अमेरिकामा सेप्टेम्बर ११ को सम्झना, म्यानहाटनमा स्मृतिसभा

9/11

अमेरिकामा सेप्टेम्बर ११ को सम्झना, म्यानहाटनमा स्मृतिसभा

सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम

nine eleven

संयुक्त राज्य अमेरिकामा सन् २००१ मा विश्वको एक आतङ्कवादी सञ्जाल अल कायदाद्वारा गरिएको आक्रमणको आज २२ वर्ष पूरा भएको छ। सो आक्रमणमा मारिएका नागरिकको स्मरणमा न्युयोर्कमा स्मरण सभाको आयोजना गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।

अमेरिकाको न्युयोर्कस्थित ग्राउण्ड जिरोमा रहेको टावरमाथि अल कायदाले हवाई जहाज ठोक्काएर सो आक्रमण गराएको थियो। नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतङ्वादी आक्रमणमा हो । उक्त आक्रमणमा परी मारिएका दुई हजार ९८३ जना अमेरिकी र केही विदेशी नागरिकको नाम ग्राउण्ड जिरोमा लेखेर राखिएको छ। सोही स्थानमा हरेक वर्षको सेप्टेम्बर ११ मा श्रद्धाञ्चली सभाको आयोजना गरी ती व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ।

सो स्थानमा शोक धुन बजाइएको छ। उक्त घटनामा मारिएका नागरिकका आफन्तले सो स्थानमा उपस्थित भई आफ्ना दिबङ्गत व्यक्तिहरुको नाम उच्चारण गरिरहेका छन्। लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ । सभामा सबै मृतकको नाम उद्घोष गर्ने कार्यक्रम छ ।

सो आक्रमणपछि अमेरिकाले उक्त आक्रमणमा मुख्य योजनाकार ओसामा विन लादेनको खोजीलाई विश्वाव्यापी रुपमा व्यापक बनाएको थियो। यसैक्रममा अमेरिकाले पाकिस्तान र अफगानिस्तानमा पनि आतङ्कवाद नियन्त्रणसम्बन्धी नयाँ नीति लागू गराएको छ।

सो योजनाका प्रमुख योजनाकार ओसामा विन लादेनलाई भने अमेरिकी सेनाको विशेष टोलीले १० वर्षपछि पाकिस्तानको अबोट्टावादमा हत्या गरिसकेको छ।

आतङ्वादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रीवाहक चारवटा अमेरिकी विमान अपहरण गरेर न्युयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरका एक सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेभने राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए । चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्स्ल्भिेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो । चारवटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतङ्कवादी सवार थिए । उक्त आक्रमणमा १९ जना आतङ्कवादीले पनि ज्यान गुमाएका थिए ।

जुम्ल्याहा भवन पनि भनिने वल्र्ड ट्रेड सेन्टरमा मारिएका केहीको पहिचान स्थापित गर्न २२ वर्ष नै लागेको छ । गत साता मात्र दुई जनाको डिएनए परीक्षणबाट ज्यान गएको पुष्टि भएको छ । एघार नोभेम्बरका दिन भएको हताहतिबाहेक विमान विष्फोटसँगै भवन भत्किँदा उत्पन्न विषाक्त हावा एवं भग्नावशेषका कारण हजारौ बिरामी भए भने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनेको सङ्ख्या पनि उल्लेखनीय रहेको छ ।

बितेका २२ वर्षमा आफूले नाइन इलेभेनमा काम गरेका आफ्ना तीन सय ४१ जना साथी श्वासप्रश्वाससम्बन्धी रोगबाट गुमाएको वारुणयन्त्र कर्मचारी सङ्घका अध्यक्षले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀