समाचार

नव वर्ष २०७७ मा कास्की काँग्रेसद्वारा शुभकामना
पोखरा, १ बैशाख । नेपाली काँग्रेस कास्कीले नव वर्ष २०७७ को अवसरमा सबैप्रति शुभकामना व्यक्त गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा प्रकाशित शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनु भएका सबैप्रति सुस्वाथ्य, दीर्घायू, शान्ति र समृद्विको कामना व्यक्त गरिएको छ । नेपाली नयाँ वर्षले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि शक्ति मिल्ने...
निर्माण व्यवसायी समितिद्वारा सहयोग
पोखरा, २० चैत । निर्माण व्यवसायी समिति पोखरा नेपालले लकडाउनका कारण प्रभावित विपन्न परिवारलाई सहयोग गरेको छ । समितिले पोखरा ३१ बेगनास माझथरमा रहेका २५ परिवारलाई करीब १ लाख बराबरको खाद्यान्न सहयोग गरेको हो । समितिले चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सहयोग गरेको थियो । समितिका अध्यक्ष नारायण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुन थापा, वरिष्ठ...
कास्की काँग्रेसद्वारा सावधानी अपनाउन आग्रह
पोखरा, ९ चैत । नेपाली काँग्रेस कास्कीले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन लागि आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ । कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीको अध्यक्षतामा पदाधिकारी, क्षेत्रीय सभापति र पोखरा महानगरपालिका सभापतिसहित आइतबार बसेको आकस्मिक बैंठकले त्यस्तो आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए । विश्वका अधिकांश राष्ट्रमा यसको...
नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार स्थापना
पोखरा, ११ फागुन । नेपाल प्रेस युनियन कास्कीले नेपाल प्रेस युनियन गतिशील पत्रकारिता पुरस्कार संचालन गर्ने भएको छ । युनियन कास्कीको वर्तमान कार्यसमितिको एक वर्ष पूरा भएको अवसरसँगै आइतबार बसेको बैठकले सो पुरस्कार संचालन गर्ने निर्णय गरेको हो । प्रेस युनियनको विकाससँगै पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारको सम्मानका लागि सो पुरस्कार संचालन गर्न लागिएको अध्यक्ष...
निर्माण व्यवसायी समितिको अध्यक्षमा गुरुङ
पोखरा, २१ मंसिर । निर्माण व्यवसायी समिति पोखरा नेपालको २२ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनले आगामी २ वर्षका लागि नारायण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष बेलबहादुर बस्नेत ‘नवराज’, उपाध्यक्ष बुद्विबहादुर परियार, सचिव शिवबहादुर खड्का, सहसचिव अच्युत शर्मा, कोषाध्यक्ष तारानाथ पाठक र सहकोषाध्यक्ष विक्रम खत्री छन् । सदस्यमा...
काँग्रेसद्वारा निर्वाचन अनुगमन समिति गठन
पोखरा, ९ मंसिर । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको अनुगमनका लागि नेपाली काँग्रेस कास्कीले अनुगमन समिति गठन गरेको छ । काँग्रेस केन्द्रीय अनुगमन समितिको मातहत रहेर निर्वाचनको अनुगमनका लागि जिल्लादेखि वडास्तरसम्म समिति गठन गरिएको छ । राजेन्द्रनिधि कोइरालाको संयोजकत्वमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको हो । समितिको सदस्यमा कास्की काँग्रेसका सचिव सुदिपमोहन भट्टराई,...
जनतालाई सही व्यक्ति छान्ने अवसर छ ः डा. रिजाल
पोखरा, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कास्कीका चुनावी कमाण्डर डा. मिनेन्द्र रिजालले जनतालाई सही व्यक्ति रोज्ने अवसर आएको बताएका छन् । पोखरा महानगरपालिका–२१, ठूलीस्वाँरामा भएको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले खेमराज पौडेल जत्तिको निष्ठावान व्यक्तित्व नेपाली राजनीतिमा कहिल्यै नपाइने बताए । ‘एकतिर ६० बर्षको राजनितिमा निष्ठापूर्वक बसेका खेमराज पौडेल खडा हुनुहुन्छ...
फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको बन्दै
पोखरा, ३० कात्तिक । पोखरा १७ पार्दीमा रहेको फिस्टेल एकेडेमी अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने भएको छ । विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको विद्यालय भवन निर्माण गर्ने भएको छ । पोखरा १७ घारीपाटनमा १८ रोपनी क्षेत्रफलमा विद्यालय भवन निर्माण गर्न शुरु गरिएको हो । यो भवन निर्माण भएसँगै फिस्टेल पोखराको पहिलो अन्तर्राष्ट्रियस्तरको विद्यालय बन्ने छ ।...
‘त्यागी नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश दिऔं’
पोखरा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् । कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए । चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमासहभागी नेता रिजालले...
पोखरा १३ र याङ्जाकोटमा काँग्रेस जागरण, दोषारोपण नगरौं, जिम्मेवारी वहन गरौ – शर्मा
पोखरा, ५ असोज । नेपाली काँग्रेस जागरण अभियान अन्तर्गत दोस्रो चरणमा क्षेत्र नं १(ख) कास्कीका विभिन्न स्थानमा जागरणसभा भएको छ । त्यसक्षेत्र अन्तर्गत पोखरा १३ र मादी गाउँपालिकाको याङ्जाकोटमा छुट्टाछुट्टै जागरणसभा भएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । पोखरा १३ मा आयोजित जागरणसभासँगै वडा कार्यसमिति पोखरा १३ समायोजन गरिएको छ ।...
स्वास्थ्यकर्मी संघद्वारा गोरखा घोषणापत्र जारी
पोखरा, १९ साउन । नेपाल स्वास्थ्यकर्मी संघ गण्डकीले स्वास्थ्य सेवा र स्वास्थ्यकर्मीका समस्या समाधान गर्न माग गर्दै ३ बुँदे गोरखा घोषणापत्र जारी गरेको छ । संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेको उपस्थितिमा गोरखामा बसेको बैठकले घोषणापत्र जारी गरेको हो । घोषणापत्रमा जनताको स्वास्थ्यमा खेलवाड नहुने र स्वास्थ्यकर्मीको मनोबलमा असर नपुग्ने गरी समायोजन गर्न, तहगत रुपमा समायोजन...
नेवि संघ जनप्रियको रक्तदान
पोखरा, ३१ असार । नेवि संघ जनप्रिय बहुमुखि क्याम्पस इकाइ समितिले सोमवार गरेको रक्तदानबाट ७८ युनिट रगत संकलन भएको छ । कार्यक्रम उद्घाटन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष इन्द्र कुँवरले नेवि संघका यस्ता क्रियाकलापले समाजमा सकारात्मक सन्देश जाने बताए । नेवि संघ कास्की नेता पशुपति भट्टराईले नेवि संघका विद्यार्थी बाढीपहिरो प्रभावित क्षेत्र तराईका नागरिकलाई राहत...