समाचार

प्रसिद्ध तालबाराही मन्दिर पुनः निर्माण थालियो
पोखरा बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै, पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताएका छन् । उनले पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्तालेसमेत अध्ययन गर्ने थलो...
‘देश बनाउन सबैको संकल्प आवश्यक छ’ : उपसभामुख रानामगर
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताएकी छन् । दमकमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देश विकासका लागि दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अघि बढ्नुपर्ने औँल्याइन् । देश निर्माणमा हरेक नागरिकको भूमिका हुनुपर्ने उल्लेख गर्दै उपसभामुख रानामगरले अब पनि देश निर्माणमा ढिलाइ भए सबै नेपाली पछिपर्ने दिन...
मनाङमा हिमपात, समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने
मनाङ, ३० असोज : हिमाली जिल्ला मनाङमा सुरुआती हिमपात भएको छ । गत वर्ष यो समयमा हिमपात भएको थिएन । जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले जानकारी दिनुभयो । “विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएको छ”, अध्यक्ष गुरुङले भन्नुभयो । उहाँका अनुसार...
तीन दिनमा एक लाख ५० हजार यात्रु बाहिरिए
काठमाडौं । नेपालीहरुको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकाशं विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५०...
अभिनेता अनमोल केसी पक्राउ
अपराधिक विश्वासघात मुद्दामा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको हो। चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। प्रहरीका अनुसार चलचित्र ‘रावायण’का लागि अनमोलले अग्रिम १० लाख रुपैयाँ लिएका थिए । पूर्वनिर्धारित तालिका अनुसार चलचित्र गएको बुधबारबाट...
पाकिस्तानमा मस्जिद नजिकै आत्मघाती हमला, ५२ जनाको मृत्यु
पाकिस्तानमा भएको एक भीषण आत्मघाती विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ । जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले...
बालेनले दिए श्रीमती चढेको सरकारी गाडी प्रहरीले रोकेको घटनामा स्पष्टिकरण
काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको घटनाबारे प्रष्टीकरण दिएका छन्। आइतबार साँझ मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ। बालेनले अबदेखि महानगरका गाडी रोके सिंहदरबारमा आगो...
सिंहदरबारमा आगो लगाइदिन्छु : बालेन
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरपालिकाको कुनै पनि गाडी सरकारले रोके सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । शनिबार साँझ उनले सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, ‘ आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’
नायिका निरुता सिंहले कसिन् लगनगाँठो
अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । उनले आफूले मुम्बई निवासी सञ्जीव गुलाटीसँग विवाह गरेको फेसबुकमार्फत जानकारी दिएकी छन् । आफूलाई विवाह कहिले गर्ने भन्ने धेरै प्रश्न आएको भन्दै उनले गत बिहीबार अर्थात ३१ अगस्टमा विवाह गरेको बताएकी छन् । निरुताले आफूलाई माया गरेर आफूले अभिनय गरेका चलचित्रलाई सफल बनाइदिएकामा दर्कहरुलाई धन्यवाद पनि दिएकी छन्...
कक्षा १२ को नतिजा सार्वजनिक
मंगलबार कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाफल प्रकाशित भएको जानकारी दिएका छन् । अध्यक्ष महाश्रम शर्माका अनुसार गत बर्ष भन्दा यो बर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ । यस वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक प्राप्त...
निर्वाचन समितिले घोषणा नगर्दै, एनआरएनए अमेरिकाको नतिजा बाहिरियो ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको चुनावी नतिजा निर्वाचन समितिले घोषणा नगर्दै बाहिरिएको छ । श्रोतका अनुसार आईसीसीका पदाधिकारीले यो सुचना गुप्त रुपमा सार्वजनिक गरेका हुन् । प्राप्त सुचना अनुसार अध्यक्षमा अर्जुन बन्जाडे बिजयी भएका छन्, भने वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । यस्तै महासचिवमा रामहरी अधिकारीले जित निकालेका छन् । यसैगरी...
पल शाहको मुद्दा फैसलाको पूर्णपाठ: नाबालिका र पिताले नै `हाेइन´ भनेपछि दाेषी भन्न मिलेन
लामो समयपछि जाहेरी पर्नुलाई सोच विचार गरी जाहेरी दिएको भन्न मिल्छ मुद्दा सर्वोच्च अदालततिर सोझियाे  नायक पल शाहमाथि लागेको अभियोगमा उच्च अदालत पाेखराले सफाइ दिएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । उच्च अदालत पोखराले पललाई फागुन १४ गते सफाइ दिएको थियो । २०७८ फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका पल ठिक एक वर्षपछि...