एमबी आस्था मगर
नानिंग चीन २६ पुस । चीनको नानिंग महानगर र पोखरा लेखनाथ महानगर बीच भगिनी सम्बन्ध कायम भएको छ ।
चीन भ्रमणमा रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी र नानिंग महानगरका मेयर जोउ होङबो बीच भगिनी सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर गरी दुइ महानगरपालिका बीच भगिनी सम्बन्ध कायम गरेका हुन ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै नानिंग महानगरका मेयर जोउ होङबोले नेपाल र चीन बीचको सम्बन्धलाई अझ प्रगाढ गराउदै भगिनी सम्बन्धले दुइ महानगरबीच सेतु पुलको काम गर्ने वताए ।
आफ्नो महानगरमा एशियाकै नमुना अन्तराट्रिय बिमानस्थल निर्माण भइरहेको वताउदै होङबोले चीनको लगानीमा पोखरामा अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण भइरहेको सन्दर्भमा छिट्टैनै आफुले पोखराको भ्रमण गरी आफ्ना नगरबासीलाई पोखरा घुम्नका लागी सन्देश प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा वोल्दै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरा र नानिंगको सम्बन्धले नेपाल र चीन बिच सदियौदेखि रहदै आएको सम्बन्धलाई अझ प्रगाढ वनाउने वताए ।
चीनको सहयोगमा नेपालमा ठूला ठूला योजनाहरु सम्पन्न भइसकेको वताउदै नानिंग र पोखरा बीचको सम्बन्धले पक्कैपनि पोखरामा नानिंगका पर्यटन र पोखराको बिकासमा थप टेवा पुग्ने समेत जिसीले वताए ।
उक्त अवसरमा नानिङ महानगरपालिकाका सुरक्षा प्रमुख हुयाङ जोङछेङ, नानिंग महानगरका विदेश विभाग प्रमुख पेङ जियन, नानिङका लगानी प्रवद्र्धन प्रमुख लियङ फेङग, नानिङ पर्यटन बिकास संघका लिन हुइचाओको सहभागीता रहेको थियोभने नेपाली भ्रमण दलमा सहभागी पर्यटन ब्यवशायी नरेश भट्टराइ, गणेश भट्टराइ र नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख सूर्य थपलियाले नानिंग र पोखरा महानगर बीचको भगिनी सम्बन्धले आगामी वर्षहरुमा चीनिया पर्यटकमा वृद्धि आउनेमा आफुहरु आशावादी रहेको वताएका थिए ।
भर्खरै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
यस्ता छन् सरकारका एक वर्षका उपलब्धि (संक्षिप्त विवरण)
‘टिकटक चलेको भए खबर गरौँ’
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं