समाचार

बढ्यो सुनको मूल्य
काठमाडौँ, १ चैत (रासस) । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको...
कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने
पोखरा, २२ फागुन । कास्की जिल्लामा आज विद्युत आपुर्ति अवरुद्व हुने भएको छ । शनिवार बिहान १० देखि दिउँसो १ बजेसम्म विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ । लेखनाथ शब स्टेशनमा १३२ के.भी लाईन बे एक्सटेन्सन कार्यका लागि कास्कीमा विद्युत आपुर्ति अवरुद्व हुने भएको हो ।
जिम्मेवारीपूर्वक काम नगर्ने चिकित्सकसँग दोस्रो पटक स्पष्टिकरण माग
वाग्मती, २० फागुन (रासस)। वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा साजित अन्सारीलाई अस्पतालका निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । अन्सारी ड्युटीको समयमा पनि...
सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा  तालाबन्दी
चितवन, १५ फागुन (रासस)। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ । आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन । विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक,...
पोखराको पार्किङ बारे व्यवसायीले के भने ?
पोखरा, ७ फागुन । पोखरा उद्योग वाणिज्य संघले पोखराको पार्किङ समस्या सुल्झाउनको लागि उद्योगी÷व्यवसायीबाट सुझाव संकलन सुरु गरेको छ । संघको फुटपाथ तथा बजार व्यवस्थापन उपसमितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा बोल्दै संघका अध्यक्ष नारायण कोइरालाले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानको उपाय खोज्ने उद्देश्यले सुझाव संकलन थालिएको बताए । उनले व्यवसायीले दिएका सुझावहरुको आधारमा संघले...
काँग्रेससहित चार दल पोखरा महानगरपालिकामा, पार्किङ शुल्क रोक्न माग
पोखरा, २१ माघ । कास्कीका विभिन्न चार राजनीतिक पार्टीले पोखरा महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका पोखरा नगर स्तरीय समितिले ध्यानाकर्षण गराएका हुन् । काँग्रेस सभापति बजिरमान श्रेष्ठ,सहसभापति राजेन्द्रमणि लामिछाने, जसपाका टिकाराम पौडेल, जनमोर्चाका विष्णु पुरी, राप्रपाका मोतिमान शाक्यले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ज्ञापनपत्र...
पोखरा भाँडा व्यवसायी संघमा नयाँ कार्यसमिति, अध्यक्षमा आचार्य
पोखरा, १८ माघ । पोखरा भाँडा व्यवसायी संघको शनिवार सम्पन्न १४ औं साधारण सभा र सातौं अधिवेशनले आगामि २ वर्षका लागि नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको निवर्तमान अध्यक्ष वलराम तिमिल्सिना, उपाध्यक्ष कविन्द्रमान पालिखे, सचिव लक्ष्मीप्रसाद अधिकारी, कोषाध्यक्ष ओमकुमार श्रेष्ठ र सहसचिव सुनकुमारी गुरुङ छन् । सदस्यमा रञ्जना मानन्धर, दिलमाया प्रजापति,...
काँग्रेस सभापति देउवा पर्वत जादंै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने
पोखरा, २८ पुस । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ । उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति...
पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेसको प्रदर्शन
पोखरा, १० पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस १३ गते कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ । कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागिएको हो । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शुक्रबार पार्टीका जिल्ला पदाधिकारी, क्षेत्र र प्रदेश सभापतिसहितको बैठकले प्रदर्शनलाई प्रभावकारी र...
आयो बाघ पाईला
पोखरा, ३० मंसिर । प्राकृतिक सम्पदाले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघ पाईला साप्ताहिक प्रकाशन शुरु गरिएको छ । बाघ पाईला साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक पदम श्रेष्ठले विकासको प्रसस्त संभावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै विकास र समृद्धिको ढोका खोल्ने उद्देश्यले पत्रिकाको प्रकाशन शुरु गरिएको बताए । पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई...
लायन्स क्लबको रक्तदान
पोखरा, २७ मंसिर । लायन्स क्लब अफ पोखरा पिस प्याराडाइज र लायन्स क्लब अफ पोखरा पिस होमले संयुक्त रुपमा पोखरामा खुल्ला रक्तदान गरेको छ । पोखराको नयाँ बजारमा आयोजित रक्तदानमा  ५३ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पोखरा पिस होमकी अध्यक्ष लक्ष्मी बास्तोलाले जानकारी दिइन् । कोरोना महामारीसँगै रगत अभाव सृजना भइरहेका बेला रगत अभाव...
कास्की काँग्रेस प्रदर्शनको तयारीमा
पोखरा, २१ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि प्रदर्शनका लागि तयारी शुरु गरेको छ । नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने...