समाचार

गीतमार्फत डेङ्गु सचेतना
‘सुत्नेबेला नगरौं भुल पनि, सबले घरमा लगाऔं है झुल पनि’ अर्घाखाँचीमा डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि सचेतना अभियान थालिएको छ । सदरमुकाम सन्धिखर्क तथा आसपासका क्षेत्रमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण दर बढ्दै गएपछि सचेतना अभियान थालिएको हो । जिल्ला सुरक्षा समितिको आयोजनामा डेङ्गुुको रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालासँग अन्तक्र्रिया गरिनाका साथै जिल्ला प्रहरी कार्यालयले...
महाकाली राजमार्गमा अटोरिक्सा दुर्घटना
बैतडी, १७ असोज (रासस):महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, सोही ठाउँका ५० वर्षीय ५० वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया सङ्गीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल र नौ वर्षीय...
गुड्दागुड्दै बसमा आगलागी
खोटाङ, १५ असोज (रासस) ःहलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ । काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो । बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा...
यतीको नयाँ विमानबाट आजदेखि व्यावसायिक उडान सुरु
काठमाडौँ, १४ असोज (रासस):निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । गत भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२०...
बडा दशैँको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, ११ असोज (रासस) :नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको वोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा...
सदरमुकाम र सहरमै छैन खानेपानी
तारानाथ आचार्य बलेवा, ७ असोज (रासस) ः जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साविकको कुश्मीशेरा गाविसभरिका सर्वसाधारणलाई पानी पु¥याउने गरी आयोजना सुरु भएको हो । सङ्घीयताको कार्यान्वयनसँगै जैमिनी नगरपालिका गठन...
बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ
दोधारा चाँदनी, ५ असोज (रासस) :कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बिहारका ३३ वर्षीय पिन्टु...
चट्याङ लागेर मृत्यु
बागमती, ४ असोज (रासस) ःकवानपुरको वकैया गाउँपालिकामा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत...
जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु
चितवन, ३ असोज (रासस) ःजिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ भने एक जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघिनै मृत्यु भएको ढिला गरी थाहा भएको हो । स्वास्थ्य कार्यालय प्रमुख...
भद्रकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सिग्देल
पोखरा, २ असोज । पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले क्याम्पस संचालक समितिको अध्यक्षमा माधवप्रसाद सिग्देललाई चयन गरेको छ । समितिको सदस्यहरुमा जयप्रसाद सापकोटा, शोभाकान्त सिग्देल, विष्णु कार्की, वलराम वराल, भीमप्रसाद न्यौपाने र प्रदिप कुमार लम्साल रहनुभएको छ । अध्यक्ष सिग्देलले मन, वचन र...