सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा  तालाबन्दी

सधै जसो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा  तालाबन्दी

univercity

चितवन, १५ फागुन (रासस)। ताला खुल्न नसकेपछि यहाँको कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बनेको छ ।
आर्थिक वर्षको सात महिना कटिसक्दा पनि विश्वविद्यालय सभा हुन सकेको छैन ।

विश्वविद्यालयभित्र राजनीतिक खिचातानी र गुटगत झगडाका कारण विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको हो । विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार, डीनलगायतका महत्वपूर्ण पदमा नियुक्ति भई सके पनि निर्देशक, परीक्षा नियन्त्रक, सहायक डीनलगायतका पदका लागि हानथाप परेको छ ।

विश्वविद्यालयका प्रशासन प्रमुख वुद्धि ढुङ्गानाका अनुसार पुस पहिलो साताबाट केन्द्रीय कार्यालय र डीनका कार्यालयमा तालाबन्दी छ । ती कार्यालयमा पूर्वएमाले निकट प्रगतिशील प्राध्यापक सङ्गठन, प्रगतिशील कर्मचारी सङ्गठन र नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक सङ्घले तालाबन्दी गरेका छन् । पूर्वमाओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठन र पूर्व स्वीकृत ज्यालादारी कर्मचारीले लगाएका ताला भने खुलेको उनले जानकारी दिए ।

असन्तुष्ट प्राध्यापक र कर्मचारीले उपकुलपतिको राजीनामासहितका माग राखेर तालाबन्दी गरेका हुन् । विश्वविद्यालयमा असोज ९ गते प्रा डा पुण्यराज रेग्मी उपकुलपति नियुक्तिपछि विश्वविद्यालयमा निरन्तर जसो तालाबन्दी रहेको छ । उपकुलपति रेग्मीले विवादको समाधान गर्न नसकेका कारण विश्वविद्यालय दिन प्रतिदिन खस्कँदै गएको त्यहाँ कार्यरत प्राध्यापक बताउँछन् ।

विश्वविद्यालयभित्रकै प्राध्यापकलाई उपकुलपति बनाउन नसक्दा बाहिरबाट आउनेले वास्ता नगरेकै कारण विश्वविद्यालय अस्तव्यस्त बनेको उनीहरूको भनाइ छ । उपकुलपति रेग्मीलाई यस विषयमा जानकारी लिन खोज्दा  सम्पर्क हुन सकेन ।

विश्वविद्यालयका कृषि सङ्कायका डीन जयप्रकाश दत्तले समस्या समाधान गरेर विश्वविद्यालयका प्रशासनिक काम अघि बढाउने प्रयास भइरहेको जानकारी दिए । पठनपाठन र परीक्षाका काम भने रोकिएको छैन । विश्वविद्यालयको उच्च पदाधिकारीको समूहबाट नै तालाबन्दी हुँदासमेत छलफल गरेर निकास निकाल्न सकिएको छैन ।

विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा डा सूर्यकान्त घिमिरे जुन उद्देश्यका साथ विश्वविद्यालय स्थापना भएको हो त्यसअनुसार पदाधिकारीले काम नगर्दा विश्वविद्यालयनै विघटनमा जाने हो की भन्ने चिन्ता बढेको बताए । उनले भने, “सत्ता पक्षका व्यक्तिको आपसी गुटबन्दीका कारण विश्वविद्यालय तहसनहस भयो ।” सरोकारवालाले ध्यान दिनुपर्ने उनकोे भनाइ छ ।

कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने उद्देश्यले विसं २०६७ मा सरकारले कृषि तथा वन विज्ञान विश्वविद्यालय ऐन निर्माण गरी यो विश्वविद्यालय स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
नयाँ वर्ष शुभकामना
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

Loading...
Rastra · USD/EUR · 19 Apr 
Nepal Rastra bank
Check: 19 Apr 2024 00:45 UTC
Latest change: 18 Apr 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.67
Indian Rupee 
Indian Rupee
83.5
US Dollar 
US Dollar
1
Euro 
Euro
0.94
British Pound 
British Pound
0.8
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
154.53
US Dollar 
US Dollar
1
Rastra · USD · 19 Apr 
Nepal Rastra bank
Check: 19 Apr 2024 00:45 UTC
Latest change: 18 Apr 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀