बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

बम आक्रमण हुन थालेपछि सुरक्षा व्यवस्था कडा

police

उदयपुर (रासस)-  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवारलाई लक्षित गरेर बम आक्रमण हुन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

अज्ञात समूहले उम्मेदवार भोट माग्न हिड्ँने बाटोमा ढुकेर तथा उम्मेदवारको घरमा समेत बम विस्फोट गराउन थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले बताए।

उम्मेदवार तथा मतदातालाई लक्षित गरेर विस्फोटका घटना बढेपछि जिल्लामा सुरक्षाकर्मीको संख्यामा वृद्धि गरिएको र सुरक्षा चेकजाँचलाई बढाइएको उहाँले बताए। उम्मेदवारहरुले मागेअनुसार सुरक्षा उपलब्ध गराइएको र चौबीसै घण्टा उम्मेदवारको अघिपछि सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ थियो।

जिल्लाका मुख्य नाका र शंकास्पद स्थानमा चौबीसै घण्टा प्रहरी परिचालन गरिएको र प्रभावकारी रुपमा सुरक्षा प्रबन्ध गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

मंगलबार जिल्लाका विभिन्न स्थानमा उम्मेदवारमाथि बम प्रहार गर्नेमध्ये थप दुई जनालाई पक्राउ गरिएको उनले बताए। एक साता अघि मात्र उदयपुर गढी गाउँपालिकाको नरेटारमा वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरेर बम प्रहार भएको थियो ।

त्यस्तै मंगलबार बिहान नेपाली काँग्रेस उदयपुरका पूर्वसभापति तथा उदयपुर क्षेत्र नं १ को (ख) का उम्मेदवार हिमाल कार्कीको त्रियुगा नगरपालिका–७ भण्टाबारीस्थित घरमा नै बम आक्रमण भएको थियो । मंगलबार नै काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वशहरी विकासमन्त्री एवं क्षेत्र नं १ का उम्मेदवार डा नारायण खड्कालाई लक्षित गरेर त्रियुगा नगरपालिका– १० बाबरीमा बम आक्रमण भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
11 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Jul 2025 19:15 UTC
Latest change: 10 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.02down
Indian Rupee 
Indian Rupee
85.59down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.52down
Japanese Yen 
Japanese Yen
146.23down
US Dollar 
US Dollar
1
11 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Jul 2025 19:15 UTC
Latest change: 10 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀