समाचार

गाउँ केन्द्रित प्रचारमा काँग्रेस उम्मेदवारहरु
पोखरा, ६ मंसिर । आसन्न निर्वाचनमा आफ्नो पक्षमा भोट माग्दै यतिबेला काँग्रेसका उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । लोकतन्त्रको रक्षासहित सम्बृद्धिको नारा लिएर उनीहरु मतदाताहरुको घरदैलोमा पुगेका छन् ।कास्की क्षेत्र नम्बर १ मा कानुन मन्त्रीसमेत रहेका काँग्रेस नेता यज्ञबहादुर थापा चुनावी घरदैलोमा व्यस्त छन् । उनीसहित सोहि क्षेत्रका प्रदेश ‘ख’ तर्फका उम्मेदवार कृष्ण केसी र...
काँग्रेस केन्द्रीय चुनाव प्रचार सदस्यमा जमरकट्टेल
काठमाडौं, ५ मङसिर । नेपाली जनसम्पर्क समिति जापानका उपसभापति एवम् महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा नियुक्त भएका छन्। विद्यार्थीकालदेखिनै राजनीतिमा क्रियाशील सहिदपुत्र जमरकट्टेल जापानदेखि आएर हाल चुनावी प्रचारप्रसारको अभियानको सिलसिलामा तनहुँ र चितवनका विभिन्न निर्वाचन क्षेत्रमा सक्रिय छन् । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा...
सम्हालिन सकेन दाहाल परिवार
प्रकाश तिमल्सिना काठमाडौं- छोरा प्रकाश दाहालको निधनले शोकमा डुबेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका अन्य सदस्य अझै सम्हालिन सकेका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललगायत सयौंको संख्यामा शोक व्यक्त गर्न पुगेका शुभेच्छुकसामु दाहालले परिवारका अन्य सदस्यलाई सम्हाल्न गाह्रो भएका बताएका हुन् । शोकमा परेको दाहाल...
सिक्लेसमा मालाले पुरिए काँग्रेस उम्मेदवार
कास्की (सिक्लेस), ४ मंसिर। कास्कीको सिक्लेसमा स्थानीयले काँग्रेस उम्मेदवारको भव्य स्वागत गरेका छन्। स्थानीयले स्वतस्फूर्त रुपमा उम्मेदवारलाई फुल, माला अबिरले स्वागत गरेका थिए। स्थानीयले लगाइदिएको मालाले उम्मेदवार पुरिएका थिए। मादी गाउँपालिकामा पर्ने यो गुरुङ वस्तीमा चुनावी प्रचारकालागि पुगेका काँग्रेसका उम्मेदवारहरु यज्ञबहादुर थापा, कृष्ण केसी र रसकुमारी गुरुङलाई सिक्लेसबासीले हृदयदेखि नै स्वागत गर्दा उम्मेदबार निकै उत्साहित...
अण्डर सिक्स्टिनका क्रिकेट खेलाडी छनौट सम्पन्न
पोखरा, ४ मंसिर । नेपालको अण्डर सिक्स्टिन टिममा यस क्षेत्रबाट सहभागि गराउन खेलाडी छनोट गरिएको छ। कास्की जिल्ला क्रिकेट संघको पहलमा कास्की, तनहुँ, चितवन र स्याङ्गजाका १६ जना खेलाडी छनोट गरिएको छ । छनोटमा परेका खेलाडीहरुमा चितवनका दिवश पौडेल, अशिष लम्साल, सुलभ बराल र रुपेश राय क्षेत्री छन् । तनहुँका शितल सुनार, मनोज श्रेष्ठ, स्याङ्गजाका...
दानवीरको दया पायो उदय माविले
पोखरा, ३ मंसिर । भूकम्पले जीर्ण थियो भवन । वर्षामा टिनबाट कक्षाकोठामै पानी चुहिन्थ्यो । तर अब विद्यालय भवनको मुहार फेरिएको छ । विद्यार्थी भूकम्प प्रतिरोधात्मक भवनभित्र बसेर पढेका छन् । शिक्षकलाई पनि आकास हेरेर पठन पाठन गराउनुपर्ने बाध्यता दीर्घरुपमा हटेको छ । व्यक्तिविशेषले निर्माण गरेको भवन बनाउन विदेशी र स्थानीयबासिन्दाले सहयोग जुटाए । २०१६...
साउदी अरबको भेट उद्योगसम्म
पोखरा, २ मंसिर। वैदेशिक रोजगारबाट फर्केका चार जना युवाको समूहले गार्मेन्ट उद्योग संचालन गरेका छन्। पोखरा लेखनाथ महानगरपालिका वडा नं ५ पस्र्याङका केशव शर्मा सापकोटा, उदयपुर बसाही नगरपालिका वडा नं ८ का राजकुमार मगर, काठमाण्डौ महानगरपालिका वडा नं १३ का निराजन कार्की र चितवन भरतपूरका राजु ज्ञवालीले उद्योग संचालन गरेका हुन्। उनीहरुले चन्द्रगिरी नगरपालिका वडा...
हाम्रो परिवर्तन नेपालको सहकार्यमा स्वास्थ्य शिविर
पोखरा, २ मंसिर। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ स्थित शितलपथ टोल विकास संस्थाले शनिवार निःशुल्क स्वास्थ्य शिविर गरेको छ। हाम्रो परिवर्तन नेपाल विद्यार्थी कमिटीको सहकार्यमा आयोजित शिविरमा एक सय ५२ जनाको स्वास्थ्य परिक्षण गरिएको कमिटीका अध्यक्ष शैलेसबाबु बरालले जानकारी दिए। शिविरमा ईसिजि जाच, प्रयोगशाला, मेडिकल, सर्जिकल, बालरोग, स्त्री तथा प्रसुती र हाडजोर्नी सम्वन्धि सेवा...
बरिष्ठ नेता पौडलमाथि बम प्रहार, अवस्था सकुशल
पोखरा, २ मंसिर। निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका नेताहरुलाई लक्षित गरी आक्रमण गर्ने क्रम बढेर गएको छ। काँग्रेस नेता डा. रामशरण महत माथि आक्रमण भएको एक दिन नबित्दै पुन काँग्रेसकै अर्का नेतामाथि आक्रमण भएको छ। अज्ञात समूहले काँग्रककै वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि शनिवार आक्रमण गरेको छ। बरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिका...
एमाले र माओवादी छाडेका रानाभाटले भने – ‘राम्रो पार्टी भनेकै काँग्रेस’
पोखरा, २ मंसिर। विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्ने क्रम देशभर जारी छ। यसैक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा कृष्णबहादुर रानाभाटले एमाले र हरिबहादुर रानाभाटले एमाओवादी परित्याग गरे। काँग्रेस प्रवेश गर्ने दुवैले सवैभन्दा राम्रो पार्टी काँग्रेस भएकोभन्दै काँग्रेसलाई बलियो र शशक्त बनाउन भुमिका निर्वाह गर्ने उल्लेख गरे। राम्रो पार्टी भनेकै काँग्रेस रहेछ...
‘अमेरिकाको भिसा लागेपनि जान्न’
पोखरा,२ मंसिर। दैनिक सैयौ युवा विदेशिएका छन्। विदेशमा गई श्रम गरी पैसा कमाउने युवाहरुको सपना छ। विदेशकै कुरा गर्दा धेरै नेपालीको सपना अमेरिका हुने गरेको छ। अमेरिकामा जाने कमाउँने र उत्तै जिवन बिताउन चाहनेको संख्या भनिसाध्य छैन। तर काठमाण्डौ महानगरपालिका वडा नं १३ ताहाचलका युवा निराजन काकी भने अमेरिकाको भिसा लागेपनि नजाने अठोटका साथ व्यवसायमा...
जिउँदोमा मात्र हैन मरेपछि पनि काँग्रेसले हेर्ने, मृत्यु संस्कारमा १० हजार दिने प्रतिवद्धता
काठमाडौं। नेपाली काँग्रेसले जन्मिनु अघि कोखमा रहेको बेलादेखि मृत्युसम्मका संस्कारमा राज्यको अनुभुति दिलाउने एकिकृत सामाजिक सुरक्षा अवधारणा अघी सारेको छ। यो अवधारणालाई काँग्रेसले कोखदेखि शोकसम्मको नाम दिएको छ। नेपाली काँग्रेसले आफ्नो घोषणापत्रको सारसंक्षेप यसलाई प्राथमिकताका साथ सार्वजनिक गरेको छ। काँग्रेस प्रचार प्रसार उपसमितिका संयोजक गगन थापाले यसको बारेमा काँग्रेसको तर्फबाट भिडियो समेत जारी गरेका छन्।...