समाचार

सभापतिको पुनःमतदानमा हालसम्म दुई हजार १०० मत खस्यो
काठमाडौँ, २८ मङ्सिर (रासस) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको पुनःनिर्वाचनको मतदान जारी छ । साँझ ६ः३० बजेसम्म दुई हजार १०० मत खसेको निर्वाचन अधिकृत तेजबहादुर रावलले जानकरी दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा...
गोली लागेर मृत्यु
दमौली, २० मङ्सिर (रासस) ।तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो । प्रहरीले बन्दुकसहित...
कांग्रेसको प्रदेश अधिवेशन प्रारम्भ हुँदैः सभापति देउवाद्वारा भर्चुअल माध्यमबाट उद्घाटन
काठमाडौँ, १६ मङ्सिर ९रासस० । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेश अधिवेशन प्रारम्भ हुँदैछ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सातै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ । प्रदेश नं १ को अधिवेशन विराटनगरमा, प्रदेश नं २ को अधिवेशन जनकपुरमा, बागमती प्रदेशको अधिवेशन हेटौँडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी...
चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ
दमौली, ११ मङ्सिर (रासस) । चालु आर्थिक वर्ष ०७८÷७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये ८० पुरुष र १२ महिला रहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी...
मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बनमा
काठमाडौँ, २३ कात्तिक (रासस) । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५...
‘कास्कीकोटलाई अगाडि ल्याऔं’
पोखरा, १३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र पोख्रेल नेपालीले कास्कीकोट ऐतिहासिक स्थल भएकाले त्यसलाई अगाडि ल्याउनुपर्ने बताउनु भएको छ । कास्कीकोट पोखरा सम्पर्क समितिले पोखरामा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ऐतिहासिक स्थलको महत्व हराउन दिन नहुने उल्लेख गर्नुभयो । उहाँले समाजसेवामा लाग्नेहरुलाई सम्मान गर्नुपर्ने बताउनुभयो। ‘समाज सेवामा लाग्नेहरुले आफ्नै स्रोत साधन...
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
मलङ्गवा, ७ कात्तिक (रासस) । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका...
नेपालमा कोरोना सङ्क्रमण ६० प्रतिशतले घट्यो
काठमाडौं, २४ असोज (रासस)।नेपालमा कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिनुभयो । उहाँका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता...
टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु
पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवी मानन्धरले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमप्रसाद लुईटेललाई सिपिई हस्तान्तरण गरि एफटिएच सेवा शुभारम्भ गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी लुइटेलले लमजुङ जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट, फोन र टिभी सेवा...
सिग्देललाई मातृ शोक
पोखरा, ३० भदौ । पूर्व कर्मचारी सेवा परिषद् कास्कीका पूर्व अध्यक्ष कृष्णकान्त सिग्देललाई मातृ शोक परेको छ । उहाँकी ममतामयी माता लिलावती सिग्देलको ९८ वर्षको उमेरमा बुधबार निधन भएको हो । उहाँ झण्डै डेढ महिना अघिदेखि बिरामी हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर पोखरा रामघाटस्थित सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ । शव यात्रामा आफन्त, शुभेच्छुक...
उपसभापतिमा अधिकारीको उम्मेद्वारी
पोखरा, २५ भदौ । पोखरा महानगरपालिका वडा नं ३३ बागमाराका कृष्ण प्रसाद अधिकारीले उपसभापति पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भदौ २७ गते हुने पोखरा महानगरपालिका समितिको उपसभापतिमा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो । यसअघि उहाँ पोखरा महानगरपालिका समितिको सदस्यमा निर्वाचित हुनुहुन्थ्यो । पार्टीको विकास, विस्तार र सदृढिकरणका...
खम्बाबाट खसेर निखिलको मृत्यु
ओखलढुङ्गा, १९ भदौ (रासस) । विद्युत्को खम्बाबाट खसेर एक युवकको ज्यान गएको छ । आज दिउँसो सोलु करिडोर प्रसारण लाइनको विद्युत्को खम्बाबाट खसेर सिद्धिचरण नगरपालिका–४ रुम्जटारका १९ वर्षीय निखिल फुँयालको मृत्यु भएको हो । मानभञ्ज्याङ गाउँपालिका–७ माझीगाउँमा सोलु करिडोर ३३ केभी प्रसारण लाइनको विद्युत्को तार विस्तार गर्ने क्रममा खमबाबाट खसेर फुँयालको मृत्यु भएको जिल्ला प्रहरी...