समाचार

काँग्रेसका सिंह र थापा विजयी
काठमाण्डौ, २३ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र गगन थापा प्रतिनिधिसभामा विजयी भएका छन् । सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट र थापा काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित भएका हुन्। सिंह विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका हुन् भने थापाले नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार...
पोखरामा जन्मेका पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड
न्युजिल्याण्ड, २० मंसिर । सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेवापत एक नेपालीले न्युजिल्याण्डको सम्मानित अवार्ड पाउँने भएका छन्। शरणार्थी तथा आप्रवासीका लागि विशेष योगदान गरेबापत नेपाली मूलका विष्णु पोखरेललाई न्युजिल्याण्डको सिभिक अवार्ड २०१७ प्रदान गरिने भएको हो। विशेष योगदान गर्ने पाँच जनालाई हरेक वर्ष प्रदान गरिने सो अवार्डबाट पहिलो पटक नेपाली समेत सम्मानित हुने अवसर पाएका...
पाँच हजार बढि नर्सलाई बेलायतमा अवसर
लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ। अर्न, लर्न एन्ड रिटर्न स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरुले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् । यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न...
आज – १८ मंसिर २०७४ सोमबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका...
तीन तलामाथिबाट धकेलेर हत्या
मलेसिया, १७ मंसिर – मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली–नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो । अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय...
आज – १७ मंसिर २०७४ आइतबारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बैदेशिक क्षेत्र कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ...
मेरै घरमा चालिस भोट छ, कति दिनुहुन्छ ?
हात थापुँला दिनुस् सक्ने जति दिनुहुन्छ आश्वासन त नेताज्युले अति दिनुहुन्छ बुढाबुढी, छोराबुहारी नातीनातिनाको मेरै घरमा चालिस भोट छ,कति दिनुहुन्छ ? कवि आनन्द भट्टराईले मुक्तकमार्फत निर्वाचनमा हुने भोट किनबेचप्रति यसरी ब्यंग्य गरे । शनिबार पोखरा बजार नजिकै हो सुकुम्बासी बस्ती पुगेका भट्टराईले गाउँलेसँग कुरा गरेर सधैं आश्वासन बाँड्ने तर, केही नगर्ने नेताहरुप्रति मात्र होइन, सुकुवाम्वासी...
आज – १६ मंसिर २०७४ शनिबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन...
कोरियामा अंग्रेजी विषय हटाईने
सौल। दक्षिण कोरिया सरकारले प्राथमिक बिधालयबाट अंग्रेजी बिषय हटाउने तयारी गरेको छ। आगामी मार्च देखि प्राथमिक तहमा बिधालय समय पछि पढाई हुने गहन अंग्रेजी बिषयलाई बन्द गर्ने तयारी गरे संगै ७ हजार भन्दा स्वदेशी तथा विदेशी शिक्षकहरूको जागिर पनि जोखिममा परेको छ। शिक्षा मन्त्रालयले बिधार्थीहरूलाई अंग्रेजी बिषय पनि पढाउदा कोरियन भाषामा ध्यान केन्द्रित हुन नसकेकोले...
आज – १५ मंसिर २०७४ शुक्रबारको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। कर्मफलले मन प्रसन्न रहनेछ। (नेपाली...
आज – १४ मंसिर २०७४ बिहिवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाइमा प्रगति हुनेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) योजनाहरु सफल हुनेछन। प्रेममा मधुरता छाउला । रोकिएको धन हात पर्ला । सन्तान सुख मिल्नेछ । सिंह...
बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा
उदयपुर (रासस)-  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ । अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए। उम्मेदवार तथा मतदातालाई लक्षित...