समाचार

समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र
काठमाडौँ, २१ मङ्सिर (रासस) :यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका...
बेपत्ता दुईको शव फेला
नेपालगञ्ज, १८ मङ्सिर (रासस):बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिनुभयो । मृत फेला पर्नेमा राप्तीसोनारी–६ डाँडाटपरीकी २२ वर्षीया...
हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो
धुलिखेल, ९ मङ्सिर (रासस) :काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका अध्यक्ष नरेन्द्रनाथ श्रेष्ठले बताउनुभएको छ । बहिटोलबाट हराएको उक्त बुद्धमूर्ति आगामी बुधबार बाजागाजासहित स्थानियवासी र नगरपालिकाको संयुक्त पहलमा सोही स्थानमा प्रतिस्थापन गरिने बनेपा नगरपालिकाका...
जित्नेमा ढुक्क छु – किशोर
पोखरा, १ मंसिर । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले आफू निर्वाचन जित्नेमा ढुक्क भएको बताउनु भएको छ । ‘गठबन्धनको लहर बढेको छ, मतदाताले मलाई र मेरो वीचारलाई मन पराएको पाएँ उहाँले भन्नुभयो – त्यसैले निर्वाचन जित्नेमा म ढुक्क छु ।’ निर्वाचन क्षेत्रका मतदाताले उत्साह थपिदिएको र विजय गराउने आश्वासन...
उम्मेद्बार बरालको घरदैलो तथा मतदाता भेटघाट जारी
पोखरा, २६ कात्तिक । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले शनिवार घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई जारी राख्नु भएको छ । उहाँले शनिवार पोखरा १२ मा घरदैलो तथा मतदाता भेटघाट गर्नुभएको छ । उहाँले आइतबार पोखरा २७ मा घरदैलो तथा मतदाता भेटघाट गर्नु हुनेछ । ‘आफूप्रति मतदाता सकारात्मक भएको पाएँ,...
देउसीबाट सङ्कलित रकम विपद व्यवस्थापन कोषमा
खोटाङ, १३ कात्तिक (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा स्थापना गरिएको विपद व्यवस्थापन कोषको मुलधन रु साढे चार लाख नाघेको छ । विसं २०७५ मा देउसी÷भैलो खेलेर जम्मा भएको रु ४२ हजार रकम जम्मा गरेर स्थापना गरिएको कोषको मुलधन यस वर्ष रु चार लाख ६१ हजार ३२५ पुगेको हो । रु तीन लाख ५० हजार...
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बेलायती सभामुखबीच भेटवार्ता
लण्डन, ९ कात्तिक (रासस) :बेलायतको भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता भएको छ । मङ्गलबार बेलायती संसद भवनमा भएको उक्त भेटका अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषय विशेष गरी दुई देशका सांसद्बीच भ्रमण तथा अनुभवको आदानप्रदान, भूपू गोर्खासम्बन्धी विषयमा...
गठबन्धन राष्ट्रिय आवश्यकता : प्रधानमन्त्री देउवा
गण्डकी, ४ कात्तिक (रासस)प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पार्नुभयो । यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित...
डेङ्गुबाट ४८ को मृत्यु
काठमाडौँ, ३१ असोज (रासस) : हालसम्म डेङ्गुबाट ४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जना डेङ्गु सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार ७७ जिल्लामा डेङ्गु फैलिएको छ । ४६ जनामा कोरोना सङ्क्रमण पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार...
‘अब ठूलो पानी पर्दैन’
काठमाडौँ, २७ असोज (रासस) :मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन्य घटना पनि बढे । यतिखेर दसैँ सकिएर तिहारको सङ्घारमा केही...
मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु, तीन जना बेपत्ता
मुगु, २४ असोज (रासस) : मुगुमा पहिरोमा परी आठ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आज पहिरोले घर पुरिँदा आठ जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । लगातार वर्षाका कारण पहिरोको डरले आठ जना एउटै घरमा बसेका थिए । मृत्यु...
मोटरसाइकल दुर्घटनामा दुई सशस्त्र प्रहरीको मृत्यु
देउखुरी, २२ असोज (रासस)ःदाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु४०प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बरमा कार्यरत दुवै सशस्त्र प्रहरीको मृत्युु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका–१ का लहानु...