समाचार

स्ववियु जनप्रियको रक्तदान कार्यक्रम
पोखरा, १६ फागुन। पहिलो वार्षिकोत्सवको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन जनप्रिय क्याम्पसले आयोजना गरेको चार दिवसीय कार्यक्रम अन्र्तगत दोस्रो दिन बुधबार रक्तदान गरिएको छ । क्याम्पस परिषरमा आयोजित कार्यक्रममा ५० जनाले रक्तदान गरेको युनियनकी सहसचिव एवं कार्यक्रम संयोजक रन्जता रेग्मीले जानकारी दिईन्। कार्यक्रमको पहिलो दिन मङ्गलबार रत्नचोकदेखि एयरपोर्टसम्म सरसफाई गरिएको थियो । जनप्रिय क्याम्पसका प्रमुख बिरञ्जी...
लोकसेवाको परीक्षा दिएका कति जना पास भए ?
काठमाडौं , १२ फागुन। लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । सहभागिमध्य ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन्...
थ्रि एन्जल्स नेपाललाई एनजिओ लिडरसीप अवार्ड
पोखरा, ११ फागुन । नेपालबाट वर्षेनी तेश्रो मुलुकमा हुने मानव बेचविखन रोकथामका लागि काम गर्दै आएको संस्था थ्रि एन्जल्स नेपालले अन्र्तराष्ट्रिय अवार्ड पाएको छ । वल्र्ड सिएसआरडेको अवसरमा भारतको मुम्बईमा फेब्रुअरी १८ मा आयोजित विशेष कार्यक्रममा संस्थाले एनजिओ लिडरसीप अवार्ड प्राप्त गरेको हो । सामाजिक क्षेत्रमा कार्यरत विश्वभरका एक सय १० वटा संस्थाहरु मध्ये थ्रि...
कास्कीकोटमा निःशुल्क क्यान्सर शिविर
पोखरा, १० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा बिहीबार निःशुल्क क्यान्सर रोग सम्वन्धी शिविर गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले आयोजना गरेको सो शिविरलाई नेपाल अर्बुद रोग निवारण संस्था कास्की र पोखरा क्यान्सर केयर सेण्टरले प्राविधिक सहयोग गरेका थिए। शिविरमा प्याप टेष्ट गर्नुको साथै क्यान्सर रोग सम्वन्धी सचेतनामूलक कार्यक्रम...
‘जनताले बम राखे होलान्…’ यस्तो पो भन्छ नेकपा । बन्दमा बम आतंक, पोखरामै तीन ठाउँ बम
पोखरा, ८ फागुन / विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्द मंगलबार भने पृथक रह्यो । यसअघि, बन्द अवज्ञा गरेको भन्दै सवारी आगजनी तथा तोडफोड हुने गरेकोमा यसपटक भने जनता हिँड्ने बाटैमा बम राखेर त्रसित बनायो । पोखरामै तीन ठाउँमा बम भेटियो । एक ठाउँमा विस्फोट हुँदा पत्रकार र प्रहरी नै घाईते भयो । तर, घटनाको जिम्मेवारी...
मानवशास्त्र विषय ओझेलमा परेकोमा चिन्ता
पोखरा, ६ फागुन। मानवशास्त्र विषय ओझेलमा परेकोप्रति मानवशास्त्रीहरुले चिन्ता व्यक्त गरेका छन्। उनीहरुले मानवशास्त्रको महत्व समाज र राष्ट्रलाई बुझाउनुपर्ने आवश्यकता औल्याएका छन्। ओझेलमा परेको मानवशास्त्र विषयलाई माथि उठाउनका लागिभन्दै पोखरामा दुई दिनसम्म राष्ट्रियस्तरको छलफल चलाइएको छ। नेपाली मानवशास्त्रको सवाल, प्रवृत्ति र वहस विषयमा छलफल चलाइएको हो। फागुन ४ र ५ गते आयोजित कार्यक्रममा मानवशास्त्रका प्राध्यापक,...
सरसफाइ अभियान हेमजाको मसिना बगरमा, अब याम्दी दोभानमा
पोखरा, ५ फागुन। पोखरामा जारी ९० औं हप्ताको सरसफाइ अभियाना वडा नं.२५ हेमजाको मसिना बगरमा सम्पन्न भएको छ। अभियानको संघिय प्रहरी इकाइ कार्यालय पोखराका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विष्णुहरी गौतमले राष्ट्रिय गान र सरसफाइ गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा नमुना टोल आम समूह पोखरा–२५ की अध्यक्ष प्रेमदेवि परियारले सपथ खुवाएकी थिइन् । सरसफाइ कार्यक्रममा...
ओली÷प्रचण्डको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो – सिटौला
पोखरा, ४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले एमालेका अध्यक्ष केपी ओली र एनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडी साँढे र थाकेको गोरुको जोडी जस्तो भएको टिप्पणी गरेका छन्। बेग्लाबेग्लै पृष्ठभुमि र सोचका ओली र प्रचण्डको जोडी नसुहाएकोतर्फ संकेतगर्दै उनले त्यस्तो टिप्पणी गरेका हुन्। यद्यपी उनले राष्ट्र र जनताको हितमा काम गरी...
कस्तो हुदैछ ‘भ्यालेन्टाइन डे’ ?,अरुले के भन्दैछन् त्यो पढौं र इतिहास पनि बुझौं
कल्पना पौडेल आज फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ । आजको दिन विश्वभर रातो गुलाफ दिएर मनको भावना आफूले मन पराएको व्यक्ति सामु राख्ने अनि प्रेममा भएकाहरुले सम्बन्ध अझ सुमधुर बनाउने दिन । आज विभिन्न कलेज, क्यासे, रेष्टुरेँष्ट, अस्पताल, सिनेमा घरलगायतका स्थानमा प्रेम जोडीलाई विभिन्न छुटसहितका प्रबन्ध गरिएका छन् । उपहार पसलमा प्रेमका कुरा लेखिएका विभिन्न...
लायन्स आदर्श चौतारीको बृहत स्वास्थ्य शिविर
पोखरा, २८ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले तनहुँको व्यास नगरपालिका वडा नं ५ नेपालटारमा बृहत स्वास्थ्य शिविर गरेको छ। पोखरा अस्पताल प्रा.लिको प्राविधिक सहयोग तथा फोक्सिङ सामुदायिक वन उपभोत्ता समूहको स्थानीय व्यवस्थापनमा आयोजित शिविरबाट १२ सय जना लाभान्वित भएका छन्। शिविरमा उपचार तथा परामर्श सेवा सहित निःशुल्क औषधी वितरण गरिएको थियो। पोखरा अस्पतालका...
परीक्षाफल प्रकाशित
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ।