एजेन्सी। व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।
वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र अस्ट्रेलियासँग एयूकेयूएस सम्झौतालगायत इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत गठबन्धन निर्माणमा ठूलो लगानी गरेको भन्दै उनले संयुक्त राज्य अमेरिकाले चीनलाई समेट्न नचाहेको बरु सम्बन्धका लागि स्पष्ट आधारभूत नियमहरू स्थापित गर्न चाहेको बताए ।
बाइडेनले हनोइमा भएको एक पत्रकार सम्मेलनमा भने, “अहिले चीनले व्यापार र अन्य मुद्दाका सन्दर्भमा खेलका केही नियमहरू परिवर्तन गर्न थालेको छ ।”
उनले चीनसँगको तनावलाई सङ्केत गर्दै भने, “म चीनलाई ‘समेट्न’ चाहन्नँ । “म यो सुनिश्चित गर्न चाहन्छु कि चीनसँग हाम्रो सम्बन्ध छ । जुन धेरै उच्च विन्दुमा छ, यो के हो सबैलाई थाहा छ ।”
उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताए ।
उक्त अवसरमा बाइडेनले नयाँदिल्लीमा भएको जी–२० शिखर सम्मेलनमा आफूले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटेको र ‘स्थिरता’ बारे छलफल गरेको बताए ।
यसअघि उनले भियतनामसँग सम्बन्ध प्रगाढ बनाउने सम्झौतामा सहमति जनाउँदै वासिङ्टनले बेइजिङको बढ्दो प्रभावको सामना गर्दै एशिया र प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूको सञ्जाललाई बलियो बनाउन खोजिरहेको बताएका थिए ।
वासिङ्टन र बेइजिङबीच विश्वका विभिन्न विषयमा विवाद छ र चीनले अन्तर्राष्ट्रिय व्यवस्थालाई आफ्नो इच्छाअनुसार झुकाउन खोजेको आरोप बाइडेनले लगाएका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङ जी–२० सम्मेलनमा सहभागी नहुनुलाई केही वैश्विक परिस्थितिबाहेक बेइजिङ र दिल्लीबीच क्षेत्रीय र अन्य विषयमा देखिएको विवादसँग पनि जोडेर हेरिएको छ ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं