हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक

हेमजाका तिमिल्सिना सर्वोत्कृष्ट कृषक

37331061_1755259664529630_6065455117237223424_n

पोखरा, ३२ असार। पोखरा महानगरपालिका वडा २५, हेमजाका घनश्याम तिमिल्सिना गण्डकी प्रदेशको सर्वोत्कृष्ट कृषक बन्न सफल भएका छन्।

हेमजा गाई फार्म संचालन गर्दै आएका तिमिल्सिनालाई पोखरामा सोमबार ‘सर्वोत्कृष्ट कृषि उद्यमी’ बाट सम्मान गरिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशले उनलाई नगद ५० हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेको हो। गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले उनलाई सम्मान गरेका थिए।

त्यस्तै, पशुपालन र कृषि क्षेत्रबाट चार/चार जनालाई उत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए। पशुपालनतर्फबाट पोखरा-१४ स्थित जानकी एग्रो फार्मका दीपक तिमिल्सिना, माग्दीको अन्नपूर्ण गाउँपालिकास्थित पुनम भेडा फार्मका मनबहादुर पुजा, नवलपरासी गैडाकोटस्थित नमुना सुवेदी गाई फार्मका दधिराम सुवेदी र पोखरा महानगरपालिका वडा ७ स्थित भट्टराई पोल्ट्री फार्मका तेजबहादुर भट्टराई छन्। त्यस्तै, कृषितर्फ स्याङ्जा पुतलीबजार-११ स्थित शान्ति शान्ति कफी फार्मका बोधराज अर्याल, तनहुँको म्याग्दे गाउँपालिका वडा १ का सुन्तला कृषक सुकनारायण श्रेष्ठ, नवलपरासी हुक्सीकोटका तरकारी कृषक ज्ञानबहादुर रजाली मगर र रेम्बो ट्राउट माछा उत्पादन तथा अनुसन्धान केन्द्रका पोखरा-१६ का  इन्द्र गौचन छन्। उनीहरुलाई नगद २५/२५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको थियो। प्रदेशअन्तर्गत ११ जिल्लाका कृषि तथा पशु कार्यालयबाट सिफारिस भई आएका नामहरु तथा मन्त्रालयबाट गरिएको फार्म अनुगमन आधारमा सवोर्त्कृष्ट र उत्कृष्ट छनोट गरिएको हो। साथै स्थानीय कुखुराको जात प्रवर्द्वनमा योगदान पुर्‍याएको भन्दै पोखरा महानगरपालिका वडा २७ का राजेन्द्रप्रसाद अधिकारीलाई सम्मानपत्र प्रदान गरियो । देशका सातवटा प्रादेशिक सरकारहरुमध्ये गण्डकी प्रदेशले पहिलोपटक कृषक सम्मान कार्यक्रम गरेको र आगामी दिनहरुमा सहकारी लगायत अन्य विधा समेत थप गरेर सम्मानको कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले कृषक सम्मान कार्यक्रम यस प्रदेशको उत्कृष्ट कार्यक्रम भएको बताए। उनले कृषकलाई प्रोत्साहन गरी कृषि क्षेत्रलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता औल्याए। त्यस अवसरमा सम्मानित कृषकहरु तेजबहादुर भट्टराई, बोधराज अर्याल र दीपक तिमिल्सिनाले पनि बोलेका थिए।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा दीर्घनाथ ढुंगानाले स्वागत र पशु चिकित्सक डा प्रेरणा सेर्ढाई भट्टराईले संचालन गरेकी थिइन्।

मासिक ५ लाख कमाइ

                              घनश्याम तिमिल्सिना

हेमजाका पूर्णप्रसाद र मीठु तिमिल्सिनाका एकमात्र छोरा घनश्यामको जन्म २०४१ साल असार २५ मा हेमजामा भएको हो । एसएलसीसम्म अध्ययन गरेका उनको रुची विस्तारै गाईपालनतर्फ मोडियो । यतिबेला हेमजा गाई र्फम संचालन गरिरहेका उनले गाई तथा भैँसीको दूध तथा तरकारी बेची खर्च कटाएर मासिक ५ लाख रुपैयाँभन्दा बढी कमाउँछन् । उनले २०६८ सालदेखि हेमजास्थित साझाचोकमा गाईर्फम संचालनमा ल्याएका हुन्। फार्ममा ८० वटा गाई र ३० वटा भैंसी पाली दैनिक ७ सय लिटर दूध उत्पादन गर्ने गर्दछन्। त्यसका साथै ५ रोपनी जग्गामा उनले तरकारी खेती गरेका छन्। उक्त र्फममा १३ जनाले पूर्णकालीन तथा अन्य ७ जनाले दैनिक ज्यालादारीमा काम गर्दछन्। तिमिल्सिनासँग विदेशमा काम गर्दाको अनुभव पनि छ। उनले करिब ८ वर्ष कतार र साउदीमा पसिना बगाए। पछि आफ्नै देशमा केही गर्नुपर्दछ भन्ने भावना उनमा जागृत भयो र र्फम संचालन आयो । उनले पैसा कमाउनकै लागि अब विदेश नजाने प्रण गरेका छन्। आफ्नै देशमा थोरै लगानीमा पनि केही व्यवसाय गर्न सकिने उनको विश्वास छ।

– अादर्श समाज सम्वाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
28 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 28 May 2025 00:45 UTC
Latest change: 27 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.54
Indian Rupee 
Indian Rupee
85.29
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
144.11
US Dollar 
US Dollar
1
28 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 28 May 2025 00:45 UTC
Latest change: 27 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀