कास्कीकोटमा निःशुल्क क्यान्सर शिविर

कास्कीकोटमा निःशुल्क क्यान्सर शिविर

28342291_1052158888255923_718024099_o

पोखरा, १० फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ कास्कीकोटमा बिहीबार निःशुल्क क्यान्सर रोग सम्वन्धी शिविर गरिएको छ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ ले आयोजना गरेको सो शिविरलाई नेपाल अर्बुद रोग निवारण संस्था कास्की र पोखरा क्यान्सर केयर सेण्टरले प्राविधिक सहयोग गरेका थिए।

शिविरमा प्याप टेष्ट गर्नुको साथै क्यान्सर रोग सम्वन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो। शिविरमा दुई सय पाँच जना लाभान्वित भएका छन्। शिविरमा महिलाहरुमा पाठेघर र आङ्खस्ने समस्या बढि देखिएको थियो।

बरिष्ठ चिकित्सक डा. कालु शर्मा सुवेदीले क्यान्सर सम्वन्धी जानकारी दिएर शिविर उद्घाटन गरेका थिए।
कार्यक्रममा उनले स्वास्थ्यका बारेमा स्वयंले ध्यान दिनुपर्नेमा जोडदिदै समयमा नै उपचार गरे क्यान्सर रोग निको हुने बताए।

पोखरा लेखनाथ महानगरपालिका वडा नं २४ का वडाध्यक्ष ओम सुवेदीले वडामा स्वास्थ्य सम्वन्धी कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरे।

शिविरलाई एनआरएन महिला फोरम पोर्चुगल र नेपाली नारी समाज पोर्चुगलले सहयोग गरेको कार्यक्रम संयोजक सरस्वती अधिकारी ‘सरु’ ले जानकारी दिईन्। नेपाल अर्बुद रोग निवारण संस्था कास्कीकी सदस्य समेत रहेकी कार्यक्रम संयोजक अधिकारीले क्यान्सर सम्वन्धी जनचेतनामूलक कार्यक्रमलाई जनस्तरसम्म लगिएको बताईन्।

कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्था कास्कीका उपसभापति प्रेम भुजेल र पोखरा क्यान्सर केयर सेण्टरका प्रवन्ध निर्देशक उत्तम चालिसेले बोलेका थिए।

कार्यक्रममा कार्यपालिका सदस्य सन्तु सुवेदीले स्वागत र वडा सदस्य अग्नीधर त्रिपाठीले संचालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
11 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Jul 2025 00:20 UTC
Latest change: 10 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.02
Indian Rupee 
Indian Rupee
85.59
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
146.23
US Dollar 
US Dollar
1
11 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Jul 2025 00:20 UTC
Latest change: 10 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀