भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने जनाएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्।
भारतीय विदेश सचिवको नेपाल भ्रमण नियमित भएको भारतको विदेश मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीको भ्रमणले दुई देशबीच द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विज्ञप्तिमा उल्लेख छ। उनी सोमबार स्वदेश फर्किनेछन्।
नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई भेट्नेछन्। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ।
उनी गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेश सचिवमा नियुक्त भएका हुन्।
भर्खरै
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
परराष्ट्रमन्त्री राणासँग अमेरिकी राजदूतको शिष्टाचार भेट
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं