समाचार

धर्म संस्कार
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
पोखरा महानगरपालिका–१७ स्थित आयोजित श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारीलाई तीव्र पारिएको छ । मानवसेवा फाउण्डेशनको आयोजनामा वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ । महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते...
महायज्ञ
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरा महानगरपालिका वडा नं. १७, विरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको एकै दिन तीन महत्वपूर्ण शुभ कार्य सम्पन्न गरिएको आयोजकले जनाएको छ । कोटिहोम महायज्ञको लागि गत फागुन २३ गते कोटिहोम महायज्ञको लागि तय भएको स्थानमा भूमी पुजन सम्पन्न गरेतापनि विवादका कारण त्याहाँ हुन नसकेपछि कोटिहोम महायज्ञको स्थान परिवर्तन हुन पुगेको थियो ।...
महायज्ञ
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
पोखरा वडा नं. १७ बिरौटामा ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ- २०८२ आयोजना हुँदैछ । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन, नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएका हुन् । आइतबार संकल्पसभा गरी अगाडि बढेको कोटी होमको कार्यक्रम जेठको २६ गतेसम्म निरन्तर रूपका सञ्चालन हुने छ । सोही क्रममा...
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो । बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाएका छन् । उनले एक दशकअघि बर्सेनि रु छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका छन् । तर...
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति,...
‘टिकटक चलेको भए खबर गरौँ’
नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग र पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको हो । सरकारको निर्णय कार्यान्वयनका...
पूर्वाधारको पर्खाइमा मालिका धुरी
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ...
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको आज चौंथो दिन । आज गाई पूजा गरेर देशभर गाइतिहार मनाइँदैछ । आज खण्डग्रास सुर्यग्रहण भएकाले पनि आज धार्मिक कार्यका लागि अपवित्र मानिन्छ । यद्यपि, अपरान्हपछिमात्र सुर्यग्रहण लाग्ने भएकाले गाईपूजा गर्न भने मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने...
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ, २५ कात्तिक : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा,...
रिगलको कैद मिनाहा बदर, पुन: पक्राउ गर्न सर्वोच्चको आदेश
राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’ भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको छ । साथै इजलासले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो । सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद...
प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण थालियो
पोखरा बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै, पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताएका छन् । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो...
‘देश बनाउन सबैको संकल्प आवश्यक छ’ : उपसभामुख रानामगर
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् । देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन...