समाचार

एमाओवादी बैठकमा के के भयो,नागरिकन्यूजको यो समाचार पुरा पढौं
प्रकाश तिमल्सिना काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो । बैठकले दुई पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई...
हातमा पैसा टिकाउने अचुक उपाय यस्ता छन्
धन कमाउनु भन्दापनि हातमा नटिकेर कति मानिसहरु दिक्क हुने गरेको पाइन्छ । धन कमाउनु अनि आवश्यकताभन्दा बढि खर्च भएर हातमा नरहनु मान्छेको आफ्नै बानी र व्यवहार मुख्य कारक भएको हुनसक्छ । धन कमाउनुको मुख्य उद्देश्य खर्च गर्नु नै हो । तर आवश्यकता भन्दा बढी खर्च गर्नु जीवनको लागि हानिकारक हुनजान्छ । आफूले कमाउनुको धनलाई उचित...
सबै करोडपति भएको गाउँ
दक्षिण एशियाका गाउँ आमरुपमा कच्ची घर, कच्ची सडक र पछौटेपनको रुपमा चिनिन्छन् । तर भारतको गुजरात प्रदेशमा दर्जनौं यस्ता गाउँ छन् जसलाई ‘करोडपतिहरुको गाउँ’ भनिन्छ । कच्छ इलाकाको बल्दिया गाउँलाई गुजरातको सबैभन्दा धनी गाउँ भनिन्छ । चौडा सडक, ठूला र सुन्दर घर यस गाउँको समृद्धिको परिचय दिन्छ । यहाँको सुन्दरता र समृद्धिले कुनै युरोपेली गाउँमा...
काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ
अर्जुन ओली नेपालगन्ज- प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके  काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।   बाँकेमा प्रतिनिधि सभाको ३ वटै क्षेत्रमा पराजय र प्रदेश सभाको ६ मध्ये एक...
स्मार्टफोनमा यस्तो नगरेकै बेस
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । हामीले स्मार्टफोन प्रयोगबारे केही त्यस्ता बानी विकास गरेका छौँ, जसको खास अर्थ छैन । र, त्यसले केही फाइदा पनि गर्दैन । १) ब्याकग्राउन्ड एपहरू बन्द गर्ने ब्याकग्राउन्डमा चलिरहेका एपहरू बन्द गर्न सुरु गर्ने व्यक्तिले सार्वजनिक रूपमै लाज मान्नुपर्ने हो, किनभने यसको कुनै अर्थ छैन । कम्प्युटर वा...
महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो
काठमाडौं- सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए । च्याटमा कुराकानी हुने क्रम बढ्दै जाँदा उनीहरूको सम्बन्ध विवाहमा परिणत भयो । अमेरिकी...
‘मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए’
भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न...
इट्टाभट्टिमा दुखद् घटना, एकको मृत्यू, आठ घाइते
पोखरा,२६ मंसिर। पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित इट्टाभट्टीमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । इट्टाभट्टीको राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । इट्टाभट्टीमा मंगलबार दिउँसोे इट्टा तयार गर्ने क्रममा घटना भएको थियो। घटनापछि डाँगीलाई उपचारार्थ कलेज...
को को छन त प्रदेश ४ को मुख्यमन्त्री को दौड मा ?
पोखरा –नेकपा एमालेका दुई प्रभावशाली नेताहरु प्रदेश नम्बर ४ बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । एमालेका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश सभा ख बाट २३ हजार ९ सय ८८ मत ल्याएर विजयी भएका छन् । उनले प्रदेश सभाको निर्वाचमा भोट भाग्दै आफूलाई आफ्नो पार्टीले प्रदेश नं ४को मुख्यमन्त्रीको...
समानुपातिकमा काँग्रेस अगाडी
२३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको समेत मतगणना थालेको छ । सुरुवाती चरणमा नेपाली कांग्रेसले सबैभन्दा बढी मत ल्याएको छ भने एमाले दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको मत कांग्रेस र एमालेको भन्दा निकै पछाडि छ । चौथो स्थानमा नयाँशक्ति पार्टी देखिएको छ । हालसम्मको परिणाम अनुसार कांग्रेसले समानुपातिकमा ५१६३ मत...
नवलपुरका सबै सिटमा कांग्रेसको अग्रता
रामकुमार श्रेष्ठ २३ मंसिर, नवलपरासी । पूर्व नवलपरासीमा प्रतिनिधि र प्रदेश सभाका सबै सिटमा कांग्रेस उम्मेदवारले अग्रता कायमै राखेका छन् । प्रतिनिधि सभाका २ र प्रदेश सभाका ४ क्षेत्रमा सुरुदेखि नै लिएको अग्रतालाई शनिबार मध्यान्हसम्म पनि नेपाली कांग्रेसले कायमै राखेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका डा. शशांक कोइराला ३ हजार भन्दा बढी मतअन्तरले...
किन खस्कियो कांग्रेस ?
– कुलचन्द्र न्यौपाने, काठमाडौं मंसिर २३, २०७४-प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले दुवै चरणको निर्वाचन सम्पन्न भएलगत्तै ‘कांग्रेसले प्रत्यक्षतर्फ ६५ देखि ७० सिट जित्ने’ अनुमान आफू निकट नेताहरूलाई सुनाएका थिए । शुक्रबारको प्रारम्भिक नतिजा हेर्दा देउवाको अनुमान गलत मात्रै भएन, कांग्रेसको अवस्था निकै कमजोर देखिएको छ । २०७० को दोस्रो संविधानसभामा पहिलो दल बनेको कांग्रेसको...