समाचार

कालीगण्डकी उर्लिएपछि पर्वतको सेतीवेणीबजार डुबानमा
पर्वत, १ असार (रासस) । लगातार परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला र त्यस क्षेत्रका बजार डुबानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको स्याङ्जातर्फको बजार डुबानमा परेको हो । कालीगण्डकीमा पानीको सतह २८ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला र बजार पूर्णरूपमा डुबानमा परेको स्थानीय...
उद्योगमा विष्फोट, एक मजदूरको मृत्यु
राँझा, ३० जेठ (रासस)। बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं. ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो । इलाका प्रहरी कार्यालय...
कालोपत्रे गरेको महिना दिन नपुग्दै उप्किएपछि विरोध
प्रकाश मिश्र धनगढी, २८ जेठ (रासस) ।कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् । सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक...
भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने मन
रमेश केसी बझाङ, २६ जेठ (रासस) । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए । चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ...
के होला शैक्षिकसत्र ?
–प्रकाश सिलवाल काठमाडौँ, २३ जेठ (रासस) ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया र कक्षा सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि कार्यक्रम...
नेपालमा १० जनामा कालो ढुसीको संक्रमण ,धनगढीमा एकको मृत्यु
काठमाडौँ, २० जेठ (रासस) । नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताउनुभयो । उहाँका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज...
पर्खाल भत्कँदा दुईको मृत्यु, दुई घाइते
काठमाडौँ, १९ जेठ (रासस) । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकाप नजीकै रहेको कङ्कालीमा ढुङ्गाको पर्खाल भत्किँदा आज दुईजनाको मृत्यु भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र अन्य दुईजना घाइते भएको जानकारी दिनुभयो । मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका...
बढ्यो सेती (भिडियोसहित)
पोखरा, १४ जेठ । चक्रवातका कारण बिहीबारदेखि देशभर वर्षा भइरहेको छ । वर्षाका कारण खोला र नदीमा पानिको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण बाढीपहिरो जस्ता घटना हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । पोखरामा पनि सेती नदीको वहाब बढेको छ ।
पोउवा संघका पूर्व अध्यक्ष कर्माचार्यको निधन
पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे निधन भएको छ । जेठ १३ गते बिहीबार बिहान ३ः२० बजे काठमाडौंको निदान अस्पतालमा उहाँको निधन भएको हो । २०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मनु भएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा...
खाना पकाउने ग्यास चुहिँदा आगलागी
पाँचथर, ७ जेठ (रासस) । कुम्मायक गाउँपालिकाको एक घरमा आगलागी हुँदा रू १९ लाख ४६ हजारको क्षति भएको छ । प्रहरीका अनुसार वडा नं ४ यासोक बजारका प्रकाश काफ्लेको चार तल्ले घरको चौथो तल्लामा आज बिहान आगलागी हुँदा काठ, जस्ता र प्लाईले बनेको चौथो तला जलेर नष्ठ हुँदा उक्त क्षति भएको हो । खाना पकाउने...
तमोर करिडोरमा लडेर एक मजदुरको मृत्यु
फुङ्लिङ, ६ जेठ (रासस)। तमोर करिडोरअन्तर्गत निर्माणाधीन मोटरेबल रानीपुलमा कार्यारत एक मजदुरको लडेर मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका—६ तामोर नदीमाथि मोटरेबल पुल निमार्णका क्रममा बुधबार रातको समयमा लडेर बारा जिल्लाको सिमरा क्षेत्रका २६ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । चौधरीको बुधबार साँझ ७ बजे लडेर घटनास्थलमै मृत्यु...
सीता उत्पत्ति दिवस (जयन्ती) मनाइँदै
काठमाडौँ, ६ जेठ (रासस) । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको...