टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि

Cup

पोखरा, १४ माघ । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा सम्पन्न रोमाञ्चपूर्ण फाइनलमा विभागिय टोली शसस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पिए पनि पछिल्ला दोश्रो र तेश्रो सेट क्रमशः २५–१८ र २५–१९ ले जित्यो ।

चौथो सेटमा गण्डकीले आफूले पाएको अग्रता जोगाउन नसक्दा २८–२६ ले एपिएफलाई बुझायो । तर अन्तिम सेटमा भने गण्डकीले एपिएफलाई खेलमा फर्किने कुनै मौका नै दिएन । सुरुवातबाटै अग्रता लिएको गण्डकीले पाँचौ सेट १५–८ ले जित्दै उपाधि हात पा¥यो ।
यो संगै गण्डकीले दोश्रो पटक उपाधि उचालेको हो । दुई वर्ष अघि सम्पन्न प्रथम टाइगर कपमा उपाधि जितेको थियो ।

यता महिलातर्फको फाइनलमा साविक विजेता एपिएफले आफ्नो लयमा कायम रहँदै दोश्रो पटक लगातार टाइगरकप भलिबलको उपाधि जितेको छ । एपिएफले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई २५–२२, २०–२५, २५–८ र २५–२२ ले जित्दै उपाधि जितेको हो ।

उपाधि संगै घरेलु टोली गण्डकी र एपिएफले समान नगद रु ५–५ लाख नगद हात पारेका छन् । उपविजेता रहेको पुरुषतर्फको एपिएफ र महिलातर्फ नेपाल आर्मीले समान नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसै गरी आज नै भएको पुरुषतर्फको तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लवले जित हासिल गरेको छ । साविक विजेता समेत रहेको नेपाल आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेश्रो स्थान प्राप्त गरेको हो ।

पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले पछिल्ला तिन सेट २५–१८, २५–२१ र २५–२० ले जित्दै नगद रु १ लाख २५ हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । नेपाल आर्मी चौथो हुँदै नगद रु ६५ हजार प्राप्त गरेको छ ।

त्यस्तै महिलातर्फ होङवान्जी न्यू डायमण्ड स्पोर्टस क्लवले तेश्रो स्थान प्राप्त ग¥यो । न्यू डायमण्डले नगद रु १ लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार हात पारेको छ ।

त्यसै गरी तेश्रो टाइगरकप भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका रवि केसी सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट हुन सफल हुनुभयो । उहाँहरुले जनही नगद रु २५–२५ हजारका साथमा ट्रफी प्राप्त गर्नुभयो ।

प्रतियोगितामा पुरुषतर्फ वेष्ट स्पाइकरमा एपिएफका टेकराज अवस्थी, वेष्ट ब्लकरमा गण्डकीको टिममा समावेश भारतिय खेलाडी नितिन, वेष्ट सेटरमा गण्डकीका विवश आले, वेष्ट स्पाइकरमा एपिएफका विनोद चन्द र वेष्ट सर्भरमा गण्डकीका घनश्याम चौधरी घोषित हुनुभयो ।

त्यस्तै महिलातर्फ वेष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, वेष्ट ब्लकरमा आर्मीकी संगम महतो, वेष्ट सेटरमा न्यू डायमण्डकी प्रगती नाथ, वेष्ट लिविरोमा आर्मीकी सरस्वती जैशी घोषित हुँदा वेष्ट सर्भरको उपाधि भने गण्डकीकी अरुणा शाहीले प्राप्त गर्न सफल हुनुभयो । पुरुष र महिलातर्फ उत्कृष्ट घोषित हुने खेलाडीहरुले जनही नगद १०–१० हजार बराबरको एक्स–टेप कम्पनीको जुताका साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशका सांसदद्वय लिला बहादुर थापा, प्रकाश बराल लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यस अघि प्रतियोगिताको शुभारम्भ गर्दै सदस्य सचिव घिसिङले पोखरा रंगशालालाई ट्रेनिङ भेन्यूको रुपमा अघि बढाउनु पर्ने कुरालाई जोड दिनुभयो ।

सो अवसरमा सदस्य सचिव घिसिङले पूर्व महिला राष्ट्रिय भलिबल खेलाडी लक्ष्मी गुरुङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई भलिबल खेलको विकासमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा राखेपका सदस्य राजेश कुमार गुरुङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, संस्थाका सचिव डिवी नेपाली लगायतले बोल्नुभएको थिए ।

कार्यक्रममा ह्यारी की परीका नायक तथा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह, गायक सपन कुमार राईले प्रस्तुती राख्नुभएको थियो ।

   तस्विरः सुदर्शन रञ्जित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀