यस्ता साथी घातक हुन्छन, आजैबाट टाढा बनौं

यस्ता साथी घातक हुन्छन, आजैबाट टाढा बनौं

friends-fighting-1024×576

मानिस सामाजिक प्राणी हो । आमाको गर्भबाट भूइँमा झरेसँगै ऊ विभिन्न भूमिकामा परिभाषित हुन्छ । कसैको छोरा,छोरी, भाइ,बहिनी, नाति, नातिनी आदि। जब ठूलो हुँदै जान्छ, अनि रगतसँग कुनै साइनो नजोडिएकाहरु पनि उसको जीवनमा जोडिन आइपुग्छन्, साथीको रुपमा।

साथीको सम्बन्धलाई पवित्र र मनको नाताको रुपमा बुझ्ने चलन छ । कतिपय साथी यति फलदायी हुन्छन् नि, उनीहरुको संगतकै कारण निकै व्यक्ति सफल भएका छन् । उदाहरण यस्तो पनि पाइन्छ, कतिपय संगतकै कारण पतित भएर गएका छन् ।

त्यसैले जहिले पनि असल व्यक्तिको मात्रै संगत गर्नुपर्छ । यहाँ हामीले यस्ता पाँच प्रकारका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ, जससँगको संगत तपाइँलाई कहिल्यै फलदायी हुँदैन ।

१. सधैँ आफ्नै कुरा लाद्ने

साथी यस्तो हुनुपर्छ, जसले तपाइँलाई साथ देओस् । तपाइँको कुरा पनि सुनोस्, न कि हाकिमको जस्तो ब्यबहार गरोस् । हरेक कुरा आफ्नो मात्रै लाद्न खोज्ने साथी बनाउँदा तपाइँलाई जिन्दगीमा केही फाइदा हुँदैन, हुन्छ त केवल घाटा मात्रै ।

२. कुरा÷कुरामा अपमानित गर्ने

साथी÷साथीमा हाँसी÷मजाक त चलिरहन्छ । यस्तोमा कहिलेकाहीँ अनजानमा बोलिने कुरा र गरिने व्यवहारले चित्त दुख्न सक्छ, यो त सामान्य नै हो । तर, कसैले जिस्किएको बहानामा तपाइँलाई बारम्बार अपमानित गर्न खोज्छ भने त्यस्तो व्यक्तिसँगको संगत आजै छाडिदिनुस् । साथीको सम्बन्ध सम्मानमा हुन्छ, अपमानमा होइन ।

३. अप्ठ्यारोमा साथ नदिने

हामी सबैको आआफ्नै जरुरी काम त हुन्छ नै, तर सच्चा साथीले आवश्यक पर्दा तपाइँलाई साथ दिनुपर्छ । कोही त्यस्तो व्यक्ति जो तपाइँलाई अति आवश्यक पर्दा पनि व्यस्त रहेको बहाना बनाएर साथ दिँदैन भने त्यस्तो साथीको संगत पनि छाडिदिनुस् ।

४. स्वार्थी

केही यस्ता हुन्छन्, जो आफूलाई आवश्यक पर्दा मात्रै साथीलाई सम्झिन्छन्। काम नपर्दा वास्तासमेत नगर्नेहरु आफ्नो काम परेपछि चेपारे घस्दै जोडिन आउँछन् । होसियार यस्ता साथीहरु पनि तपाइँको साथको लायक छैनन् ।

५. डाह गर्ने

साथी त एकअर्काको सफलतामा खुसी हुनुपर्छ । यदि कोही त्यस्तो व्यक्ति जो अरुको सफलतामा जल्छ भने त्यो कसैको संगत लायक हुँदैन । यस्ता व्यक्तिले तपाइँलाई पनि कहिल्यै सफल हुन दिँदैनन् । त्यसले यिनीहरुको संगत आजैबाट छाडिदिनुस् ।

अनि कतै तपाइँमा पनि यस्तो कुनै गलत स्वभाव त छैन ? यदि त्यस्तो हो भने, तपाइँ स्वयमलाई पनि यो फाइदाजनक नहुनसक्छ । समयमै सोच्नुहोला ।

स्रोत ः बिभिन्न अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

लमजुङमा सुन्तला उत्पादनमा ह्रास
‘टिकटक चलेको भए खबर गरौँ’
आज गाई पूजा, पशुपतिमा गरियो सामूहिक गाई पूजा
तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मी पूजा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
12 Feb · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Feb 2025 19:10 UTC
Latest change: 11 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.93down
Indian Rupee 
Indian Rupee
86.79down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.97
British Pound 
British Pound
0.81
Australian Dollar 
Australian Dollar
1.59
Japanese Yen 
Japanese Yen
152.34up
US Dollar 
US Dollar
1
12 Feb · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Feb 2025 19:10 UTC
Latest change: 11 Feb 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀