भारतको महाराष्ट्र राज्यमा भएको रेल दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै, दुर्घटनामा सात नेपालीले ज्यान गुमाएको जानकारी दिएको छ। दुर्घटनामा कैलालीका दुई जना, अछामका चार जना र बाँकेका एक जनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयको बिज्ञप्तीमा जनाइएको छ । मृत्यु हुनेमा कैलालीका ४३ वर्षीया कमला नवीन भण्डारी, ४० वर्षीय लछिराम...