सम्हालिन सकेन दाहाल परिवार

सम्हालिन सकेन दाहाल परिवार

CM Prachanda pay homage to his son prokash-05 – Copy

CPN Maoist (Center) Chairman Puspa Kamal Dahal while pays homage to his son Prakash Dahal’s body at Perishdanda, Koteshwor in Kathmandu on Sunday, November 19, 2017. Photo: Dipesh Shrestha/Nagarik/Republica

प्रकाश तिमल्सिना

काठमाडौं- छोरा प्रकाश दाहालको निधनले शोकमा डुबेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका अन्य सदस्य अझै सम्हालिन सकेका छैनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललगायत सयौंको संख्यामा शोक व्यक्त गर्न पुगेका शुभेच्छुकसामु दाहालले परिवारका अन्य सदस्यलाई सम्हाल्न गाह्रो भएका बताएका हुन् ।
शोकमा परेको दाहाल परिवारलाई समवेदना प्रकट गर्न लाजिम्पाटस्थित निवासमा दिनभर शुभचिन्तकको भीड लागेको थियो । आपूm क्रमशः सम्हालिँदै गए पनि परिवारका अन्य सदस्य भने अझै गहिरो शोकमा रहेको दाहालको भनाइ छ । ‘पीडा त ठूलै छ, पार्टीको लिडरको हैसियतले सबै घटना, हिजोका युद्ध, शान्तिका घटनाले गर्दा मैले त एक ढंगले महसुस गर्न सक्ने नै छ तर परिवारलाई सम्हाल्न गा¥हो छ,’ दाहालले सोमबार निवासमा भने, ‘पहिले छोरीको दुर्घटना, ३ वर्ष नहुँदै छोराको यो घटनाले जुन विक्षिप्तता ल्याएको छ, त्यसलाई तपाईंहरूजस्ता साथीको समवेदना र सहयोगले मात्र शक्ति प्राप्त भएको छ ।’ भावुक मुद्रामा रहेका दाहालले श्रीमती र छोरी, नातिनातिनीसहित परिवारका अन्य सदस्य पूरै शोकमा रहेको जनाए ।
छोराको निधनपछि अचेत र बेहोसजस्तै भएकी श्रीमती सीता दाहाल क्रमशः सम्हालिँदै आएको उनले जनाएका छन् । ‘सारा विज्ञानको विकास भएको छ तर हस्पिटल नलगीकन ऊ (प्रकाश) गयो, यसलाई हामीले दुर्घटनाजस्तो मानेका छौं,’ घटनापछि पहिलो पटक सञ्चारकर्मीसँग पिता दाहालले भने, ‘तपाईंहरूले हामीलाई जुन समवेदना प्रकट गर्नुभएको छ, त्यसले हामीलाई ठूलो शक्ति प्रदान गरेको छ, म्याडम पनि बिस्तारै सम्हालिन थाल्नुभएको छ ।’
तीन दिनदेखि ज्वरोले सताइएका प्रकाशको आइतबार बिहान हृदयाघातका कारण असामयिक निधन भएको थियो । अध्यक्ष दाहालका एकमात्र छोरा प्रकाशको निधनपछि परिवार शोकाकुल छ । हिन्दू धार्मिक संस्कृतिअनुसार प्रकाशको दाहसंस्कार गरिए पनि काजकिरिया भने परिवारजनले गरेका छैनन् । मृतक दाहालका दुई सन्तान भए पनि उनीहरुको व्रतबन्ध नगरिएकाले दागबत्ती पिता दाहालले दिएका हुन् ।
दाहालको लाजिम्पाटस्थित निवासमा समवेदना प्रकट गर्नेको आइतबार दिनभर घुइँचो थियो । ‘सबै त छोराछोरी हुन्, देशैभरिका जनताले हामीबाट अविभावकको जस्तो भूमिका खोजेका छन्, त्यसैले हामीले धैर्य गर्नुपर्छ भनेपछि बिस्तारै नर्मल हुनेतिर गएको छ, पूरै नर्मल भइसकेको त छैन,’ दाहालले लाजिम्पाटस्थित निवासमा पुगेका शुभचिन्तकहरूलाई भनेका छन् ।
राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेपाललगायत विभिन्न दलका शीर्ष नेता दाहाल निवासमा नै पुगेर समवेदना प्रकट गरेका थिए । सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवा र झापामा रहेका एमाले अध्यक्ष ओली विमानस्थलबाट सोझै लाजिम्पाटस्थित निवास पुगेको दाहालका प्रेस सहयोगी मनहरि तिमल्सिनाले बताए ।
उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनबाट देशले होनहार र इमानदार छोरा गुमाएको बताएका छन् । ‘प्रकाश निकै सरल थिए, निकै मेहनती र इमानदार पनि, म निकै भावविह्वल बनेको छु, मन सम्हालेर धैर्यधारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु,’ देउवालाई उद्धृत गर्दै तिमल्सिनाले भने । एमाले अध्यक्ष ओलीले पनि असल छोरा गुमाएको भन्दै समवेदना प्रकट गरेका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल दाहाल निवासमा पुगेर समवेदना प्रकट गरेका थिए । नेता नेपालले आइतबार पेरिसडाँडा र पशुपति आर्यघाटसमेत पुगेर समवेदना प्रकट गरेका थिए ।
पुत्र वियोगमा रहेका अध्यक्ष तथा सल्लाहकार सीता दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री शुषमा स्वराजले पनि आइतबारै टेलिफोन गरी समवेदना प्रकट गरेका छन् । संयुक्त राष्ट्रसंघीय आवासीय कार्यालय, चिनियाँ राजदूतावास, बेलायती राजदूतावासले पनि अध्यक्ष दाहाललाई समवेदना सन्देश पठाएका छन् ।
दाहाल चितवन जाने, सम्बोधन नगर्ने
पूर्वनिर्धारित चुनावी सभामा उपस्थित हुनका लागि अध्यक्ष दाहाल मंगलबार चितवन जाने भएका छन् तर त्यहाँ उनले सम्बोधन भने गर्ने छैनन् । माओवादी पोलिटब्युरो सदस्य तथा पुत्र दाहालको श्रद्धाञ्जली सभामा सहभागिता जनाउने तर सम्बोधन नगर्ने माओवादी नेताले जनाएका छन् । दाहालको निर्वाचन क्षेत्रसमेत रहेको सो क्षेत्रको सभालाई शोक सभाको रूपमा बदल्ने पोलिटब्युरो सदस्य सूर्य सुवेदीले जानकारी दिएका छन् ।
लाजिम्पाटमा ७ गते श्रद्धाञ्जली सभा
माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका प्रकाशको सम्झनामा लाजिम्पाटस्थित निवासमा केन्द्रीय शोकसभा गरिने भएको छ ।
चुनावी कार्यक्रम सुरु हुनुअघि मंसिर ५ गते देशव्यापी रूपमा श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयले श्रद्धाञ्जलीसभामा उपस्थित र समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद ज्ञापन पनि गरेको छ ।

समाचार स्रोत ः नागरिक न्यूज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀