एनआरएनएमा पर्वतबाट प्रतिनिधित्व गर्ने बिजयी उम्मेदवारलाई सम्मान

एनआरएनएमा पर्वतबाट प्रतिनिधित्व गर्ने बिजयी उम्मेदवारलाई सम्मान

Parbat Samaj NY

पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले पर्वतबाट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका आफ्ना उम्मेद्वारहरुलाई सम्मान गरेको छ । संस्थाको तर्फबाट जुलाई २२–२३, २०२३ मा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्यूयोर्क च्याप्टरमा विजयी भएका समाजका संस्थापक अध्यक्ष हेमन्तबहादुर मल्ल, कार्यसमिति सदस्य विशाल रेग्मी र कार्यसमिति सदस्य तथा अनुशासन समितिका संयोजक दिलिप कुमार लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको हो ।

संस्थापक अध्यक्ष हेमन्तबहादुर मल्ल अध्यक्ष, विशाल रेग्मी कार्यसमिति सदस्य तथा दिलिप कुमार लामिछाने युवा संयोजकमा निर्वाचित भएका थिए । साथै उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद पौडेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत प्रदान गरिएको थियो । कार्यवाहक अध्यक्ष पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष नरबहादुर जिसी राजु स्वागत तथा संस्थाका सल्लाहकार बसन्त चापागाईँले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

न्यूयोर्कमा एउटा कार्यक्रमको आयोजना गरि एनआरएनएमा पर्वतबाट प्रतिनिधित्व गर्ने बिजयी उम्मेदवारहरुलाई पर्वत सेवा समाज न्यूयोर्कले सम्मान तथा सफलताको कामना गरेको छ ।

यस्तै संरक्षक बाबुराम शर्माले विजयी सम्पूर्ण उम्मेदवारहरुलाई टिका तथा खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हेमन्तबहादुर मल्लले पर्वत र पर्वतवासीको विकास र समृद्धिमा पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाले गर्ने हरेक कार्यक्रममा आफ्नो संस्थाको समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको संस्थाका महासचिव तथा कार्यक्रम संचालक प्रकाश शर्माले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀