पोखरा, १४ चैत । पोखरा महानगरपालिका–५ प्रस्याङमा टिभिएस मोटरसाइकल तथा स्कुटरको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
गण्डकी मोटर्स प्रालिले सोमबारदेखि सो सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष मोहनबाबु खड्का र जगदम्बा मोटर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले उद्घाटन गर्नुभयो ।
जगदम्बा मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता बतास व्रदर्स अन्तर्गत गण्डकी मोटर्स प्रालिले आफ्नो अत्याधुनिक सुविधा सम्पन्न सर्भिस सेन्टर खोलेको हो ।
करिब १४ हजार स्क्वायर क्षेत्रफलमा रहेको सो सर्भिस सेन्टर गण्डकीको प्रदेशकै सबैभन्दा ठूलो र सु विधायुक्तभएको दावी कम्पनीको छ । दक्ष टेक्निसियन, पूर्णरुपमा सुसज्जित , ग्राहक लाउन्ज, पर्याप्त पार्किङ्ग स्पेस, ईञ्जिन कोठा, आदि सुविधाले सुसज्जित सो सेन्टरमा एकपटकमा २८ वटासम्म सर्भिस गर्ने क्षमता रहेको बताइन्छ ।
कार्यक्रममा जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियार, सिनियर सर्भिस म्यानेजर अमरदीप मजुन्दर, स्पेयर पार्टस् प्रवन्धक ड्रोना संग्रौलाका मार्केटिङ महाप्रवन्धक विक्रम शर्मा पौडेल, बतास ब्रदर्शका चीफ अपरेटिङ अफिसर राजेश रानाभाटको पनि उपस्थिति रहेको थियो ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १ सय ४५भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु, विक्री पश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्ट पुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण टिभिएस नेपालको सबैभन्दा बढी बिक्री हुने टू–ह्वीलर ब्राण्ड बनेको छ ।
भर्खरै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
पूर्वाधारको पर्खाइमा मालिका धुरी
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं