समाचार

कास्की काँग्रेसका नेता तथा कार्यकर्ताले भने – ‘पार्टीलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गरौं’
पोखरा, २५ फागुन । नेपाली काँग्रेसलाई गुटबन्दी, चाकडी र चाप्लुसीबाट मुक्त गर्न माग गरिएको छ। पार्टीभित्र गुटबन्दी, चाकडी र चाप्लुसी मौलाएको प्रति चिन्ता व्यक्तगर्दै कास्कीका नेता तथा कार्यकर्ताले त्यस्तो माग गरेका हुन्् । उनीहरुले क्रियाशीलता, जेष्ठता र अनुशासनलाई विशेष महत्व दिएर पार्टीलाई सुसंगठित बनाउनुपर्नेमा जोड दिए । नेपाली काँग्रेस पोखरा लेखनाथ महानगर समितिले पोखरामा आयोजना...
भुजेल गाउँमा विद्यार्थी र सुत्केरी महिलालाई सहयोग
पोखरा, २५ फागुन । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न संघसंस्थाले बिहीबार तनहुँको बन्दिपूर – ५ भुजेल गाउँमा सहयोग गरेका छन्। गुरुङ कला साहित्य परिषद् नेपाल र फोष्टन युके नेपलिज सोसाईटीले सहयोग गरेका हुन् । ती संस्थाले भुजेल गाउँमा रहेको आँदीबाराही प्राविका एक सय नौ विद्यार्थीलाई झोला र कापी, कलम तथा गाउँका ६० जना...
काउनको नयाँ कार्यसमिति, कसले कति मत पाएर जिते ?
पोखरा, २३ फागुन । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) को पोखरामा सम्पन्न तेस्रो केन्द्रीय महाधिवेशनबाट अध्यक्षमा झपटबहादुर गुरुङ (जेबि गुरुङ) विजयी भएका छन्। अध्यक्षका प्रतिस्पर्धी हरिशरण नेपालीलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन्। गुरुङले एक सय ८८ र नेपाली एक सय २३ मत पाएका थिए। गुरुङको यो दोस्रो कार्यकाल हो । बरिष्ठ...
‘महिला अधिकारको आन्दोलन जारी राखौं’
पोखरा, २३ फागुन । महिला अधिकारको आन्दोलनलाई अझै जारी राख्नुपर्नेमा पोखरामा बुधबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । १०८ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपाल महिला संघ कास्कीले गरेको अन्र्तक्रियामा बोल्ने बत्ताहरुले सो कुरामा जोड दिएका हुन् । पार्टीका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरौं भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कास्कीका...
गुरुङ दम्पतीद्वारा बृद्वाश्रमलाई सहयोग
पोखरा, २३ फागुन । पोखरा लेखनाथ महानगरपालिका वडा नं १२ शितलादेवीका गुरुङ दम्पतीले बुधबार पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ सितापाइलास्थित पोखरा बृद्वाश्रमलाई सहयोग गरेका छन् । ८४ वर्षिय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले बृद्वाश्रमलाई २६ हजार तीन सय आर्थिक सहयोग गरेका हुन् । उनीहरुले बृद्वाश्रममा रहेका ६२ जना बृद्वाबृद्वालाई बुधबार बिहानको...
महिलाको कुस्ती प्रतियोगिता हुने
पोखरा, २२ फागुन । नेपाल कुस्ती संघले पोखरामा प्रथम महिला राष्ट्रिय कुस्ती प्रतियोगिता गर्ने भएको छ। संघले पोखरामा पत्रकार सम्मेलन गरी आउँदो बैशाख २१ र २२ गते प्रतियोगिता गर्न लागेको जनाएको छ । प्रतियोगिताको मुख्य उदेश्य कुस्ती खेललाई संस्कारका रुपमा विकास गर्नु र व्यवसायीकतातर्फ उन्मुख गराउनु हो । प्रतियोगितामा विभागीय टिम, विभिन्न २० जिल्लाका ७०...
सफलताका साथ सकियो वीरेठाँटीको फागुपूर्णिमा मेला
हेमजा, २२ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीमा आयोजित फागुपूर्णिमा मेला सकिएको छ । मेला करिव २० हजार दर्शकले अवलोकन गरेका छन् । मेलाको मुख्य आकर्षणको रुपमा वडा स्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोेगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्डोे प्रर्दशनी र...
अध्यक्षमा गुरुङ
पोखरा, २१ फागुन । कान्तिपुर पब्लिकेसन्स कर्मचारी युनियन क्षेत्रीय समिति पोखराकोे चौथो भेलाले खड्गबहादुर गुरुङ्गको अध्यक्षतामा आगामी २ वर्षका लागि ७ सदस्य नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा बिरबहादुर कुंवर, सचिवमा रामु गिरी र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा विश्वराज अधिकारी, बामदेव गौतम र श्याम प्रसाद उपाध्याय...
काँग्रेस संसदीय दलको नेतामा देउवा
पोखरा, २१ फागुन । नेपाली कांग्रेस संसदीय दलको नेतामा ४४ मत प्राप्त गरी पार्टी सभापति शेरबहादुर देउवा निर्वा्चित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्। देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । अब उनी प्रमुख विपक्षी दलको नेता बन्नेछन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद...
बैंकहरुमा ब्याज आतंक, कहिलेसम्म हो यस्तो ?
पोखरा, २० फागुन । बैंक तथा वित्तिय संस्थाहरुले आफुखुसी ब्याजदर बढाएकोभन्दै पोखराका व्यवसायीहरुले बिरोध गरेका छन्। उनीहरुले ब्याजदर बढ्दा उत्पादनमूलक क्षेत्र तहस नहस भएको ठहर समेत गरेका छन् । उनीहरुले ब्याजदर घटाउँदै बैंक तथा वित्तिय संस्थाहरुलाई नाफामुखी भन्दा पनि उत्पादनमूलक क्षेत्रमा लगानीको लागि आग्रह गरेका छन् । उनीहरुले बढाइएको ब्याजदरलाई ‘ब्याज आतंक’ भनि टिप्पणी गरे...
चौँरी गोठबाट करोडपति
नेपालका शहर होस् या ग्रामीण भेग सबैतिरका युवा विदेशिने लहर चले पनि मनाङका कान्छा गुरुङ भने चौँरी गोठमा रमाइरहेका छन् । मनाङको नेस्यङ गाउँपालिका–६, मनाङ गाउँका ३२ वर्षीय कान्छा गुरुङ भने युवा जोसजाँगरका साथ चौँरी गोठमा रमाइरहेका छन् । ११ वर्षकै उमेरबाट चौँरी गोठमा बसेका कान्छा गुरुङले कक्षा ८ सम्म पढेका छन् । विद्यालय खुल्ने...
आज पोखरामा रेष्लरको भिडन्त
पोखरा, १८ फागुन । पोखरामा आज शुक्रबार अन्तर्राष्ट्रिय रेष्लरहरु भिड्ने भएका छन् । रिङ रेस्लिङ एशोसियसन अफ नेपालले पोखरेली दर्शकलाई मध्येनजर गर्दै पोखरामा यो खेलको आयोजना गरेको हो । पोखरा रंगशाला भित्र नव निर्मित बहुउद्वेश्यिय कभर्डहलमा पहिलो पटक यो खेल आयोजना हुने भएको हो । पोखरामा एकै थलोमा बसेर करिब ५ हजार दर्शकले खेल प्रत्यक्ष...