‘त्यागी नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश दिऔं’

‘त्यागी नेता खेमराज पौडेललाई जिताएर देशैभर सन्देश दिऔं’

khemraj photo

पोखरा, २६ कात्तिक । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन् ।

कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपंथी र उत्तर वामपंथीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।

चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमासहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे ।

नेपालको नयाँ संविधान लोकतान्त्रिक संविधान हो, कम्युनिष्ट संविधान नभएको भन्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे ।

उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न काँग्रेसले निर्वाचन जित्नै पर्ने बताए ।

त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरे

मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्,मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए ।

कास्की काँगे्रसको चुनाव प्रचार अभियान अन्तर्गत आज मंगलबार दिनभर पोखरा–१७ का मतदातासंग भेटघाट गरेको छ ।

घरदैलो अभियान कांग्रेस नेता डा. रिजाल, उम्मेदवार खेमराज पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका कमाण्डर कृष्ण केसी, क्षेत्र नं २ सभापति माधव बास्तोलासहित नगरसभापति वजीरमान श्रेष्ठ, नेता देवराज चालिसे, वडा सभापति देवराज आचार्यलगायत नेता कार्यकर्ता पनि सहभागी छन् । पोखरा–१७ को नेतृत्व पनि कास्की सभापति केसीले नै गरेका छन् ।

कास्की काँग्रेसको दोस्रो चरणको कार्यक्रम सार्वजनिक

नेपाली काँग्रेस कास्कीको चुनाव परिचालन अन्तर्गत दोस्रो चरणको नयाँ कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

बिहीबारबट शुरु हुने दोस्रो चरण ७ दिनको हुने कास्की २ का क्षेत्रीय सभापति एवं निर्वाचन परिचालन समितिका सहसंयोजक माधवप्रसाद बाँस्तोला मधुले जानकारी दिए ।

उनका अनुसार कात्तिक २८ गते बिहीबार पोखरा–२०, भलामस्थित चण्डीपाटन तल्लोचौर, आँटीघर र २९ गते शुक्रबार मौजा लामाडाँडा र लामखेतमा घरदैलो अभियान सञ्चालन हुनेछ ।

घरदैलोमा उम्मेदवार खेमराज पौडेल, चुनावी कमाण्डर डा. मिनेन्द्र रिजाल, कास्की कांग्रेसका सभापति कृष्ण केसी लगायत पनि सहभागी हुनेछन् । कात्तिक २९ गते शुक्रबार नै पत्रकार सम्मेलनमार्फत कांग्रेसको रणनीतिबारे जानकारी गराइने भएको छ । पत्रकार सम्मेलन पर्यटन बोर्डको सभाहलमा हुने बताइन्छ ।

यसैगरी कात्तिक ३० गते शनिवार पोखरा–११, मंसिर १ गते आइतबार र २ गते सोमबार पोखरा–३३, मंसिर ३ गते मंगलबार पोखरा–९ र पोखरा–१७, मंसिर ४ गते बुधबार र ५ गते बिहीबार पोखरा–१६ मा घरदैलो अभियान सञ्चालन गरिने बाँस्तोलाले जानकारी दिए ।

पहिलो चरणको कार्यक्रम घरदैलो र मतदाता भेटघाटलाई अन्तिम चरणमा पु¥याएको कास्की कांग्रेसका सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणको घरदैलो र मतदाता भेटघाट कार्यक्रम बुधबार सकिने र दोस्रो चरणको कार्यक्रमलाई पनि सशक्त ढंगले अघि बढाउन संयोजक केसीले जानकारी दिए ।

उनका अनुसार पोखराका ११ वटै वडामा र वडा भित्रका पनि सबै कलष्टरमा घरदैलो र मतदाता भेटघाट कार्यक्रम तीव्र भइरहेको छ ।

खानेपानी समस्या समाधान गर्नेलाई भोट

पोखरा–१७, शितलपथका स्थानीयले टोलको खानेपानी समस्या समाधान गर्ने उम्मेदवारलाई भोट दिने स्पष्ट पारेका छन् ।

आशन्न उपनिर्वाचनका लागि चुनावी अभियान अन्तर्गत पोखरा–१७, शान्तिपथ पुगेका कांग्रेसका उम्मेदवार उम्मेदवार खेमराज पौडेल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल लगायतसँग स्थानीय चन्द्रमाया क्षेत्री, भगवती शर्मालगायतले खानेपानी समस्याबारे जानकारी गराएका थिए ।

‘जसलाई भोट दिए पनि हाम्रो समस्या कसैले बुझेनन्, यसपटक जसले खानेपानी समस्या हल गरिदिने वाचा गर्छन्, उनैलाई भोट दिने हो ’, उनीहरूले गुनासो गरेका थिए ।

स्थानीयको गुनासो सुनिसकेपछि उम्मेद्वार खेमराजले खानेपानी समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए । ‘ढुक्क हुनुहोस्, तपाइँहरूको समस्या, दुःख आजदेखि मेरो पनि भयो । यसको समाधानका लागि म तत्कालै पहल थाल्नेछु ।

उक्त अवसरमा उम्मेद्वार खेमराजले खानेपानी समस्यामात्र होइन, यावत समस्या समाधानका लागि आफूलाई भोट गरेर जिताउन आग्रह गरेका थिए ।

यता, पोखरा–९ मा पनि घरदैलो कार्यक्रम जारी छ । वडाको महेन्द्रपुल, सामसुङ गल्ली लगायतका क्षेत्रमा घरदैलो गरिएको वडासभापति उमा ठकुरीले जानकारी दिइन् । वडा नं. ९ मा कास्की कांग्रेसले नेता वीरेन्द्र नारायण विजुक्छेलाई खटाएको छ ।

युवा शक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा ः परियार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पोखरा ३३ का संयोजक जीवन परियारले युवाशक्ति राष्ट्र निर्माणको महत्वपूर्ण खम्वा भएको बताएका छन् ।

उनले युवाहरू सही मार्ग पहिल्याउँदै देशको समृद्धसहित राष्ट्रनिर्माणमा केन्द्रित हुनुपर्ने बेला आएको बताए ।
नेता परियारले दुइ तिहाइको कम्युनिष्ट सरकार बनेको ३ वर्ष बित्न लाग्दा पनि युवाका लागि भरपर्दो कार्यक्रम ल्याउन नसक्दा युवामा निराश बढेर विदेशिनेक्रम झनै बढेको आरोप लगाए ।

नेपाल तरुण दल पोखरा–३३ ले आयोजना गरेको चुनाव भेलालाई संवोधन गर्दै नेता परियारले तरुण दल नेपाली कांग्रेसको सशक्त खम्बा भएको भन्दै यो चुनावमा सबै ध्यान केन्द्रीत गर्नुपर्ने खाँचो औंल्याए ।

नेता परियारले भने, ‘युवाको महत्व बुझेर नै विपि कोइरालाले २०१० सालमा तरुण दलको स्थापना गर्नुभएको हो । पार्टी र राष्ट्रका लागि सशक्त युवा शक्तिको अझै खाँचो छ, विशेष महत्व छ ।’

भेलाले चेतबहादुर महतको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । भेलाबाट पोखरा–३३ का ५ वटा बुथका लागि संयोजक तोकिएका छन् ।

जसअन्तर्गत सरस्वती टीका उच्च मावि बुथमा प्रकाश श्रेष्ठ, चण्डी मावि वुथमा पर्वत राना, कालिका मावि बुथमा शिवराज अधिकारी संयोजक छन् भने शान्ति उदय माविमा संयोजक तोक्न बाँकी रहेको ईकाई सचिव प्रकाश कार्कीले जानकारी दिए ।
तरुण दलका सभापति शंकर पौडेलको अध्यक्षतामा भएको भेलाले बुथ केन्द्रीत सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

नेपाल विद्यार्थी संघ पनि चुनावमा परिचालित
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले आशन्न निर्वाचनका लागि आफ्ना सबै संरचना परिचालन गर्ने भएको छ ।

जसका लागि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको छ ।

समितिको सदस्यमा सरोज केसी, गोविन्द लामिछाने, गोपाल गुरुङ, पुनम भट्ट भट्टराई, लक्ष्मी पौडेल, कल्याणबाबु भण्डारी, विकास थापा, किरण बराल, पशुपति भट्टराई, परशुराम बस्नेत र विष्णु तिमिल्सिना छन् ।

यसैगरी नेविसंघले पोखराका ११ वटै वडा आफ्ना नेताहरू परिचालन गरेको छ । जसअनुसार क्षेत्र नं. २ (क) मा आशिक गुरुङ र २ (ख) मा सन्देश पराजुलीलाई समन्वय संयोजक तोकिएको छ ।

यसैगरी वडागत तह अन्तर्गत पोखरा–४ मा संघर्ष कोइराला, पोखरा–७ मा आशिक गुरुङ, ८ मा राजेन्द्र बराल, ९ मा तारानाथ अधिकारी, ११ मा महादेव गिरीलाई संयोजक तोकेको छ ।

यसैगरी पोखरा–१५ मा सन्देश पराजुली, १६ मा अन्जान थापा, १७ मा महेश तिमिल्सिना, २० मा शिरिष बाँस्तोला, २१ मा विक्रम गिरी र ३३ मा उज्वल चापागाइँलाई संयोजक तोकिएको नेविसंघका निवर्तमान केन्द्रीय एवं निर्वाचन परिचालन समितिका संयोजक देवकृष्ण पराजुलीले जानकारी दिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालका अनुसार नेविसंघका नेता कार्यकर्ता अब प्रत्येक मतदाता समक्ष पुग्नेछन् । नेता कार्यकर्तालाई प्रत्येक मतदाता समक्ष पुगेर कम्युनिष्ट सरकारले गरेका गलत रवैयाबारे जनतालाई जानकारी गराउन र कांग्रेसलाई भोट माग्न निर्देशन दिइएको नेता ढकालले जानकारी दिए ।

नेविसंघका नेता मनोज रानाभाटले कांग्रेसका उम्मेदवार खेमराज पौडेल त्यागी र निष्ठावान नेता भएकाले उहाँलाई जिताउनका लागि सबै प्रकारको सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀