समाचार

कास्कीका इन्स्पेक्टरले महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेपछि छानबिन समिति गठन
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको भन्दै छानबिन अघि बढेको छ। तिमिल्सिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत महिलालाई ‘आइ एम फ्यान अफ योर बडी फिगर’ भन्दै म्यासेज लेखेको विवरण सार्वजनिक भएको हो। पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट नयाँ ट्विटर बनाएर हेडक्वार्टरसम्म मेन्सन गरी पोष्ट गर्दै...
पोखरामा १८ औं रोपाइँ महोत्सवको रौनक [फोटो फिचर]
असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसै दिन ‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। पोखराका पर्यटन व्यवसायीको छाता...
आठौं स्थापना दिवस मनाउँदै नेल्टा
पोखरा, २४ जेठ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले विविध कार्यक्रम गरी जेठ २६ गते शुक्रबार आठ औं स्थापना दिवस मनाउने भएको छ । प्रदेश, जिल्ला र पालिकास्तरमा विभिन्न रचनात्मक क्रियाकलाप गरी स्थापना दिवस मनाउने तयारी भएको संघका महासचिव सुुरेश श्रेष्ठले जानकारी दिनुभयो । नेल्टा गण्डकी र कास्की कार्यसमितिले संयुक्त रुपमा कास्कीको माछापुच्छ«े गाउँपालिका...
मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण कार्यक्रम
पोखरा, २८ चैत । शुभ अवसर ग्राम नेपालले मानव बेचबिखन र साइवर अपराध सम्वन्धी अभिमुखिकरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर र नेपाल रेडक्रस सोसाइटी उपशाखा १ वगरको सहयोगमा अभिमुखिकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरीक्षक होतबहादुर रोकाहाले...
शुक्रबारदेखि एसईई, तयारी पूरा
पोखरा, १५ चैत । यसवर्ष हुने एसईई परीक्षाको तयारी पूरा भएको छ । चैत १७ गते शुत्रबारदेखि परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिनेछन् । परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्वन्धित जिल्लामा पठाईसकिएको छ...
पोखरामा अनलाईन पत्रकारिता तालिम हुने
पोखरा, ८ चैत । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार र सम्पादकहरुलाई लक्षित गरि तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । साथै कास्की जिल्लामा रहेर अनलाईन...
महर्षी गुरुकुलमा ज्योतिषि सुनझाँक्रीको सहयोग
पोखरा, ४ चैत । महर्षी गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल सहयोग गरिएको छ । कमाएको धनबाट दश प्रतिशत दान गर्ने मनसायबाट प्रेरित भएर पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा सहयोग गरिएको हो । विद्याश्रममा आयोजित कार्यक्रममा...
निर्माणाधीन काँहुखोला–सिक्लेस– दुधपोखरी सडकको अनुगमन
पोखरा ३, चैत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला–सिक्लेस – दूध पोखरी सडकको १० कि मि निर्माणाधिन सडक खण्डको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि विकास निर्माणका योजनामा गुणस्तर लगायतका विषयमा जनगुनासो...
पोखरामा तेस्रो हेरिटेज अफ फेसन 
पोखरा, ३० फागुन । तेस्रो हेरिटेज अफ फेसन नेपाल पोखरामा सम्पन्न भएको छ । असाप इन्टरटेन्मेन्टले आयोजना गरेको फेसन सोमा नेपालका टप मोडलहरु ¥याम्पमा उत्रनु भएको थियो । पोखराको लेकसाइड स्थित हेरिटेज होटलमा भएको फेसन सो मा नेपालको फेसन डिजाइनिङमा ख्याती कमाएका डिजाइनरले तयार पारेका पहिरनमा मोडल ¥याम्पमा उत्रनु भएको हो । सो अवसरमा नेपालका...
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
पोखरा, १३ फागुन । अञ्जुली आवासीय माध्यामिक विद्यालयको ३० औं वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा विविध सास्कृतिक कार्यक्रम गरिएको छ । विद्यालयको वार्षिकोत्वसमा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । यसरी सम्मान हुनेमा दीर्घसेवा सम्मानबाट शिक्षक गोविन्द पौडेल, राजन खत्री, कृष्णबहादुर मल्ल हुनुहुन्छ । त्यसैगरी शैक्षिक प्रशासन तर्फ विद्यालयकी प्रध्यानाध्यापक सुनिता कुँवर केसी, परीक्षा संयोजक...
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरा, १४ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो...
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
पोखरा, १ माघ । पोखरामा आज यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको छ । दुर्घंटनामा परी चार जना बेपत्ता भएका छन् । अज्ञात अवस्थामा रहेका उनीहरुको खोजी कार्य अझै जारी रहेको छ । काठमाण्डौबाट पोखरा आएको यती ९एन एएनसी एटीआर ७२ जहाज दुर्घटना भएको हो । पोखराको नयाँ गाउँस्थित सेती नदी खोँचमा...