समाचार

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता
काठमाडौँ, ३१ भदौ (रासस) :निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर...
पूरा हुँदै पोखरेलीको पानी पिउने सपना
हरिप्रसाद बाँस्तोला गण्डकी, २९ भदौ (रासस) :पर्यटकीय नगर पोखरा सहरका बासिन्दाले शुद्ध खानेपानीको उपयोग गर्न पाउने भएका छन् । बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पmत पोखरेली उपभोक्ताको घरघरमा शुद्ध खानेपानीको सुविधा पुग्ने भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित सो आयोजनाको निर्माण कार्य...
नेपालले पाकिस्तानलाई पठायो २२ टन भन्दाबढी मानवीय सहायता सामग्री
विक्रम गिरी / सिबी अधिकारी काठमाडौँ, २८ भदौ (रासस) ः नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ । पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय...
पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र
चन्द्रकला भण्डारी झापा, २७ भदौ (रासस) ः गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गर्नुभएको थियो ।...
प्रधानसेनापतिको एकवर्षे कार्यकालको समीक्षा
काठमाडौँ, २६ भदौ (रासस) ःप्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाल विकसित अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको...
मगर विद्यार्थी संघ जनप्रियको अध्यक्षमा रसेल
पोखरा,२५ भदौ । नेपाल मगर विद्यार्थी संघ जनप्रिय बहुुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले रसेल राना मगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रकाश घर्ति मगर, सचिवमा प्रिती मगर, सह–सचिवमा इशान पुनमगर र कोषाध्यक्षमा सुनिता आले मगर चयन हुनु भएको नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशका सदस्य डेक पुन मगरले जानकारी दिनुभयो। समितिको...
वीपी जयन्तीमा हेमजामा दिप प्रज्वलन
पोखरा, २४ भदौं । १०९ औं वीपी जयन्ती र ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत शुक्रबार दिप प्रज्वलन गरिएको छ । नेपाली काँग्रेस कास्की प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३(क)ले पोखरा २५ हेमजास्थित पार्टी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रलाई बल पुग्ने गरी काम गर्न...
मानव–वन्यजन्तुको द्वन्द्व बढ्दै
राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, २३ भदौ(रासस) : शुक्लाफाँटा नगरपालिका–८ चुरेफेदीको गाउँ पिलरीफाँटाका हरपाल चौधरीले तीन वर्षदेखि बर्खे बाली भित्र्याउन पाउनुभएको छैन । जङ्गली जनावरले खेतबारीमा पसेर धान, मकैलगायतको बाली खाइदिन थालेपछि परिवार पाल्न अन्यत्र मजदुरी गर्न जानुपरेको छ । वन संरक्षणमा जोड दिइएपछि बिरलै देखिने वन्यजन्तु हाल खेतवारीमा देखिन थालेका छन् । एक विघा जग्गामा लगाएको...
कास्कीमा ‘जनताको साथमा काँग्रेस’ अभियान वडा केन्द्रीत
पोखरा, २१ भदौ । नेपाली काँग्रेसले शुरु गरेको प्रथम चरणको कार्यक्रम अन्र्तगत ‘जनताको साथमा काँग्रेस’ अभियानलाई कास्की काँग्रेसले वडा इकाइ केन्द्रित गरेको छ । कास्कीका ७२ वडा इकाइहरुमा केन्द्रित गरी एकै साथ अभियान शुरु गरिएको छ । वडा इकाइहरुमा मंगलवार छुट्टाछुट्टै कार्यक्रम गरी वडास्तरमा अभियान शुभारम्भ गरिएको हो । कार्यक्रमहरुमा जिल्ला, क्षेत्र, प्रदेश सभा, महानगरपालिका...
मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक
काठमाडौँ, २० भदौ (रासस) :पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो । बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मङ्गलबारसम्म टुङ्ग्याउने गरी...
भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु, १४ घाइते
खजुरा, १८ भदौ (रासस) :भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर...
सकियो सराङकोटको तीज मेला
पोखरा, १६ भदौं । पोखरा – १८ सराङकोट आयोजित तीज मेला – २०७९ सकिएको छ । अन्नपूर्ण सामुदायिक विकास मञ्चले ‘लोक कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्वनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला आयोजना गरेको हो। । अन्नपूर्ण सामुदायिक मञ्चको प्राङ्गणमा भदौ १२ देखि १४ गतेसम्म चलेको मेला करिब चार हजार दर्शकले सहभागिता जनाएको...