रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध

रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध

arjun mainali

सामाजिक अभियन्ताको रुपमा परिचित नाम हो ‘अर्जुनप्रसाद मैनाली’ । रगत दानको अभियानमा बर्षौंसम्म लागेका मैनालीले रोजेको दु:खद निधनको खबरले यतिबेला नेपाली समाज स्तब्ध छ ।

सँधै सकारात्मक उर्जा दिने, रक्तदान गरेर अर्को व्यक्तिको ज्यान बचाउनु पर्छ भनेर समाजमा सन्देश प्रवाह गर्ने मैनालीले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै देह त्याग गरेका छन् ।

३६ वर्ष सम्म अनवरत रक्तदान सम्बन्धि सन्देश प्रवाह गरेका मैनालीले १ लाख मिलिलिटर भन्दा बडी रगत दान गरिसकेका छन् । उनको योगदान वापत ब्लड डोनर्स एसोसिएसन नेपालले ’द गिफ्ट अफ लाइफ’ समेत प्रकाशित गरेको छ । साथै अमेरिकामा डिसेम्बर २२ लाई विश्व रक्तदाता अर्जुन मैनाली दिवसका रुपमा मनाइन्छ ।

रगत दान गर्नु पर्छ भनेर मैनालीले ६ वटा महादेशका २० देशहरुमा पुगेर २०६ पटक रक्तदान गरेका छन् । मैनालीले नेपालमा रहँदा सन १९८७ को अगस्त २० मा लायन्स क्लबको कार्यक्रममा पहिलो पटक रक्तदान गरेका थिए । सामाजिक अभियान्ता मैनालीले किन भयानक मृत्यु रोजे भनेर नेपाली समाज स्तब्ध भएको छ । चितवन समाजका पूर्व अध्यक्ष शिवकमल पौडेल भन्छन्, वहाँसँग केही समय संगत गर्ने मौका मिल्यो, हामीलाई सँधै सकारात्मक उर्जा दिनु हुन्थ्यो किन वहाँले त्यो डरलाग्दो बाटो रोज्नु भयो भनेर हामी स्तब्ध भएका छौं ।

अमेरिकाको न्युयोर्क राज्यमा लामो समयदेखी बस्दै आएका मैनाली केही समयअघि नर्थ क्यारोलिना राज्यमा बसाई सरेका थिए । हालै छोरीको बिहे सम्पन्न गरी ४ दिन अघि मात्रै अमेरिका फर्केका मैनालीले भाडाको गाडीमा आगो लगाएर आफैलाई जलाएको पुष्टि आइतवार राती भएको थियो । श्रीमति तारा कोइरालाको नाममा फेसबुकमा आत्महत्याको कारण उल्लेख गर्दै नोट पनि छाडेका छन ।

आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका मैनालीको शव केही घण्टामै नर्थ क्यारोलिनाको लाटा नेचर प्रिजर्भको क्वेष्ट पार्कमा जलेको अवस्थामा भेटिएको थियो । मैनाली बेपत्ता भएको खबर स्थानिय प्रहरीलाई गरेपछि, प्रहरीले मैनालीको फोन ट्रयाक गरे घटनास्थल पत्ता लगाएको थियो । स्थानियका अनुसार घटनास्थल पुग्दा मैनालीको शरीर जलेको अवस्थामा भेटिएको थियो ।

मैनाली सन १९६८ मा काभ्रे सिपाली ९ मा जन्मिएका हुन । मैनालीले अमेरिकामा रहँदा धेरैलाई प्रेरणा प्रदान गरेर रगत दानमा सहभागि गराएका थिए । कोरोना महामारीका बेलामा समेत मैनालीले २२ पटक रक्तदान गरेका थिए । रगत दान गर्नमै जीवन समर्पित गरेका मैनालीले किन आफ्नो जीवन आफै समाप्त गरे भनेर नेपाली समाजका अगुवाहरुले सामाजिक संजालमा प्रश्न छोड्दै, उनिप्रति श्रद्धाञ्जली लेखेका छन् ।

मैनालीले सामाजिक सञ्जालमा आत्महत्याको कारण बताउँदै श्रीमतिको नाममा यस्तो पत्र लेखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 23 Jul 
Nepal Rastra bank
Check: 23 Jul 2024 00:30 UTC
Latest change: 22 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.86
Indian Rupee 
Indian Rupee
83.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.77
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
156.74
US Dollar 
US Dollar
1
Rastra · USD · 23 Jul 
Nepal Rastra bank
Check: 23 Jul 2024 00:30 UTC
Latest change: 22 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀