्न सकिने ग्यासलाई बुझिन्छ। यसको भण्डारण क्षमता दुई किसिमले नापिन्छ। यो संख्या अघिल्लो हप्ताभन्दा २३ अर्ब क्युबिक फिटले बढी भएको अमेरिकी ऊर्जा सूचना प्रशासनले...
अमेरिका युनेस्कोबाट बाहिरिँदै
अमेरिका । संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट अमेरिका बाहिरिने भएको छ । उसले सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णय गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’...
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
पेशागत पत्रकारहरूको छाता संगठन अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना भएको छ । अमेरिकामा दर्ता भई सर्वसम्मत रूपमा पहिलो कार्यसमिति समेत गठन भएको महासंघले बिज्ञप्ती मार्फत जानकारी दिएको छ । अमेरिकाको कानुन अनुसार स्थापित अन्तर्राष्ट्रिय पत्रकार महासंघ पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता संगठन हुने र सस्थाले पत्रकार र पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढंगले काम गर्ने उद्देश्य लिएको...
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
आज शनिवार विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालको समय अनुसार बिहान ११ बजेर...
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्न न्यूयोर्क आईपुगेका बखत नेपालीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सबै अधिकार सहितको नागरिकता दिनका लागि आफु प्रतिवद्ध रहेको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले बिदेशमा रहँदा राजनीतिक अधिकार कटौती हुने तर अरु सबै अधिकार पाउने तथा...
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
नेपाली महाबाणिज्यदूतावासको माग गर्दै टेक्सस र क्यालिर्फोनिया बस्ने नेपालीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपालीहरुको बाक्लो बस्ती रहेको टेक्सस राज्य र क्यालिर्फोनिया राज्यमा महाबाणिज्य दूतावासको माग गर्दै यस क्षेत्रका सामाजिक तथा राजनीतिक संघ सस्थाहरुले संयुक्त रुपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । राहदानी, नागरिकता लगायतका काम गर्न वासिङटन डिसी, न्यूयोर्क जानु पर्ने बाध्यता र नेपालीहरुको...
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर कार्यसमिति पवन पौडेलको अध्यक्षतामा गठन भएको छ। टाउन हल बैठकले ११ सदस्सीय न्यु ह्याम्पसायर कार्यसमिति गठन गरेको हो । नव गठित कार्यसमितिको उपाध्यक्षमा पविता परियार,महासचिव नवीन शर्मा, सचिव मिङग्मा शेर्पा, कोषाध्यक्ष कमल महर्जन, मिडिया संयोजक शरु सुनार तथा सदस्यहरू शंकर श्रेष्ठ, सुदिप पन्त, प्रदीप कार्की, राहुल खडका र इरिना...
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
बंशजका आधारमा प्राप्त नागरिकताको नेपाली निरन्तरताको पक्षमा अभियान संचालन भईरहेका बेला एनआरएनए अध्यक्ष अर्जुन बन्जाडे भने गैरआवासीय नेपाली नागरिकताकै वकालत गरिहेका छन् । अहिले बिभिन्न समुहले बंशजका आधारमा प्राप्त गरेको नेपाली नागरिकताको अभियानमा रहेका बेला एनआरएनए अध्यक्ष बन्जाडे भने बिपक्षमा उभिएका छन् । बिभिन्न समुहहरुले प्राप्त गैरआवासीय नागरिकता मात्र नभई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने मागमा...
नेपाली नागरिकताको निरन्तरता अभियानले विश्वभरबाट हस्ताक्षर संकलन गर्ने
नेपाली नागरिकताको निरन्तरता अभियानको बैठकले संसारभरबाट हस्ताक्षर संकलन गर्ने निर्णय गरेको छ । प्रवासमा रहेका राजनीतिक दल निकट र बिभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरुहरुको संयुक्त बैठकले विश्वभरबाट नेपाली नागरिकताको निरन्तरताका लागि हस्ताक्षर संकलन गर्ने निर्णय गरेको हो । अभियानको शनिवार सम्पन्न बैठकले विश्वभर रहेका बिभिन्न सामाजिक तथा राजनीतिक दल निकटका संघ सस्थालाईहलाई समेत सक्रिय सहभागि...
जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न
जय नेपाल इन्टरनेसनल फाउन्डेसनको विस्कान्सन च्याप्टरले सेप्टेम्बर १ मा आयोजना गरेको टाउन हल बैठक सदस्यता बिस्तारसँगै समितिलाई कार्ययोजना बनाएर अघि बढाउने निर्णय गर्दै सम्पन्न भएको छ। टाउन हाल बैठकको क्रममा ४३ जनाले आजीवन सदस्यता लिगेका थिए। आजीवन सदस्यता वितरण कार्यक्रमको संयोजन रामजी मरासिनी र केन्द्रीय कोषाध्यक्ष गोविन्द श्रेष्ठले गरेका थिए । विस्कान्सन राज्यको एप्पलटन शहरमा...
महाधिवेशन प्रतिनिध र महासमिति सदस्य निलम्बन छिट्टै फुकुवा हुन्छ : जनसम्पर्क समिति बिभाग प्रमुख पौडेल
जनसम्पर्क समिति बिभाग प्रमुख किरण पौडेलले महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निलम्बन छिटै फुकुवा हुने बताएका छन् । बिभाग प्रमुख पौडेलले जनसम्पर्क समितिलाई बन्देज लगाउन, निस्कृय बनाउन या रोक्न नखोजिएको भन्दै त्यो निलम्बन फुकुवा हुने स्पष्ट पारेका छन् । न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीसँग अमेरिकी समय अनुसार सोमबार साँझ कुरा गर्दै पौडेलले भने, हामी जनसम्पर्क...