एमाओवादी बैठकमा के के भयो,नागरिकन्यूजको यो समाचार पुरा पढौं

एमाओवादी बैठकमा के के भयो,नागरिकन्यूजको यो समाचार पुरा पढौं

maoist-flag

प्रकाश तिमल्सिना

काठमाडौं- नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण र सकार निर्माण प्रक्रियालाई एकैसाथ अघि बढाउने निर्णय लिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि बसेको माओवादी केन्द्रको बैठकले पार्टी एकीकरण प्रक्रियालाई प्राथमिकतामा राख्दै सरकार निर्माण प्रक्रिया पनि सँगसँगै लैजाने निर्णय गरेको हो ।

बैठकले दुई पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न मातहतका समितिलाई कडा निर्देशनसहित सर्कुलर जारी गर्ने निर्णय गरेको छ ।

‘पार्टी एकीकरणबारे नकारात्मक टिप्पणी नगर्न नेताकार्यकर्तालाई आन्तरिक सर्कुलर गर्ने निर्णय भएको छ’
– देवेन्द्र पौडेल, माओवादी नेता

साझा चुनावी घोषणापत्र लिएर निर्वाचनमा गएका कारण सफलता प्राप्त भएको र सो परिणामलाई बैठकले ‘पार्टी एकताको जनमत भएको’ निष्कर्ष निकालेर एमालेसँग एकीकरण प्रक्रियालाई प्राथमिकतामा राखेको प्रवक्ता पम्फा भुसालले बताइन् । ‘जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अघि बढ्छ,’ भुसालले भनिन्, ‘अब कसैले रोकेर पार्टी एकता रोकिँदैन ।’ उनका अनुसार बैठकले पार्टी एकीकरण प्रक्रिया अघि बढाउन दुवै पार्टीका शीर्ष नेता सम्मिलित केन्द्रीय संयोजन समितिलाई अधिकार प्रत्योजनसमेत गरेको छ ।
बैठकमा बोल्ने सबैजसो नेताले पार्टी एकीकरण प्रक्रिया छिट्टै टुंग्याउन नेतृत्वसँग आग्रह गरेको नेता विश्वनाथ साहले बताए । ‘अधिकांश नेताले एउटै कम्युनिस्ट केन्द्र बन्छ भन्ने विश्वासमा जनताले परिणाममुखी मत दिएको निष्कर्ष सुनाएका थिए । त्यसैले एकीकरण प्रक्रिया चाँडो टुंगिनुपर्छ भन्नेमा नेताहरुले विशेष जोड गरेका छन्,’ साहले भने ।

अर्का नेता देवेन्द्र पौडेलले एकीकरण प्रक्रियाबारे नकारात्मक टिप्पणी नगर्न पार्टी कमिटीलाई सर्कुलर जारी गरिने बताए । ‘ठूला पार्टी एकीकरण प्रक्रियामा रस्साकस्सी हुने भए तापनि त्यसलाई स्वाभाविक मान्दै नकारात्मक टिप्पणी नगर्न निर्देशन भएको छ,’ पौडेलले नागरिकसँग भने, ‘पार्टी एकीकरण प्रक्रियाबारे नकारात्मक टिप्पणी नगर्न केन्द्रीय कार्यालयले सर्कुलर जारी गर्नेछ ।’।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जनमतको कदरस्वरुप पार्टी एकीकरणको दिशातर्फ अघि बढ्न नेताहरुलाई निर्देशन दिएका थिए । ‘एउटै कम्युनिस्ट केन्द्र बनाउने हाम्रो अभियानलाई जनताले विश्वास गरेका छन् । यसमा धोकाधडी हुन्न, एकीकरण प्रक्रिया सहज बनाउन आआफ्नो ठाउँबाट योगदान गर्नुहोस्,’ दाहालको निर्देशन थियो । दाहालले पार्टी एकीकरण, सरकार गठन र संसद्को संरचनाललाई सँगसँगै टुंगोमा पु¥याउने विश्वास नेताहरुलाई दिलाएका छन् ।

महराको फरक अभिव्यक्ति
पार्टी एकीकरणलाई प्राथमिकता दिने अध्यक्ष दाहालको प्रस्तावलाई सबैजसो नेताले सहमत जनाए पनि कृष्णबहादुर महराले बैठकमा भिन्न मत राखेका छन् । ‘निर्वाचनका लागि गरिएको वाम गठबन्धनलाई एकीकरण प्रक्रियामा लैजानका लागि चुनौती देखिन्छ । त्यति सहज मैले अझै देखिरहेको छैन,’ महरालाई उधृत गर्दै एक नेताले भने ।
अर्का नेता वर्षमान पुनले भने पार्टी एकीकरण गर्ने दाहालको प्रस्तावमा सहमति जनाएका थिए । महराबाहेक अन्य कुनै नेताले एकीकरण प्रक्रियाबारे फरक धारणा नराखेको नेताहरुले बताएका छन् ।
राष्ट्रियसभा गठन राजनीतिक सहमतिमा
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचन राजनीतिक सहमतिका आधारमा टुंग्याउनुपर्ने बताएका छन् । उनले यसका लागि आफूले  सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री शरेबहादुर देउवालाई सुझाव दिएको जानकारी गराएका थिए । ‘राष्ट्रियसभा गठन, सरकार हस्तान्तरणलगायतका बारेमा सर्वदलीय बैठक बोलाउन मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु,’ दाहाललाई उधृत गर्दै साहले भने, ‘राजनीतिक सहमतिमै राष्ट्रियसभा सम्बन्धी विवाद टुंग्याउनुपर्छ, यसमा धेरै रस्साकस्सी गर्न जरुरी छैन ।’

गौतम र श्रेष्ठ पराजयको समीक्षा    
प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी नेता नारायणकाजी श्रेष्ठ पराजित हुनुको कारणबारे पनि केही नेताले धारणा राखेका थिए ।
ती नेताहरुले गौतम र श्रेष्ठ पराजित हुनुमा सम्बन्धित पार्टीका नेता जिम्मेवार रहेकाले उनीहरुमाथि कारबाही गर्न माग गरेका थिए । ‘बैठकमा वामदेवजी र नारायणकाजीजीको पराजयका बारेमा पनि समीक्षा भएको छ । नेताहरुले गौतम र श्रेष्ठ पराजित हुनुमा गठबन्धनका कारण भन्दा पनि आन्तरिक पार्टीका नेताहरुको अन्तरघात कारण रहेको आरोप लगाएका छन्,’ पौडेलले भने ।
नेतृ उर्मिला अर्यालले श्रेष्ठको पराजयबारे छानबिन गर्न समिति गठन गर्न माग गरेकी छन् । बैठकमा नाम उल्लेख नगरिए तापनि श्रेष्ठलाई पराजित गर्न माओवादी नेता हितराज पाण्डे नै लागिपरेको सूचना अध्यक्ष दाहाललाई गरिएको छ ।

मधेसलाई सम्बोधन नगर्दा पराजय
बैठकमा नेता मातृका यादवले प्रदेश २ मा वाम गठबन्धनको साझा घोषणापत्रले मधेस मुद्दालाई सम्बोधन गर्न नसकेको गुनासो गरेका छन् । ‘मधेसमा मधेसी दलको भन्दा बढी प्रभाव वाम गठबन्धनको थियो तर मधेस मुद्दालाई सम्बोधन गर्न गठबन्धन चुक्दा अकल्पनीय पराजय भोगियो,’ यादवले बैठकमा भने, ‘यसलाई तत्काल सम्बोधन गर्न ढिलाइ गर्नु हुन्न ।’
बैठकमा नेताहरुले एमाले महासचिव ईश्वर पोखरेलको अब प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने भन्ने अभिव्यक्तिको आलोचना गरेका थिए । दुई पार्टीबीच औपचारिक छलफल नै नभएको अवस्थामा त्यस्तो अभिव्यक्ति आएको भन्दै माओवादी नेताहरूले पोखरेलको आलोचना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 26 Jul 
Nepal Rastra bank
Check: 26 Jul 2024 19:35 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97up
Indian Rupee 
Indian Rupee
83.69up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52down
Japanese Yen 
Japanese Yen
154.7up
US Dollar 
US Dollar
1
Rastra · USD · 26 Jul 
Nepal Rastra bank
Check: 26 Jul 2024 19:35 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀