इजरायलबाट आफ्ना नागरिक उद्धारका लागि नेपाल सरकारले विमान पठायो

इजरायलबाट आफ्ना नागरिक उद्धारका लागि नेपाल सरकारले विमान पठायो

साथमा परराष्ट्र मन्त्री पनि गए, करिव ४ सयले देश फर्किन आवेदन दिए

Nepal Airlines

युद्धग्रस्त इजरायलबाट आफ्ना नागरिकको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउद स्वयम इजरायल प्रस्थान गरेका छन् । नेपाल एयरलायन्सको विमानमा मन्त्री साउद बिहिवार बिहान नेपालीहरूलाई लिन इजरायलप्रस्थान गरेका हुन । परराष्ट्र मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीका अनुसार, नेपालीहरूको उद्धार टोलीको नेतृत्व मन्त्री स्वयंले गर्दैछन्।

इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडान मार्फत् नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरूलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको थियो । नेपालीहरुलाई लिन नेपाली विमान त्यसतर्फ लागेको छ । नेपाल सरकारका अनुसार पहिलो चरणमा नेपाल आउन चाहनेमध्ये सबैभन्दा बढी विद्यार्थीहरूलाई प्राथमिकतामा राखिनेछ । सरकारले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडान मार्फत् नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायलस्थित नेपाली दूतावाससँग समन्वय गरी स्वदेश फर्किने नेपालीहरूको विवरण संकलन गरेको छ। हाल सम्म करिव ४ सयले दूतावास मार्फत देश फर्किन पाउँ भनि आवेदन दिएका छन् । तीमध्ये २ सय ८८ जना नेपाल फर्किने छन्।

इजरायलको प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् । यस्तै एक जना अज्ञात रहेको बताइन्छ । घाइतेमध्ये दुई जना डिस्चार्ज भईसकेका छन् । नेपालीहरूको शव इजरायल सरकारको संरक्षणमा रहेको भन्दै हस्तान्तरण गरेपछि मात्रै उच्च प्राथमिकता साथ नेपाल ल्याउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
23 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.61up
Indian Rupee 
Indian Rupee
85.96up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
143.64up
US Dollar 
US Dollar
1
23 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀