समाचार

सिमकार्ड÷रिमकार्ड बिक्रीवितरणमा कडाइ
काठमाडौँ, २४ चैत (रासस)ःनेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि...
पोखराको प्रस्याङमा टिभिएसको अत्याधुनिक सर्भिस सेन्टर सुभारम्भ
पोखरा, १४ चैत । पोखरा महानगरपालिका–५ प्रस्याङमा टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । गण्डकी मोटर्स प्रालिले सोमबारदेखि सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गर्नुभयो । जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स...
मनकामना केबुलकार एक दिन बन्द हुने
मुग्लिन, ११ चैत (रासस) :नेपालको पहिलो केबुलकार मनकमना केबुलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैत १५ गते मङ्गलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४...
बैंकिङ कसुरमा दोषी ठहर व्यक्ति पक्राउ
काठमाडौँ, ९ चैत (रासस) ःबैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको भीमसेनगोलाबाट पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौँको क्षेत्रपाटी...
आंशिकदेखि सामान्य बदलीको सम्भावना
काठमाडौँ, चैत ३ (रासस) बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औँल्याएको हो । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुनसक्ने असरबाट...
पोखरामा आफूखुशी उम्मेद्वारी घोषणा नगर्न अनुरोध
पोखरा, १० फागुन ।नेपाली काँग्रेस पोखरा महानगर समितिले आफूखुशी पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी घोषणा नगर्न अनुरोध गरेको छ । समितिका सचिवद्वय टुवराज बास्तोला विशाल र गणेश बहादुर थापाद्वारा हस्ताक्षरीत विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा केन्द्रीत बनेर सामाजिक सञ्जालमार्फत उम्मेद्वारी स्वघोषणा गर्ने र अरुलाई गर्न लगाउने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसो नगर्न अनुरोध गरिएको छ...
फरार रहेका २६० पक्राउ
चितवन, ७ फागुन (रासस) ःअदालतले फैसला गरेर फरार रहेका २६० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षको सात महिनामा जिल्ला अदालत चितवनबाट फैसला भएर फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालतमा बुझाएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार...
गण्डकी प्रदेशमा सार्वजनिक विदा
पोखरा, ३ फागुन । गण्डकी प्रदेशमा फागुन ४ गते बुधबार सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा विदा दिइएको हो । सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था एवं शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।
चप्पल गोदाममा आगलागी, एक घाइते
तुलसीपुर, २८ माघ (रासस) :दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...
विद्यार्थीमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द
तुलसीपुर, २२ पुस (रासस) । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६...
काटेर राखेको धानको थुप्रोमाआगलागी
दमक, २ पुस (रासस) । झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ । गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश...