५० करोड भन्दा धेरै सेयर पुँजी भएको तथा सोही रकम बराबरको कारोबार गर्ने सहकारीहरूको अब देखी राष्ट्र बैंकले नियमन गर्ने भएको छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकले ५० करोड रूपैयाँभन्दा धेरै सेयर पुँजी भएको र सोही रकम बराबरको कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा विभागको अनुरोधमा राष्ट्र बैंकले यस्तो नियमन, निरीक्षण र सुपरीवेक्षण गर्न सक्ने व्यवस्था गर्ने गरी संशोधन गरेको छ।
संसदमा दर्ता भएको विधेयकमा भने २५ करोड रूपैयाँभन्दा बढीको सेयर पुँजी वा ५० करोड रूपैयाँभन्दा बढीको काराबोर गर्ने सहकारीहरूको नियमन राष्ट्र बैंकले समेत गर्ने उल्लेख छ। सहकारी संस्थाको वित्तीय सुशासन र जोखिमको आधारमा राष्ट्र बैंकले यस्तो नियमन, निरीक्षण र सुपरीवेक्षण गर्न सक्ने व्यवस्था थियो।
संसदमा सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक अन्तरगत सहकारी ऐन २०७४ पनि संशोधनको क्रममा छ। सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा बनेको उपसमितिले छलफल पछि थप छलफलको लागि कानुन, न्याय तथा मानव अधिकार समितिमा पेश गरेको हो।
सहकारी ऐन संशोधनको क्रममा सहकारीका बचत कर्तालाई तोकिएको व्यक्तिगत बचतको सीमा सम्बन्धी व्यवस्था समेत हटाइएको छ।
भर्खरै
भारतको महाराष्ट्र राज्यमा रेल दुर्घटना, ७ जना नेपालीको मृत्यु
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं