समाचार

कम हुँदै सङ्क्रमण
काठमाडौँ, १३ भदौ (रासस) :पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक हजार ८५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकानुसार सात हजार २५९ जनाको पीसीआर परीक्षणमा एक हजार २१४ र तीन हजार ३८ जनाको एन्टिजेन...
मकै जोगाउन रातमा जाग्राम
डोटी, १३ भदौ (रासस) । जिल्लामा जङ्ली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा रातिका समयमा स्याल, बँदेल र दुम्सीले खाएपछि उनीहरु समस्यामा परेका हुन् । यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलिगाउँ, दल्ल, धामीगाउँलगायतका क्षेत्रमा जनावरले...
विद्यालय सञ्चालनको तयारी
राजविराज, ११ भदौ (रासस) । कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल सुरु गरिएको हो । विद्यालय सञ्चालन गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय...
उर्जा मन्त्री आचार्य निरीक्षणमा
पोखरा, १० भदौ । उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बिहीबार पोखरा १३ र १४ का विभिन्न स्थानको निरीक्षण गरी त्यहाँका समस्या बारे जानकारी लिनुभएको छ । उहाँले पोखरा १३ को काँहुखोला बाढी प्रभावित क्षेत्र र पोखरा १४ चाउथे पुगेर खानेपानी समस्या बारे जानकारी लिनुभएको हो । मन्त्री आचार्यलाई पोखरा १३ का वडा अध्यक्ष...
मनाङका बाढी पीडितलाई प्रदेश सरकारको राहत
पोखरा, १ भदौ । गण्डकी प्रदेश सरकारले मनाङका बाढी पीडितलाई विशेष राहतको घोषणा गरेको छ । प्रदेशको दुर्गम जिल्लामा बाढीले पु¥याएको क्षतिको मूल्यांकन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनुभयो । मुख्यमन्त्री पोखरेल र अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सोमबार जिल्लाको नासों गाउँपालिका २ ठाउँमा पुगेर क्षतिग्रस्तस्थलको अवलोकन गर्नुभयो । स्थानीय पीडितसँगको...
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका बारेमा छलफल हुने
काठमाडौँ, २८ साउन (रासस) । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिनेछ । कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी अधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । सो कार्यतालिकाअनुसार...
मन्त्री शर्मा निरीक्षणमा
पोखरा, २४ साउन । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पर्यटन कार्यालय पोखराको निरीक्षण गर्नुभएको छ । उहाँले कार्यालयका योजना, कार्यक्रम, बजेट, उपलब्धि र कार्यालयको अवस्था बारे जानकारी लिनुभएको थियो । निरीक्षणका लागि पुग्नु भएका मन्त्री शर्मालाई कार्यालय प्रमुख पुरन गिरी लगायतका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । निरीक्षणपछि मन्त्री...
सराङकोटमा एमाले सचिवालय सदस्य खड्काको नेतृत्वमा एक सय २० बढी काँग्रेस प्रवेश
पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नं १८ सराङकोटमा एक सय २० जना भन्दा बढीेले नेकपा एमाले छाडेर नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेकपा एमाले कास्कीका सचिवालय सदस्य सूर्य बहादुर खड्काको नेतृत्वमा उहाँहरु पार्टी प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेस कास्कीले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता शुक्रराज शर्मा, सभापति कृष्ण केसी, उपसभापति आइ...
संक्रमण बढेपछि दश पालिकामा सिलबन्दी
झापा, १४ साउन (रासस) । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जनप्रतिनिधिहरुले सोचविचार गरिरहेको जनाएका छन् । प्रमुख...
पुल भासिँदा यातायात अवरुद्ध
त्रिशूली, १४ साउन (रासस) । अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको छ । बुधबार साँझ परेको वर्षापछि आएको बाढीले नुवाकोटको मैथली तालिम केन्द्रको विदुरतर्फको खोल्सामा रहेको पुलमा क्षति पुगेसँगै सडक पूर्णरूपमा ठप्प भएको छ । पुलमा क्षति पुगेसँगै नुवाकोटको बट्टारबाट विदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका...
प्रेस युनियन कास्कीद्वारा मन्त्रीलाई बधाई
पोखरा, १३ साउन । गण्डकी प्रदेशका मन्त्रीहरुले लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति आफूहरु प्रतिबद्ध रहने बताउनु भएको छ । उहाँहरुले कोरोनाविरुद्धको खोप पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियन कास्कीले काँग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुको बधाई तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरुले सो कुरामा जोड दिनु भएको हो । कार्यक्रममा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति...