न्यूजपाली हेडलाइन

इजरायलबाट आफ्ना नागरिक उद्धारका लागि नेपाल सरकारले विमान पठायो
युद्धग्रस्त इजरायलबाट आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद स्वयम इजरायल प्रस्थान गरेका छन् । नेपाल एयरलायन्सको विमानमा मन्त्री साउद बिहिवार बिहान नेपालीहरूलाई लिन इजरायलप्रस्थान गरेका हुन । परराष्ट्र मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार, नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्। इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडान मार्फत् नेपाल आउन चाहे त्यसको...
सहकारीको नियमन राष्ट्र बैंकबाट हुने
५० करोड भन्दा धेरै सेयर पुँजी भएको तथा सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको अब देखी राष्ट्र बैंकले नियमन गर्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा विभागको अनुरोधमा राष्ट्र बैंकले यस्तो...
इजरायल युद्धमा नेपाली परे
इजरायलबाट देश फर्किन पाउँ भनि निवेदन दिनेहरुको संख्या दुई सय पुग्यो
इजरायलमा जारी युद्धमा परेका नेपालीहरुले यथासीघ्र देश फर्किन पाउँ भनि सरकारसँग आग्रह गरेका छन् । इजरायलबाट नेपाल फर्किनका लागि दुई सय जनाभन्दा बढीले आवेदन दिएको त्यहाँ स्थित नेपाली दूतावासले जानकारी दिएको छ । तेलअविवस्थित नेपाली दूतावासले सोमबार साँझसम्म दुई सयभन्दा बढीले आवेदन दिएको जानकारी गराएको छ । शनिबार सम्म प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी दस...
मंगलबार राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने
इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनुभएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा...
अमेरिकाले इजरायललाई पठायो विमानवाहक पोत र जेटहरू
एजेन्सी । हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणपछि अमेरिकाले इजरायललाईसहयोग गर्न पूर्वी भूमध्यसागर हुँदै विमानवाहक पोत र जेटहरू पठाएको जनाएको छ । अमेरिकाले इजरायललाई थप उपकरण र गोलाबारुद उपलब्ध गराउने पनि बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कठिन घडीमा आफू इजरायलको साथमा रहेको बताएका छन् । यस आक्रमणमा इजरायलमा रहेका धेरै अमेरिकी नागरिकको पनि...
इजरायलमा हमासले गरेको आक्रमणमा परी कम्तिमा १० नेपालीको मृत्यु पुष्टि
प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार...
प्रचण्डप्रति ओलीको कटाक्षः
‘मानसरोवरमा डुबुल्की लगाउँदैमा पाप कट्दैन’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको ढाकछोप गर्ने मात्र नभई भ्रष्टाचार गरिरहेको समेत आरोप लगाएका छन् । एमाले सुदूरपश्चिम अधिवेशनको आइतबार धनगढीमा उद्घाटन गर्दै उनले २ साउनमा बरामद भएको सुनको परिमाणमा प्रश्न उठाए । सुन तस्करीको अनुसन्धानमा सरकारले तमासा मात्र गरेको भदै उनले भने, ‘एमालेको सरकारको पालामा कहिले यति, कहिलो ओम्नी...
कैद मिनाहा दिने कानुनी व्यवस्था गलत – महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अदालतबाट दोषी ठहर भएकाहरूलाई सत्ताको आडमा कैद मिनाहा दिने कानुनी व्यवस्था गलत भएको बताएका छन् । कांग्रेस झापाको जिल्ला सम्मेलनलाई आज दिउँसो सम्बोधन गर्दै महामन्त्री शर्माले कानुनी शासन भएको लोकतान्त्रिक मुलुकमा सत्ताको दुरुपयोग गरेर कैद मिनाहा गर्ने प्रचलन बढ्दै जाँदा जनतामा असन्तुष्टि बढेको बताए । “सोझै नेताहरूले राष्ट्रपति...
ढकाललाई आममाफी दिनुको कारण खुलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सरकारलाई योगराज ढकाललाई आममाफी दिनुको कारण खुलाउन भनेको छ । संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगन्जका चेतन अधिकारीका हत्यारा रिगल भनिने ढकाललाई आममाफी दिएका थिए। चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आममाफी दिनुको कारण खुलाउन...
एनआरएनए चुनाव
गैरआवासीय नेपाली संघको चुनावी रौनक
गैरआवासीय नेपाली संघको चुनावले यति बेला प्रवासी नेपालीहरुका बीचमा रौनक छाएको छ । यसो त यो संस्थाका बारेमा आम सर्वसाधारणलाई त्यत्ति चासो छैन । तर छानिएका प्रतिनिधि, उम्मेदवारको चर्चा परिचर्चाले सामाजिक संजाल यतिबेला तरंगित छ । अर्को तर्फ आकांक्षी उम्मेदवारले अन्तिम समयमा कुन समूहबाट टिकट पाउँछन् या चिप्लिन्छन् भन्ने चासोका कारण पनि हुन सक्छ, गैरआवासीय...
संविधानले सबैलाई समेटेको छ : पूर्वराष्ट्रपति यादव
नवलपरासी । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताउनुभएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा बिपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा सोमबार पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्नुभयो । ११० औं बिपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि यहाँ पुग्नुभएका पूर्वराष्ट्रपति...