अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि कतारबाट वर्तमान युवा उपाध्यक्ष राज रेग्मीले आईसीसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्य सहित रेग्मीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने जानकारी दिएका छन ।
रेग्मीले विभिन्न देशका एनसीसीहरुमा पुगेर उपाध्यक्ष पदमा आफुलाई समर्थन गर्न आग्रह गरिरहेका छन । एनआरएनएमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक निभाएका रेग्मीले एनआरएनए अभियानको यात्रालाई निरन्तरता दिदै आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा उम्मेदवारी दिएका हुन ।
पछिल्लो समय देश/विदेश दौडाहामा निस्केका रेग्मी उपाध्यक्ष हुँदै एनआरएनएको नेतृत्व सम्हाल्ने दौडमा रहेका छन । रेग्मी एनआरएनए अभियानमा संभावना बोकेका नेता मानिन्छन् । एनआरएन अभियानमा उदयमान तथा उर्जाशिल रेग्मी कतारमा सफल व्यवसायीका अलावा समाजसेवीका रुपमा समेत परिचित छन ।
संघको अभियानमा आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र साथीभाईको अनुरोधमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको रेग्मीले जानकारी दिए । रेग्मीले सन २०२३–२५ कार्यकालका लागि सबैको आग्रह र एनआरएनएभित्र काम गर्न सक्ने पदमा पुगेर केही गर्ने इच्छा अनुसार आफूले एनआरएनए आइसीसी उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं