समाचार

खोलाले बगाएर वडा सदस्यको मृत्यु
त्रिशूली, ११ साउन (रासस) :नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ । बेलकोटगढीको वडा नं १० र १२ हँुदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । खेतमा काम गरेर फर्कने क्रममा वडा...
श्री कृष्ण प्रणामी मन्दिरमा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा शुरु
पोखरा, २ साउन । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरका सोमबारदेखि श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम शुरु भएको छ । कार्यक्रम भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार युवा धर्म प्रचारक श्री श्यामदास महाराजले...
पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुँदै
पोखरा, २९ असार । पोखरामा श्रीमद् बितक चर्चा शब्द दर्शन तथा श्रीकृष्ण कथा कार्यक्रम हुने भएको छ । पोखरा – ८ रत्नचोकस्थित श्री कृष्ण प्रणामी मन्दिरको आयोजनामा हुने सो कार्यक्रम साउन २ देखि भदौ ३ गतेसम्म चल्नेछ । भदौ ३ गते श्रीकृष्ण जन्माष्टमी प्राकट्य महोत्सव पनि गरिने छ । कार्यक्रममा गुरुजी बाणी तथा बितक कथाकार...
नेपाल हज समिति सदस्यमा पोखराकी कसिरन
पोखरा, २१ असार । नेपाल हज समितिको सदस्यमा पोखराकी कसिरन मिया नियुक्त हुनु भएको छ । गृह मन्त्रालयले २०८० चैत १६ सम्म कार्यकाल रहने गरी उहाँलाई मनोनित गरेको हो । नेपाल हज समितिको कार्यविधि, २०७२ को दफा ३ को उपदफा २(ख) वमोजिम उहाँलाई मनोनित गरिएको बताइएको छ । पोखरा ३२ निवासी मिया विगत एक दशकदेखि...
धादिङ–पोखरा सम्पर्क समाजको रक्तदानमा १३३ युनिट रगत संकलन
पोखरा, १८ असार । धादिङ–पोखरा सम्पर्क समाजद्वारा पोखरामा आयोजित १९ औं रक्तदानमा १३३ युनिट रगत संकलन भएको छ । समाजको स्थापना दिवसका अवसरमा आयोजित रक्तदान यस अघि ४३ औं पटकसम्म रक्तदान गर्नुभएका कृष्ण धरेललाई विशिष्ट अतिथि जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रकाश शाहले ब्लडब्याग हस्तान्तरण गरी शुभारम्भ गर्नुभएको थियो । रक्तदान जीवनदान भएको बताउँदै उहाँले...
बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड
काठमाडौँ १७ असार (रासस) : गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्दा...
छतबाट लडेर एक महिलाको मृत्यु
जलेश्वर, १२ असार (रासस): महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो...
नेल्टाको आयोजनामा कावासोतीमा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु
पोखरा, १० असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) नवलपुरको आयोजनामा खुद्रा विषादी बिक्रेता तथा बिउबिजन सम्वन्धी तालिम शुरु भएको छ । नवलपुरको कावासोतीमा आयोजित तालिम १७ गतेसम्म चल्ने छ । तालिममा देशभरका ६५ जनाको सहभागिता रहेको छ । कृषिजन्य उत्पादनसँग सम्वन्धित विषादी तथा बिउबिजन बिक्रेतालाई दक्ष बनाउन तालिम आयोजना गरिएको नेल्टाका महासचिव...
पृथ्वीराजमार्ग अवरुद्ध
मुग्लिन, १ असार (रासस) ःवर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हँुदै आएको छ...
सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको अधिकार सुरक्षित गर्न माग
काठमाडौँ, ३० जेठ (रासस) :सडकमा भारी बोकेर जीविकोपार्जन गर्नेको श्रमिक अधिकार सुरक्षित गर्न नेपाल ट्रेड युनियन कांग्रेसका राष्ट्रिय सम्मेलन प्रतिनिधिले माग गरेका छन् । सम्मेलनमा महासचिव योगेन्द्रकुमार कुँवरले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष मोहनकुमार बस्नेतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथिको छलफलका क्रममा मजदुर सङ्घका काठमाडौँ अध्यक्ष कुमार ढुङ्गेलले सडकमा भारी बोक्नेले बिरामी हुँदा स्वास्थ्य उपचार...
प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै
 रमेश लम्साल काठमाडौँ, २६ जेठ (रासस)ः आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न ऊर्जा क्षेत्र सहायकसिद्ध हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले आजमात्रै...
दुर्गम चुम्चेतमा बिजुली बत्ती
गोरखा, १५ जेठ (रासस) ःउत्तरी गोरखाको दुर्गम क्षेत्रमा पर्ने चुम्चेतका २७० घरघुरीमा बिजुली बत्ती बलेको छ । चुमनुब्री गाउँपालिका–६ चुम्चेतमा चुम्लिङ, चुम्चेत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी बिजुली बत्ती बाल्न सुरु गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । आयोजनाबाट ७० किलोबाट क्षमताको विद्युत् उत्पादन भएसँगै स्थानीयवासीले बिजुली बत्ती सुविधा पाएका हुन् । दुर्गम...