अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने र विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्ने ह्वाइट हाउसले मङ्गलवार जनाएको छ । युक्रेनमा रुसको युद्धले राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।...
संयुक्त राज्य अमेरिकामा सन् २००१ मा विश्वको एक आतङ्कवादी सञ्जाल अल कायदाद्वारा गरिएको आक्रमणको आज २२ वर्ष पूरा भएको छ। सो आक्रमणमा मारिएका नागरिकको स्मरणमा न्युयोर्कमा स्मरण सभाको आयोजना गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्। अमेरिकाको न्युयोर्कस्थित ग्राउण्ड जिरोमा रहेको टावरमाथि अल कायदाले हवाई जहाज ठोक्काएर सो आक्रमण गराएको थियो। नाइन इलेभेनका रूपमा परिचित यो...
एजेन्सी। व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् । वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको भन्दै उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि...
अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका आउँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको, महासभाको ७८ औं सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको टोलीमा २४ सदस्य छन् ।...
काठमाडौं । अमेरिकी सेनाको एउटा टोली काठमाडौं आइपुगेको छ। अमेरिकी वायु सेवा निगमको विशेष जहाजबाट नेपाली सेना सँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको हो । नेपाली सेना र अमेरिकी सेनाबीच भदौ २४ देखि असोज १२ गतेसम्म काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुँदैछ। संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका...
पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले पर्वतबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका आफ्ना उम्मेद्वारहरुलाई सम्मान गरेको छ । संस्थाको तर्फबाट जुलाई २२–२३, २०२३ मा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका समाजका संस्थापक अध्यक्ष हेमन्तबहादुर मल्ल, कार्यसमिति सदस्य विशाल रेग्मी र कार्यसमिति सदस्य तथा अनुशासन...
गैरआवासीय नेपाली संघको विश्व सम्मेलनमा सहभागि हुने प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ । विश्वभर रहेका राष्ट्रिय समितिहरुमा रहेका कुल आजीवन तथा साधारण सदस्य मध्येबाट छानिएका अधिवेशन प्रतिनिधिहरुको नाम सार्वजनिक गरिएको छ । साउदी अवरमा रहेका कुल ३ हजार ८ सय ८२ सदस्य मध्ये १ सय ६३ जना प्रतिनिधिको नाम सार्वजनिक गरिएको छ । यसैगरी मलेशियामा...
नेपालस्थित अमेरिकी दूतावासले नेपालका साँस्कृतिक महत्वका स्थानहरुको स्तर उन्नतीका लागि ४.५ मिलियन डलर सहयोग गरेको छ । अमेरिकी दूतावास काठमाण्डौंले सामाजिक संजाल मार्फत नेपालभरका २६ स्थानका साँस्कृतिक महत्वका स्थलहरुको संरक्षणका लागि आर्थिक सहयोग गरेको जानकारी दिएको छ । दूतावासले भनेको छ, विगत २० वर्षमा, अमेरिकी राजदूत सांस्कृतिक कोषले सुरूवाती परियोजनाहरू (हनुमानढोकाको काल भैरव, पाटनको अष्टभुज...
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । सिनेटर क्रिसले भेटका क्रममा नेपालमा एमसीसी कार्यन्वयमा आएको खुसी समेत व्यक्त गरेका छन । यसैक्रममा उनले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटका क्रममा सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। ओलीसँगको...
अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्य सहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिएका छन । रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफुलाई समर्थन गर्न आग्रह गरिरहेका...
अमेरिका । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाले विश्व सम्मेलनमा सहभागि हुने आईसीसी प्रतिनिधि छनौट गरेको छ । एनसीसी अमेरिकाले आईसीसीको विश्व सम्मेलनमा सहभागि हुने दुई सय ५२ जना प्रतिनिधिहरुको अन्तिम नामावली आज सार्वजनिक गरेको छ । आईसीसी प्रतिनिधिमा अधिकाशं निवर्तमान अध्यक्ष बुद्धि सुवेदीको कार्यसमिति भन्दा अघिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई समेत प्रतिनिधि छन्...
अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व सम्मेलनको प्रतिनिधि (डेलिगेट्स)का रुपमा यस पटक राजनीतिक भागबण्डाका आधारमा छनौट हुने सम्भावना कम देखिएको छ । यसअघि राजनीतिक भागबण्डाका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले तथा अन्य राजनीतिक दल निकट भातृ संगठनका नेताहरु पनि प्रतिनिधिका रुपमा छनौट हुने गरेका थिए । प्रतिनिधि छनौट समिति संयोजक तथा एनसीसी...