सर्वोच्च अदालतले सरकारलाई योगराज ढकाललाई आममाफी दिनुको कारण खुलाउन भनेको छ । संविधान दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगन्जका चेतन अधिकारीका हत्यारा रिगल भनिने ढकाललाई आममाफी दिएका थिए।
चेतन मानन्धरकी पत्नी भारती शेर्पा मानन्धरले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आममाफी दिनुको कारण खुलाउन भनेको हो । रिगललाई आममाफी सम्बन्धमा भएको निर्णय सहितको सम्पूर्ण सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ ।
रिट निवेदनको टुंगो नलागेसम्म निवदेक तथा निजका परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्न गराउन साथै आवश्यक व्यवस्था गर्न नेपाल सरकार, गृहमन्त्रालयलाई लेखी पठाउनू, आदेशमा भनिएको छ। यसैगरी असोज २५ गते पेशी तोकी अग्राधिकार दिइ रिट निवेदन सुनुवाइ हुने व्यवस्था गर्न समेत आदेशमा भनिएको छ। सो दिन आकस्मिक बिदा परेमा वा कुनै कारणले इजलास नलाग्ने भइ सुनुवाइ हुन नसकेमा सोको भोलिपल्ट सुनुवाइ हुने व्यवस्था गर्नुको साथै पेशीको जानकारी महान्यायाधिवक्ताको कार्यालयमा दिन आदेशमा उल्लेख छ।
रिगलले खुकुरी प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेका थिए। त्यसपछि कर्तव्य ज्यान मुद्दामा गुण्डा नाइके रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। भारती रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपति पौडेलको निर्णय बदरको माग गर्दै फेरि कारागार पठाउन सर्वोच्च पुगेकी हुन् । भारतीले श्रीमानलाई न्यायका लागि बुधबारदेखि काठमाडौंको माइतीघरमा अनशन सुरू गरेकी छन्।
सर्वस्वसहित जन्मकैदको आदेश ठहर भएका तरूण दलका नेतासमेत रहेका रिगललाई आममाफी दिएपछि चौतर्फी विरोध भएको छ। सत्तापक्षकै नेताहरूले रिगललाई आममाफी दिइनु कानुन र संविधान विपरित भन्दै सच्याउन माग गरेका छन्। प्रमुख प्रतिपक्ष नेकपा एमालेले रिगललाई दिएको आममाफी फिर्ता हुनुपर्ने बताउँदै आएको छ ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं