समाचार

विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु
बलेवा, ३१ वैशाख (रासस) । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए । मृत्यु हुनेमा पनि विवाहभोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकै घरका...
घर बाहिर ननिस्कन आदेश
सुरुङ्गा (झापा) ३१ वैशाख (रासस) । झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस अघि वैशाख १९ गतेदेखि पहिलो चरणका लागि निषेधाज्ञा लगाइएको थियो । पहिलो...
कोरोना नियन्त्रणमा हेमजावासीको सक्रियता
पोखरा, २७ वैशाख। पोखरा २५ हेमजावासीले कोरोनाको संक्रमण नियन्त्रणका लागि सक्रिय भएका छन् । उनीहरुले जुममार्फत् भेला गरी वडा कार्यालयलाई कोरोनो नियन्त्रणका लागि सहयोग र समन्वय गर्नका लागि समिति गठन गरेका छन् । जागरण अभियान नेपाल हेमजा र राष्ट्रिय परोपकार महासंघ हेमजाको पहलमा गरिएको भेलामा स्थानीय संघसंसथा, बुद्विजीवी र सामाजिक अभियन्ताको सहभागिता रहेको थियो। भेलाले...
गोरुको टाउँकोसहित दुई पक्राउ
पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो । गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु...
वैशाखमै पहिराको वितण्डा
ओखलढुङ्गा, १९ वैशाख (रासस) । ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ । सामान्यतया असार÷साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिल्खुबेँसीका...
चट्याङ प¥यो, एक जनाको मृत्यु
इनरुवा, १८ वैशाख(रासस) ।सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।
झा दम्पतीलाई बेपत्ता पारी हत्याको आरोपमा सात जना कारागार चलान
जलेश्वर, १७ वैशाख (रासस) । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई...
कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स
काठमाडौँ, १५ वैशाख (रासस) । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । पछिल्लो समय काररोना भाइरसका बिरामीको सङ्ख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न कामपाको मङ्गलबार बसेको विशेष कार्यपालिका बैठकमा यस किसिमको निर्णय भएको हो । “हामीले...
पोखरा–४ का अध्यक्ष बास्तोलालाई पोखरा बहुमुखी क्याम्पसको आजिवन सदस्यता
पोखरा, ९ वैशाख । पोखरा बहुमुखी क्याम्पसले पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बास्तोलालाई आजिवन सदस्यताको प्रमाण–पत्र प्रदान गरेको छ । पोखरा महानगरपालिका वडा नं.९ नयाँबजार स्थित उक्त क्याम्पसको समग्र विकासमा योगदान पु¥याएको भन्दै क्याम्पसले अध्यक्ष बास्तोलालाई सम्मान गरेको हो । बुधबार वडा नम्बर चारको कार्यालयमा पुगेर अध्यक्षको कार्यकक्षमा नै क्याम्पसले...
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ, ३० चैत (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो...
पोखरा २१ मा विवेकशील साझा पार्टी
पोखरा, २२ चैत । विवेकशील साझा पार्टीले पोखरा २१ मा छबे कामीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको सहसंयोजकमा मनबहादुर सुनार, सचिवमा अर्जुन सुनार, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा महेन्द्र सुनार छन् । भेलामा बोल्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसीले विवेकशील साझा पार्टी गाउँ÷गाउँमा पुग्ने बताइन् । कार्यक्रममा विवेकशील...