समाचार

हज यात्रीलाई आर्थिक सहयोग
पोखरा, ३१ असार । हज यात्री पोखरा–१३ मियाँपाटनका सकुरद्दिन मियाँलाई आर्थिक सहयोग गरिएको छ । हाल लण्डन निवासी टिना थापाले धर्म भाइ नेपाल मुस्लिम युवा क्लबका अध्यक्ष अफजल अलि मियाँलाई हज यात्राका लागि पठाएको रकम अफजलले सकुरद्दिनलाई सहयोग गरेका हुन् । उनलाई तीन लाख आर्थिक सहयोग गरिएको हो ।सकुरद्दिनभारी बोकेर जीवन निर्वाह गर्दै आइरहेका थिए...
पोखरा महानगरपालिकामा आन्दोलन जारी
पोखरा, १३ असार । पोखरा महानगरपालिकाले बजेट विनियोजनमा विभेद गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडाध्यक्षले गरेको आन्दोलन जारी रहेको छ । विभेदको बिरोधमा काँग्रेसतर्फका वडाध्यक्षले बिहीबार दिनभर महानगर गेट बाहिर धर्ना र नाराबाजी गरेका थिए । आजपनि आन्दोलनलाई निरन्तरता दिइदै छ । आन्दोलन रहर नभएर बाध्यता हो, यसबाट नगरबासिलाई पर्न जाने असुविधाप्रति क्षमा माग्छौ, विज्ञप्तिमा भनिएको...
हेम्जा वोर्डिङको जुरेसमा अनिष
पोखरा, ३ जेठ । हेम्जा वोर्डिङ स्कूल पोखरा– २५ हेमजामा जुनियर युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । पुनर्गठित समितिको अध्यक्षमा अनिष दहाल, उपाध्यक्षमा संचिता त्रिपाठी, सचिवमा स्वस्तिका पोख्रेल, सहसचिवमा रश्मिता थापा, कोषाध्यक्षमा समिक्षा गायक चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अनिषा दाहाल, आयुषा पौडेल, प्रविना सापकोटा, रविन दाहाल, आयुष पौडेल तथा आमन्त्रित सदस्यहरुमा उषा...
नेपाल प्रेस युनियन आन्दोलनमा
काठमाडौं । नेपाल प्रेस युनियनले मिडियालाई नियन्त्रण गर्ने नियत राखी केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । सो विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम सञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियनले सञ्चार मन्त्रीको कार्यक्रम बहिस्कार सहितका कार्यक्रमहरु सार्वजनिक गरेको हो । प्रेस तथा...
जिआईएस तालिम सकियो
पोखरा, २९ मंसिर। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशले आयोजना गरेको जिआईएससम्बन्धी तालिम शनिवार सकिएको छ। तालिममा निर्देशनालयका तालिम केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्की तनहुँ, गोरखा लमजुङ, स्याङ्जा, वागलुङ र म्याग्दी मत्स्य विकास केन्द्र मिर्मी लगायतबाट १८ जना सहभागी थिए। एक सातासम्म चलेको तालिममा पशुपक्षीको तथ्यांक संकलन गर्ने र डिजिटाइड...
भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन माग
पोखरा, १२ मंसिर । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीमा ल्याण्डलाइन टेलिफोन सेवा माग गरिएको छ । नेपाल टेलिकम पोखरामा गएर माग बारे जानकारी गराउँदा समेत वेवास्ता गरिएको भन्दै मङ्गलबार प्रतिनिधि टोली नै गएर कार्यालयको ध्यानाकर्षण गराएको छ । राष्ट्रियसभा सदस्य बृन्दादेवी राना मगरको नेतृत्वमा भोजराज आचार्य, कृष्णप्रसाद पौडेल, माधवप्रसाद चापागाई लगायतको १२ सदस्यीय टोली...
दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने
पोखरा, ९ मंसीर । विष्णुपादुका क्लब हेमजाको आयोजनामा दोस्रो विष्णु तिमिल्सिना स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विष्णु पादुका फुटबल एकेडेमीको सहयोगार्थमा हुने उक्त प्रतियोगिता पुस ७ देखि १४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिता सफल बनाउनका लागि हेमजामा भएको एक भेलाले विष्णुपादुका क्लबका सल्लाहकार जगतबहादुर थापाको संयोजकत्वमा मुल आयोजक...
चेलिबेटी बेचविखन बिरुद्ध एनआरएनए जापानद्धारा माइती नेपालसँग सहकार्य
पोखरा, २७ कात्तिक । गैरआवासीय नेपाली संघ जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा र चेलिबेटी बेचबिखन बिरुद्ध माइती नेपालसँग सहकार्य गर्ने भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानले महिला तथा किशोरीहरूमा हुने हिंसा बिरूद्ध नयाँ अभियान शुरू गरेसँगै त्यस्ता हिंसाको जोखिम न्युनिकरणका लागि काम गर्ने भएको हो । उक्त अभियानका लागि एनआरएनए जापानले तत्काल...
आज बिहानै
आज असोज २९ गते सोमबार मर्निङवाकका लागि पोखरा–१३ विजयपुरहँुदै माथि डाँडा उक्लने सोच्दै थिए । तर विजयपुर पुग्नेबित्तिकै नजिकै केही कराएझंै आवाज आएपछि मेरो ध्यान त्यतातिर मोडियो । दाहिनेतर्फ गाईको बाच्छी देखियो, नजिक पुग्नेबित्तिकै बाच्छीले सिधँै मेरो आँखामा हे¥यो। अशक्त र शरीरको केही अंगमा कीरा समेत परेको बाच्छीको हेराइले सहयोग, सहाराको याचना गरेको पाएँ। त्यसपछि...
पोखराको ट्राफिक व्यवस्थापन गर्ने काममा प्रजू प्यानलको प्राथमिकता
पोखरा, ३१ भदौ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनको लागि उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्याननले पोखराको अस्तव्यस्त ट्राफिक व्यवस्थापन गर्ने काम आफ्नो प्राथमिकता रहेको बताएको छ । पोखराको जल्पारोड, नदीपुर, चाउथे, छिनेडाँडा लगायतका ठाँउमा रहेका मतदातासँग मत माग्ने क्रममा आइतबार यस प्यानलले पार्किङ र ट्राफिक व्यवस्थापनले गर्दा बजार क्षेत्रका व्यवसायीको व्यवसायमा असर पर्दै गइरहेकोले...
हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक
पोखरा, ३२ असार। पोखरा महानगरपालिका वडा २५, हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन्। हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘सर्वोत्कृष्ट कृषि उद्यमी’ बाट सम्मान गरिएको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख...
लायन्स क्लबद्वारा अपाङ्गता भएकालाई व्हिल चेयर सहयोग
पोखरा, १७ असार । लायन्स क्लब अफ पोखरा सुन्दर नगरी र लायन्स क्लब अफ पोखरा दर्शनले पोखरामा आइतबार अपाङ्गता भएका चार जनालाई व्हिल चेयर प्रदान गरेका छन् । ती दुई क्लबले अपाङ्गता भएका वीरबहादुर गुरुङ, दीर्घसिंह घले, डोलप्रसाद ढकाल र जीवन गिरीलाई व्हिल चेयर प्रदान गरेका हुन् । उनीहरुलाई ३० हजार मूल्य बराबरको व्हिल चेयर...