समाचार

एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस
पोखरा, २८ पुस । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन नेपाल कास्कीले (एन प्याव्सन) ले विविध कार्यक्रम गरी २५ औं स्थापना दिवस मनाएको छ । २५ औं स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा संस्थामा आवद्ध विद्यालय, २०७८ सालको एसइइमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान तथा नयाँ विद्यालयलाई संस्थामा आवद्ध प्रमाणपत्र वितरण...
भारतमा भएको बस दुर्घटनामा १४ नेपालीको मृत्यु
पोखरा, २५ पुस । भारतमा भएको बस दुर्घटनामा परी १४ जना नेपालीको मृत्यु भएको छ । बस भारतको लखनउ नजिकै दुर्घटना भएको बताइएको छ । बस भारतको गुजरातबाट टीकापूर आउँदै गरेको थियो । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाको सबै विवरण आउन बाँकी छ ।
लाहाचोकका आमाहरुलाई सम्मान
पोखरा, २४ पुस । वैदेशिक रोजगार मञ्च लाहाचोकको आयोजना र माछापूच्छे« त्रिशक्ति युनाइटेड क्लबको समन्वयमा लाहाचोकका आमाहरूलाई सम्मान गरिएको छ । विभिन्न समयमा विभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा योगदान दिनुभएका १८ जना आमाहरूलाई दोसल्ला, सम्मानपत्र, नगद र बाजागाजासहित सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, पूर्व उपाध्यक्ष...
जिसस राष्ट्रिय परिषद् बैंठक पोखरामा हुने
पोखरा, १८ पुस। जिल्ला समन्वय समिति महासंघ नेपालको पूर्व निर्धारित चौथो राष्ट्रिय परिषद् बैठक पोखरामा हुनेभएको छ । पुस २२ र २३ गते हुने राष्ट्रिय परिषद् बैठकको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने महासंघका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति महासंघको आयोजना र जिल्ला समन्वय समिति कास्कीको व्यवस्थापनमा बैठक हुन...
काँग्रेस गण्डकीको संसदीय दलको नेतामा पाण्डे
पोखरा, १३ पुस। नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे निर्वाचित हुनुभएको छ। दलको नेता चयनका लागि आज भएको निर्वाचनमा १८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँले भोजराज अर्याललाई हराउँदै दलको नेतामा निर्वाचित हुनुभएको हो । अर्यालले ८ मत पाउँनु भएको थियो। नेता चयनका लागि काँग्रेसका २७ जना प्रदेशसभा सदस्यले...
गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति
पोखरा, १२ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा...
गौरी गुरुङको एकल साँझ
पोखरा, १० पुस। पाँच दशक भन्दा बढी नेपाली लोक साँस्कृतिक क्षेत्रमा निरन्तर क्रियाशील ६५ वर्षीय वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ(गौरी)को शनिवार पोखरा सभागृहमा गौरी गुरुङ एकल साँझ भएको छ। नेपाली लोक सँस्कृति बचाऔं भन्ने मूल नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको रजत जयन्ती वर्षको सन्दर्भमा संस्थाका वरिष्ठ सल्लाहकार गुरुङको एकल साँझ भएको हो । आठ...
जनप्रिय बहुमुखी क्याम्पसमा पदस्थापना
पोखरा, ७ पुस । पोखराको जनप्रिय बहुमुखी क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको बिहिबार पदस्थापना गरिएको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित वीरेन्द्रनारायण बिजुक्छे सहित ११ जना सदस्यहरूमा अर्जुन श्रेष्ठ, रंगिला आचार्य, ध्रुवराज चालिसे, युवराज पराजुली, गणेशबहादुर अधिकारी, इन्द्रप्रसाद पौडेल, शोभामोहन पौडेल, नम्रता बराल, राजेन्द्र पहारी, विजयराज आचार्य र कृष्णप्रसाद पराजुलीको पदस्थापन गरिएको हो ।...
विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा पौडेल सम्मानित
पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं ३२ निवासी समाजसेवी, शिक्षासेवी मेघराज पौडेल विद्यालय व्यवस्थापन समितिको उत्कृष्ट अध्यक्षका रुपमा सम्मानित हुनुभएको छ । कास्की जिल्लाभरबाट उहाँ उत्कृष्ट हुँदै सम्मानित हुनुभएको हो । उहाँ पोखरा ३२ स्थित गोगन माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषको ११ औ वार्षिक साधारण सभाको...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य
–सिबी अधिकारी काठमाडौँ, १ पुस (रासस) ः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण...
जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु
–हेमन्त केसी जाजरकोट, २६ मङ्सिर(रासस) जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सो...
अचार बिक्रीबाट मनग्य आम्दानी
म्याङ्लुङ, २५ मङ्सिर (रासस) :सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत...