समाचार

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प
म्याग्दी, २८ असार (रासस) । विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थिक वर्षको अन्तिममा गाउँपालिकाको केन्द्र मुनामा विद्युत्, मोवाइल फोन र इन्टरनेट ठप्प हुँदा सेवाग्राहीलाई समस्या भएको छ भने जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न अप्ठ्यारो भएको छ । बर्सातसँगैको पहिरोले विद्युत्को पोल, लाइन र इन्टरनेटको फाइबर चुँडाएपछि प्रशासनिक, आर्थिक...
हिरासतको ग्रिल काटेर थुनुवा फरार
लहान, २६ असार (रासस) । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको...
रेबिजबाट एकै गाउँका तीन जनाको मृत्यु
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २५ असार (रासस)। प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १०...
यस्तो छ एमालेभित्रको तयारी
काठमाडौँ, २४ असार (रासस) । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या समाधान गरिने बताउनुभयो ।...
लायन्स क्लब लालिगँुरासद्धारा जनप्रियमा छात्रावृत्ति अक्षयकोष
पोखरा, २३ असार । लायन्स क्लब अफ पोखरा लालिगुँरासले पोखरामा रहेको जनप्रिय माविमा अक्षयकोष स्थापना गरेको छ । लायन्स क्लब अफ पोखरा लालिगुँरास वर्ष २०२१–२२ का अध्यक्ष कपिलदेव शर्माले क्लबले सञ्चालन गर्ने गरी अक्षयकोष स्थापना गर्नुभएको हो । क्लबको माइनुट हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब डिष्ट्रिक ३२५ वी १ का एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर मोतिराज...
निर्माणाधीन घरको छतबाट खस्दा मृत्यु
मध्यपुरथिमि, २० असार (रासस) । मध्यपुरथिमि नगरपालिका –१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चार तले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । राति घरका छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भ¥याङबाट लडेर खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमा मृत्यु भएको हो । सिन्धुली दुधौली...
नारायणगढ–मुग्लिन सडकमा तीन दिन देखि पहिरै पहिरा
चितवन, १९ असार(रासस) । निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ । बिहिबार र शुक्रबार केही समय सडक खुलाउन सकिएपनि अन्य समय पहिराले सडक अवरुद्ध रहेको हो । डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सडकको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।...
पृथ्वी राजमार्गमा ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
तनहुँ, १७ असार (रासस) ।मङ्गलबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोले ठाउँठाउँमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । तनहुँको पूर्वी नाका आँबुखैरेनीदेखि पश्चिम नाका कोत्रेसम्मको करिब ७२ किलोमिटर दूरी पर्ने राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला नजिक पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ...
युआरएल हस्पिटलचोकमा सुगर जाँच सित्तैमा, अन्यमा ३० प्रतिशत छुट
पोखरा, १६ असार । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी...
नेलम्बोद्वारा शुक्रराज माविलाई सहयोग
पोखरा, १५ असार । पोखरा गैहपाटनस्थित नेलम्बो नेपालले पोखरा २२ पुम्दीभुम्दीस्थित शुक्रराज माविलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । विद्यालयलाई डिस्पोजेवल माक्स, फेस शिल्ड, केएन ९५ माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेतनामूलक ब्रोसर गरी २७ हजार एक सय ६० रुपैया बराबरको स्वास्थ्य सामाग्री...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ शुरु
काठमाडौँ, १३ असार (रासस) । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चोथो दिन सुनुवाइ शुरु भएको छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ शुरु भएको हो । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्दैै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राख्नुभयो...
बन्चरो प्रहार गरी श्रीमतीको हत्या
देउखुरी, ४ असार (रासस) । घोराहीमा बञ्चरो प्रहार गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६ वर्षीया स्यानाकुमारी चौधरीको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । सामान्य घरायसी विवादका कारण बुधबार बेलुका पौने ६ बजेतिर मुकुन्दलालले टाउकामा...