समाचार

राष्ट्रियसभा उपाध्यक्षमा काँग्रेस नेतृ राना उम्मेदवार
पोखरा, ३ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदमा काँग्रेसको तर्फबाट नेतृ बिन्दा देवी राना उम्मेदवार बनेकी छन्। राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छु नेतृ रानाले भनिन् – ‘पार्टीको निर्णय अनुसार नै उम्मेदवार बनेकी हुँ।’ निर्वाचन आइतबार दिउँसो १ बजेबाट शुरु हुनेछ। आले प्रदेश नम्बर ४ को महिला कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएकी हुन्। पोखरा लेखनाथ महानगरपालिका वडा...
अडानको व्यवसायीक शिक्षा तालिम शुरु
पोखरा, २ चैत । नेपाल अडिटर्स एशोसियशन (अडान) को आयोजनामा अनवरत व्यवसायीक शिक्षा तालिम शुक्रबारदेखि पोखरामा शुरु भएको छ । नेपाल चार्टड एकाउन्टेन्स संस्थाका सदस्यहरुका लागि आयोजित सो तालिम आइतबारसम्म चल्ने छ । संस्थाका सदस्यहरुको व्यवसायीक क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित तालिममा एक सय ४५ जना सहभागि छन् । तालिमको उद्घाटन गर्दै नेपाल अडिटर्स एशोसियशनका...
दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता हुने
पोखरा, २ चैत । रोेटरी क्लब अफ पोखरा अन्नपूर्णले दृष्टिविहिनहरुको एकल गायन प्रतियोगिता गर्ने भएको छ । क्लबले पोखरामा बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो। रोट्¥याक्ट क्लब अफ अन्नपूर्ण, रोट¥याक्ट क्लब अफ हेमजा र ईनरव्हिल क्लब अफ अन्नपूर्ण सहआयोजक छन्। चैत्र ३ गते शनिवार हुने प्रतियोगितामा २५ जनाको सहभागिता रहने अपेक्षा गरिएको...
बँदेल आतंक
महोत्तरी, २ चैत । महोत्तरी जिल्लाको मध्यउत्तरवत्र्ती भेगमा जंगली बँदेलले आतंक मच्चाएको छ । बँदेलको आतंक कृषकहरुका लागि टाउको दुुखाईको विषय बनेको छ । बस्ती÷बस्तीमा जंगली बँदेल पसेर दिनहुँ बालीनाली सखाप पारिरहेको छ । पछिल्लो पटक फागुन १५ यता बढेको बँदेल आतंकले १० बिघाभन्दा बढीको बाली नोक्सान गरेको सीतापुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक...
सफल बन्न के गर्ने ? आउनुहोस् हामी सिकाउछौं
पोखरा, १ चैत । सवै मानिस सफल हुन चाहन्छन् तर विडम्बना थोरै मानिस मात्र सफल कहलिन्छन्। सफल मानिस बन्नका लागि मानिस सबथोक गर्न तयार छन्। तर पनि सक्दैनन्। सफल मानिस बन्नका लागि के गर्ने यो विषय सवैका लागि आवश्यक छ । सफल व्यत्ति उत्पादनका लागि पोखरामा नयाँ अभियान शुरु गरिदैछ। जुन अभियानले मानिसलाई सफल बन्नका...
दुई तिहाई खोज्नु गम्भिर विषय – पौडेल
पोखरा, ३० फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले दुई तिहाई बहुमत लिन खोजेको विषय गम्भिर भएको बताएका छन् । सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाई बहुमत खोज्नु गम्भीर विषय भएकोभन्दै त्यसल सरकारको नियतमाथि आशंका उब्जाएको उनको भनाइ छ। पार्टीका प्रतिनिधिसभा र प्रदेशसभा सांसदका लागि आयोजित अभिमुखीकरणमा उनले जिम्मेबार ढंगबाट प्रस्तुत हुन सांसदहरुलाई आग्रह...
कास्की सेवा समाज स्पेनको दोस्रो अधिवेशन ,अध्यक्षमा ढुंगाना
बार्सिलोना/ कास्की सेवा समाज स्पेनको पहिलो अधिवेशनले केदारनाथ ढुंगानाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको छ। कास्की जिल्ला स्थायी घर भई स्पेनमा बसोबास गर्दै आएका नेपालीहरुले गठन गरेको समाजले ढुंगानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।  कार्यसमितिको उपाध्यक्षहरुमा कुमार गुरुङ्,वल बहादुर कार्की,महासचिव गोविन्द तिमिल्सिना, सचिवमा सुरेश भण्डारी र कोषाध्यक्षमा एकराज भण्डारी चयन भएका छन्।...
विमान दुर्घटना बारे घाइते र प्रत्यक्षदर्शी यसो भन्छन्
पोखरा, २८ फागुन। त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको विमान दुर्घटनामा परी ठुलो मानवीय क्षति भएको घटनाले सवैलाई दुखित् बनाएको छ । यो समाचार तयार पार्दा  घटनामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटनाको सत्यतथ्य खोजी विज्ञ सहितको टोलीले गर्ने छ। तर घटनालाई लिएर विभिन्न टिकाटिप्पणी शुरु भएको छ भने घटनाका बारेमा...
प्रोफेसनल एजुकेशन फेयर सोमबार
पोखरा, २६ फागुन । प्रोफेसनल एजुकेशन कन्सल्टेन्सीको आयोजनामा पोखरामा ‘अष्ट्रेलियन एजुकेशन फेयर’ हुने भएको छ । फागुन २८ गते सोमबार होटल पोखरा ग्राण्डमा फेयर आयोजना गरिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । फेयरमा अष्ट्रेलियाका १५ वटा युनिभर्सिटी तथा कलेजका प्रतिनिधि सहभागी हुने प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी पोखराका प्रवन्ध निर्देशक किशोर परियारले जानकारी दिए । ‘उच्च...
कस्मेटिक व्यवसायी संघको अभिमुखिकरण
पोखरा, २६ फागुन । कस्मेटिक व्यवसायी संघ कास्कीले पोखरामा शनिवार अभिमुखिकरण कार्यक्रम गरेको छ। व्यवसाय व्यवस्थापन एवं विक्रयकला सम्वधी क्षमता अभिवृद्वि गर्ने उदेश्यले आयोजित कार्यक्रममा संघमा आवद्व ७० जना व्यवसायी सहभागि भएको कोषाध्यक्ष हेमराज बरालले जानकारी दिए । कार्यक्रममा औद्योगिक विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीले सहजीकरण गरेका थिए । कार्यक्रमको उद्घाटन कुष्ठरोग निवारण...
अलि मियाँ लोकवाङ्मय पुरस्कार साहित्यकार, संस्कृतिविद् कार्कीलाई
पोखरा, २६ फागुन । अलि मियाँ लोकवाङ्मय पुरस्कारबाट पोखरामा बरिष्ठ साहित्यकार, संस्कृतिविद् एवं चलचित्र निर्देशक चेतन कार्कीलाई पुरस्कृत गरिएको छ । लोककवि अलि मियाँ शतक जन्म जयन्तीका अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानले उनलाई सो पुरस्कार प्रदान गरेको हो । विगत पाँच दशकभन्दा अघिदेखि नेपाली साहित्य, संस्कृति र चलचित्रको क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै उनलाई पुरस्कृत गरिएको...
भारतमा इच्छा मृत्युलाई स्वीकृति
नयाँदिल्ली – भारतमा इच्छा मृत्युलाई स्वीकृत दिइएको छ। शुक्रबार यहाँको सर्वोच्च अदालतले इच्छा मरणलाई सशर्त मान्यता दिने फैसला सुनाएको हो। आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले इच्छामरण गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अदालतको फैसलामा स्थायी रुपमै निस्क्रिय हुने र केही बताउन नसक्ने अवस्थाको विरामीले इच्छामरणका लागि...